ईनरुवामा व्हाइट हाउसले दियो राहत

  • वैशाख ३०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोना संक्रमणको जोखिमबाट बच्न सरकारले लकडाउनको घोषणा गरे सँगै विपन्न परिवारलाई राहत वितरणमा सक्रिय रहेको धरान स्थित ह्वाइट हाउसले सोमबार इनरुवाका विभिन्न वडामा रहेका विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ ।
ह्वाइट हासउद्वारा संचालित निशुल्क माक्स, डिटोल साबुन तथा खाद्यान्न समाग्री वितरण अभियान अन्तर्गत सोमबार इनरुवाका वडा न ४ र १ का १ सय २० घर परिवारलाई राहत वितरण गरेको हो । ह्वाइट हाउसका संचालक तथा अभियन्ता अरुण प्रधानका अनुसार इनरुवाको रेडक्रस वस्तीका ८० घर मुशहर समुदाय र इनरुवा १ शान्तिचोकका अति बिपिन्न मजदुरी गरिखाने ४० परिवार गरि जम्मा १२० परिवारलाई राहत वितरण गरिएको हो । १ सय २० घर परिवारका लागि १२ सय केजि चामल, ६० केजि दाल, ६० लिटर तेल, ६० केजि सोयाबिन, १ सय २० पिस डिटोल साबुन र माक्स २ सय ५० पिस वितरण गरिएको उनले बताए । करिब ९१ हजार २ सय १० रुपैया मुल्य बराबरको राहत वितरण गरिएको उनको भनाई छ ।
इनरुवामा राहत वितरण गर्नका लागि काठमाडौबाट रमेश श्रेष्ठ उनकी श्रीमति लिला मास्केको समुहबाट ३० हजार बेलायतबाट रश्मिता दर्लामीबाट १४ हजार ९ सय ६७ दुबई बाट बिकास गिरिले ४ हजार, काठमाडौकी सुचिता श्रेष्ठले ४ हजार, याक्थुङ सिङगक फाउन्डेसन मिना सिङगकले ५ हजार गरि जम्मा ५८ हजार ९ सय ६७ रुपैया संकलन भएको थियो । बाँकी रकम प्रधान आफैले ह्वाईट हाउसको तर्फबाट खर्च गरेका थिए ।
इनरुवा वडा न ४ का कार्यवाहक अध्यक्ष लक्ष्मी बर्मा लगायत जनप्रतिनिधीहरुको रोहबारमा स्थानीय समाजसेवी, सामाजिक अभियन्ता, उद्योग वाणिज्य संघका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved