धरानको कोरोना फुड बैंकमा धरान संखुवासभा सरोकार समाजले ३०० केजी चामल प्रदान

  • जेठ ३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरानको कोरोना फुड बैंकमा धरान संखुवासभा सरोकार समाजले ३०० केजी चामल प्रदान गरेको छ । शनिबार सामाजका अध्यक्ष मिग्मा भोटेले धरान उपमहानगरपालिकाका उप प्रमूख मञ्जु भण्डारी सुवेदीलाई उक्त चामल हस्तान्तरण गरेको थियो ।

उप प्रमूख मञ्जु भण्डारीले समाजले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरे र हाल धरानमा तेस्रो चरणको राहत वितरण भैरहेको जानकारी गराउदै लकडाउन बढ्दै जादा राहत पनि वितरण गर्दै जानुपर्ने भएकाले सवैलाई सहयोग गर्न अनुरोध गरे । हास्तान्तरण कार्यमा समाजकी संरक्षक सदस्य शिला वज्रचार्य, समाजका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।

धरान संखुवा समाज सरोकार समाजले धरानमा रहेका संखुवासभा मुल थलो भएकाहरुलाई समन्वय गर्ने विभिन्न सामाजिक कार्यमा ठोस सहयोग पु¥याउदै आएको छ ।

97344131_1048550755546431_8450000202399481856_n (1) copy

 

यसै क्रममा संखुवासभा चैनपुर निवासी ५५ वर्षिय छत्रबहादुर रपम्तेलको टाउका समस्या भई वीपी अस्पतालको सर्जरी वडामा उपचार भईरहेकोलाई नगद रु १० हजार सहयोग गरेको छ । यस अघि पनि मिम्मा भोटेको सकृयतामा ३ नं. वडाको ७० घर परिवारलाई राहत वितरण गरेको थियो ।

 

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved