व्यवसायी झमक बस्नेतले दिए खुट्टाले हात धुन मिल्ने धारा

  • वैशाख २९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोनाको संक्रमणबाट बच्नका लागि सुरक्षित खुट्टाले चलाउन सकिने हात धुने धारा धरानका एक समाजसेवी तथा व्यवसायीले सुनसरी उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेका छन् ।
जेबि स्टिल तथा आइरन इण्डष्ट्रिका संचालक झमक बहादुर बस्नेतले संघलाई खुट्टाद्वारा चलाउन सकिने हात धुने धारा हस्तान्तरण गरेका हुन् । संघको परिषरमा रहने गरि ५ सय लिटरको पानी टंकि सहितको धारा दिएका हुन् । उनले एक कार्यक्रमको आयोजना गरि सोमबार संघका अध्यक्ष गिरिधारी सापकोटालाई हस्तान्तरण गरेका हुन् । धारामा खुट्टाकै माध्यमबाट हेण्डवास पनि निकाल्न सकिन्छ भने खुट्टाले थिचेर धारा समेत खोल्न सकिन्छ ।
हातबाट कोरोना संक्रमण फैलिन सक्ने भएकाले हात धुन पनि खुट्टाकै माध्यमबाट चलाउन मिल्ने भएकाले सहजताका लागि प्रदान गरिएको बस्नेतले बताए । उनका अनुसार करिब २५ हजार मुल्य बराबरको धारा प्रदान गरिएको हो । खुट्टाबाट चलाउन सकिने धारा बस्नेतकै कम्पनिमा निर्माण गरिएको हो । उनको कम्पनी धरान ८ स्थित औद्योगिक क्षेत्रमा रहेको छ । उनले निर्माण गरेका धाराहरु प्रदेश नम्बर १ का विभिन्न अस्पतालहरुमा पनि हस्तान्तरण गरिएको छ ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved