नेपाल प्रवेश गर्न खोज्ने भारतीय माथि सशस्त्रले हवाई फायर गरेर छ । झापाको कचनकवल १ घेराबारीबाट नेपाल प्रवेश गर्न खोज्ने भारतीलाई रोक्न सशस्त्र प्रहरीले हवाई फायर गरेको हो ।
सिमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी माथि शनिवार बेलुका ९ बजेको समयमा करीब १ सय ५० को संख्यामा आएका भारतीयहरु नेपाल प्रवेश गर्न प्रहरीलाई आक्रमण प्रयास गरेको स्थानीयले बताए । नेपाल–भारत सीमानाको पिल्लर नम्बर १२५÷१० मा नेपाल प्रवेश गर्न खोजेका करिब १ सय ५० भारतीयलाई रोक्न सशस्त्र प्रहरीले हवाई फायर गरेको हो । पछि भारतीय सीमा सुरक्षा बल पनि आएर भारतीयलाई रोकेका थिए ।
यता भारतीय नागरिकले सीमा क्षेत्रमा आएर आक्रमण प्रयास गरेपछि भारतीय एसएसबीसँग जानकारी गराइसकेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।
एसपी कोइरालाले भने, ‘साँझ घटना घटेकोले भोलि (आइतबार) यस विषयमा भारतीय एसएसबीसँग छलफल गर्छौं।’ केही दिनअघि नेपाली भूमिमा अन्नबाली लगाएका भारतीय नागरिकलाई नेपालका सुरक्षाकर्मीले सीमामै रोकेका थिए । सोही विषयलाई लिएर उनीहरू फेरि आएको बताइएको छ ।