कर्मचारी संगठन र सामुदायिक वनद्वारा राहतकोषमा रकम जम्मा

  • जेठ २, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 मोरङको पथरी शनिश्चरे नगरपालिकाले बनाएको कोरोना भाइरस जोखिम न्युनीकरण राहत कोषमा सहयोग ओइरिन थालेको छ । गएको १ गते मात्र सहकारी कर्मचारी संगठन, पथरी शनिश्चरे इलाका समितिको तर्फबाट ७० हजार रूपैयाँ जम्मा हुन गरी चेक हस्तान्तरण गरियो । संगठनका अध्यक्ष गणेश बछाना राईद्वारा नगर प्रमुख दिलिपकुमार राई र राहत संकलन उपसमितिका संयोजक अर्जुनकुमार बुढाथोकीलाई संयुक्त रूपमा उक्त चेक हस्तान्तरण गरिएको हो ।

‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने मूलनाराको भावना र मर्मअनुसार सञ्चालित सहकारी संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरूले यो विषम परिस्थितिमा केही न केही योगदान गर्नुपर्छ भन्ने यो सहयोग गरिएको सहकारी कर्मचारी अध्यक्ष राईंले बताउनुभयो ।

B-1 copy

 

 

पथरी शनिश्चरे नगरपालिका क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूमा कार्यरत कर्मचारीबाट स्वेच्छिक रूपमा १ दिन बराबरको तलव उक्त राहत कोषमा जम्मा भएको उहाँले बताउनुभयो । सहकारी संस्थामा कार्यरत कर्मचारीहरूको पेशागत क्षमता अभिवृद्धि र हकहितका लागि निरन्तर सक्रिय रहेको सहकारी कर्मचारी संगठन, पथरी शनिश्चरे इलाका समिति २०६४ सालमा गठन भएको हो ।

उपसमितिका संयोजक सामाजिक एवं शैक्षिक व्यक्तित्व अर्जुनकुमार बुढाथोकीका अनुसार नगरको कोरोना भाइरस जोखिम न्युनिकरण समन्वय समितिअन्तर्गतको गठित राहत कोषमा शान्ति सामुदायिक वन उपभोक्ता समूहबाट १ लाख ५ हजार रूपैयाँ जम्मा हुन आएको छ ।

B-2 copy

संयोजक बुढाथोकीका अनुसार शान्ति सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष कुलबहादुर गुरूङ र सहकारी कर्मचारी संगठन अध्यक्ष गणेश बछाना राई सहितले नगरपालिका कार्यालयमा नगर प्रमुख एवम् समन्वय समिति संयोजक दिलीपकुमार राई सहितलाई रकम हस्तान्तरण गरेको हो ।

चेक ग्रहण गर्नुहुँदै नगरप्रमुख राईंले यसरी स्वेच्छिक रूपमा एक दिन बराबरको तलव उपलब्ध गराउनुहुने सम्पूर्ण कर्मचारी मित्रहरू, तिनको योगदान र दुबै संस्थाको सहयोगप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

पाँचथरमा श्रीमानको क ...

पाँचथर/ पाँचथरको याङवरक गाउँपालिका–५ स्थित द ...

धरानका मासु पसल अव्य ...

धरान/ धरान उपमहानगरपालिकाको बजार अनुगमन शाखाले सरोकारवा ...

सामाजिक सुरक्षा कार् ...

धनगढी । सार्वजनिक यातायात क्षेत्रको संरचना परिवर्तनले ल ...

विषालु च्याउ खाँदा इ ...

इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved