डा. शेखर कोइरालाले भने ‘‘लिपुकेकको विषयमा भारत र चीनबीच मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री भएकै बेलामा सम्झौता भएको’’ हो

  • वैशाख ३१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt फाइल फोटो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले लिपुकेकको विषयमा भारत र चीनबीच मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री भएकै बेलामा सम्झौता भएको बताएका छन् ।
कोइराला निवास विराटनगरमा आज पत्रकारहरुसंग कुराकानी गर्दै कोइरालाले भने,‘‘प्रधानमन्त्री सुशील कोइरालाको पालामा दुई देशबीच सम्झौता भएको थाहा पाएपछि मात्र नेपालले प्रोटेस्ट नोट पठाएको हो तर यो विषयमा उनीहरुबीच वि.स. २०१२ सालतिरै सम्झौता भएको हो ।’’ तथ्यहरु हेर्दा त्यतिबेलादेखि नै भारत–चीनले व्यापार र धार्मिक पर्यटन भनेरै सम्झौता गरेको पाइएको कोइरालाको दाबी छ ।
यो विषय थाहा नभएपनि सुशील कोइराला प्रधानमन्त्री भएको बेला भएको सम्झौता अन्तर्राष्ट्रिय रुपमै बाहिर आएकोले नेपालले दुबै देशलाई प्रोटेस्ट नेटा पठाएको कोइरालाले बताए । भने,‘‘तर, इतिहास हेर्ने हो भने राजा महेन्द्रको पालामा २०१८ सालमा भारत–चीनको लडाइँ भयो । भारतीय सेना कालापानीमा आएर बसे । राजा महेन्द्रले छाडिदिएको हो कि के हो कुनै डकुमुेन्ट हामीसित छैन । तर, उबेला देखि नै भारतीय सेना कालापानी क्षेत्रमा तैनाथ छ ।’’ कोइरालाले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा सुगौली सन्धीमा काली नदीको पूर्व नेपाल र पश्चिम भारत भनेर लेखिएको सुनाए ।
त्यो धारामा एउटा कुरा लेखिएको भए अहिलेको समस्या उत्पन्न नहुनेतर्फ तर्क गर्दै कोइरालाले नेपालकै भूभाग हो भन्दै ‘‘काली नदीको मुहान कहाँ हो भनेर लेखिएन । वास्तमा मुहान लिम्पियाधुरा हो, त्यसको पूर्व नेपाल र पश्चिम भारत हो ।’’
सुगौली सन्धीपछि पनि दुई तीनवटा सन्धी इस्ट इन्डियासँग भएको, जंगबहादुर आएपछि पनि सन्धी भएको र नयाँ मुलुक नेपालले प्राप्त गरेको बताए । ‘‘तर, क्लियर डिमार्ककेसन के हो भन्ने प्रस्ट छैन । भारतको पक्षमात्रै हेरिएको छ तर यसमा चीनको पनि सहभागिता देखिएको छ,’’ कोइरालाले भने,‘‘सीमाको विषयमा जब समस्या आउँछ अनि मात्र बोल्ने र विरोध गर्ने नेपालीको प्रवृत्ति रहेको छ । यदि सात आठ वर्षदेखि चीन मानसरोवर जाने सडक निर्माण भई रहेको थियो भनेर संसदमा परराष्ट्र मन्त्रीले भनिरहँदा प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकमा यसबारे आफूलाई केही थाहा नभएको भन्नु जग हसाउने काम मात्र भयो ।’’ भारतसंग त वार्ता हुन्छ नै भन्दै कोइरालाले चीनसंग वार्ता गर्न सक्छौ कि सक्तैनौ ? भन्दै प्रश्न गरे ।
समस्या समाधान गर्न नेकपा र कांग्रेसले साझा संकल्प प्रस्ताव सदनमा ल्याउने पर्ने सुझाव दिए । भने,‘‘नेकपा र कांग्रेसको त्यसकै आधारमा हामीले चीन र भारतसंग वार्ता वा छलफल गर्न सक्छौं । हाम्रो हो भन्ने पुष्टि गर्ने आधार र प्रमाणसहित छलफलमा जानुपर्छ । यदि नभए ती प्रमाण ब्रिटिस लाइब्रेरीमा छन् ल्याएर मगाएर छलफल गर्नुपर्छ तर दुबै देशसित ।’’ प्रधानमन्त्री सुशील कोइरालाको पालमा थालिएको नेपालको कदमलाई निरन्तरता दिन पनि उनले नेता कोइरालाले सुझाव दिए ।

माछा नभएको ठाउँमा पो ...

काठमाडौं/ माछा नै नभएको ठाउँमा पोखरी बनाएको देखाएर ...

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved