कोरोना भाइरस संक्रमण रोक्नको लागि धनकुटाको चौबिसे गाउँपालिकालाई पाँच दिनको लागि सिल

  • जेठ ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट रोक्नको लागि धनकुटाको चौबिसे गाउँपालिकालाई पाँच दिनको लागि सिल गरिएको छ ।

धनकुटामा स्वास्थ्यकर्मीलाई नै कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि कोरोना भाइरसको संक्रमण फैलन सक्ने आंशकामा संक्रमण रोक्नको लागि चौबिसे गाउँपालिकालाई सिल गरिएको हो ।

कोरोना भाइरस नियन्त्रणको लागि गठन गरिएको विपत व्यवस्थापन समिति चौबिसेको आज विहान सम्पन्न आकस्मिक बैठकले चौबिसे गाउँपालिकामा एम्बुलेन्स बाहेकका सबै खालका आवत जावतलाई जेठ ५ गतेदेखि ९ गतेसम्मलाई बन्द गरिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए ।

गाउँपालिकालाई सिल गरिएसँगै चारै तिरको नाकामा पनि चेकजाँच कडाई गरिएको छ ।सो गाउँपालिका अन्तरगत रहेका सरकारी कार्यालय, बैक तथा वित्तिय संस्था, हाटबजार, सबैखालका बजार पसल लगायत सार्वजनिक निर्माणका कार्यहरु पनि पाँच दिनको लागि बन्द गर्ने बैठकले निर्णय गरेको छ ।

यता नेपाल सरकारको नियमित कार्यक्रम अन्तरगत हरेक महिना बालिकाहरुको लागि संचालन हुदै आएको खोप सेवा कार्यक्रम पनि अर्को सुचना जारी नभएसम्मको लागि बन्द गरिएको छ ।

जिल्ला अस्पताल धनकुटामा कार्यरत महिला स्वास्थ्यकर्मीलाई जेठ ४ गते साँझ कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि धनकुटा सदरमुकामको बजार क्षेत्र आज विहानदेखि नै सिल गरी सकिएको छ ।

बराहक्षेत्र बालमैत्र ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले आगमि मंसि ...

धरान ब्याडमिन्टन प्र ...

धरान/ धरान ब्याडमिन्टन क्लबले आयोजना गरेको दोस्रो ...

नयाँ शिक्षा प्रणालीक ...

धरान/नेपालको शिक्षा प्रणालीमा लागू भएको नयाँ शैक्षिक सं ...

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved