काठमाडौं । नेपालमा २ जना पत्रकारमा कोरोना भाइरस संक्रमण देखिएको छ । पर्सामा २ सञ्चारकर्मीलाई कोरोना संक्रमण देखिएको हो ।
पर्सामा ३९ कोरोना संक्रमित मध्ये २ जना पत्रकार रहेको स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।
नेपालमा पत्रकारमा कोरोना संक्रमण देखिएको यो पहिलो पटक हो ।स्रोतका अनुसार संक्रमित मध्ये एकजना नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष र अर्का अनलाइनखबरकर्मी रहेको जनाइएको छ ।
संक्रमित पत्रकारले आफूहरु केही दिनअघि प्रमुख जिल्ला अधिकारी र सुरक्षाकमीसँग सँगै रहेको समेत सुनाएका छन् ।
चार दिनअघि जिल्ला भएको छलफलमा आफूहरु सहभागी भएको उनीहरुबाटै खुलेको हो । संचारकर्मीमाथि भएको कुटपिटविरुद्ध पर्साका पत्रकार आन्दोलनरत छन् ।
आन्दोलन र त्यसबारे उनीहरुले विभिन्न पक्षसँग भेला भएरै छलफल गरेका हुन् ।
‘सिडियो र डिएसपीसहित हामी ७५ जना छलफलमा सँगै थियौं ।’ संक्रमित एक संचारकर्मीले भने– सिडियो र डिएसपीसहित हामी ७५ जना केही दिनसँगै थियौँ ।’ यही कारणले पर्सामा कोरोना संक्रमण अझै बढ्न सक्ने स्थिति देखिएको हो ।