दुई प्रतिशत विन्दुले ब्याजदर घटाउँदा बैंक तथा वित्तियलाई ठुलो असर गर्छ

  • वैशाख ३०, २०७७
  • "कोशीपत्र/संवाददाता धरान  "
alt

कोरोना संक्रमणका कारण घोषणा गरिएको लकडाउनको समयको ब्याज मिनाहाको लागि वित्तिय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरे पनि कार्यान्यवन नगरेको व्यवसायीहरुले गुनासो गरिरहँदा बैंकले भने राष्ट्र बैंकको निर्देशन पालना गर्ने सक्ने अवश्था नरहेको जनाएको छ ।
नेपाल राष्ट्र बैंकले चैत्र मसान्तमा कुनैपनि ऋणको सा“वा, ब्याज लिन नपाउने, र ऋणीले स्वविवेकले रकम बुझाएमा ब्याजको १० प्रतिशत छुट गर्नुपर्ने निर्णय गरेको थियो । पुनः वैशाख १६ गते चैत्र महिनाको ब्याजदर मा २ प्रतिशत बिन्दुले घटाएर ब्याज असुल गर्न परिपत्र जारी गरेको थियो ।
धरान स्थित मितेरी डेभलोपमेन्ट बैंकका सिइओ तुलसी प्रसाद वस्तीका अनुसार राष्ट्र बैंकले दोस्रो पटक गरेको निर्देशन अनुसार कार्यान्यवन गर्ने हो भने, बैंकिङ इण्डष्ट्रिजमा ठुलो असर गर्नेछ । उनले भने, ‘हामी जस्तो सानो सानो कारोबार गर्ने बैंकहरुलाई पनि टोटल कर्जाको शुन्य दशमलव ५ प्रतिशत हुन आउँछ । हाम्रै केशमा भन्नुपर्दा मोरललेस अवश्थामा २ करोड भन्दा बढी रकम फिर्ता गर्नुपर्ने हुन्छ । समग्र बैंकिङ इण्डष्ट्रिजकै कुरा गर्दा झण्डै ३० अर्ब रुपैया हुन आउँछ । जुन बैंकिङ कारोबारमा नाफाको ठुलो हिस्सा हुन्छ ।’
पहिलो चरणमा जारी गरेको निर्देशनमा मासिक तथा त्रैमासिक रुपमा तिर्नुपर्ने जुन किस्ता छ, त्यो जसले चैत्र महिनामै तिर्नुहुन्छ, त्यसमा १० प्रतिशत ब्याज फिर्ता गर्नु पर्ने जनाएको थियो । उनले भने, ‘सबैले चैत्र महिना सम्म तिरेका ब्याज फिर्ता गरेको अवश्था हो । त्यो भनेको राम्रै रकम फिर्ता गरे पनि त्यो बैंक तथा वित्तिय संस्थाले धान्न सक्ने नै थियो । तर दोस्रो पटकको निर्देशनले बैंक तथा वित्तिय संस्थालाई साच्चै नै असर गर्छ ।’
जारी गरेको निर्देशनलाई पुर्नविचार गर्न बैंकर्स एसोसियसनले राष्ट्र बैंकलाई आग्रह गरिसकेको छ । तर अहिले सम्म कुनै पनि सम्बोधन नभएकाले बाध्य भएर निर्देशन मान्नु पर्ने अवश्था रहेको उनको भनाई छ । उनका अनुसार एसोसियनले राष्ट्र बैंक संग कोरोनाको कारण ज–जसलाई मर्का परेको छ, उनीहरुलाई मात्रै सुविधा दिन सुझाव दिएको छ । उनले भने, ‘जो नियमित जागिरदार हुनुहुन्छ, जसको नियमित पेन्सन आम्दानी छ । जसको नियमित घरभाडा छ, जसको आयमा कुनै ह्रास आएको छैन भने उहाँहरुलाई यो छुट सुविधा चाहिन्दैन कि भन्ने राय सुझाव राखिएको छ ।’
बैंक तथा वित्तिय संस्था पारदर्शि हिसाबले जनताको निक्षेपलाई सुरक्षित गर्दै जाने संस्था भएकोले राष्ट्र बैंकको निर्देशन कार्यान्यवन गर्दा बैंक तथा बित्तिय संस्थालाई सँगै ऋणी तथा बैंकिङ कारोबार गर्ने पनि पछि समस्या हुने उनको दाबी छ । उनले भने, ब्याजहरु उठनलाई समय दिइरहेको अवश्था छ, जसले चैत्रमा तिर्नु पर्ने ब्याज असार सम्ममा तिर्दा हुन्छ भनेर बसि रहनुभएको छ । भोलिको दिनमा नियमित आय हुने मान्छेहरुले पनि एकै चोटि चैत्र देखि असार सम्मको किस्ता खप्टिएको अवश्था हुन्छ । त्यसैले सक्ने मान्छेले पनि नसक्ने अवश्था हुन्छ ।’ जसले गर्दा एकातिर ब्याज नउठिरहेको अवश्थामा दोस्रो तर्फ छुट दिनुपर्ने अवश्थालाई कार्यान्यवन गर्न फलामको चिउरा चपाउनु सरह रहेको उनको भनाई छ ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved