धरान/ कपिलवस्तुका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सगै नेपालमा संक्रमितहरुको संख्या १२० पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरीएको परीक्षणमा उनिहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
संक्रमितहरु कपिलवस्तु, यशोधरा गाउँपालिका ५ र बुद्धभूमि गाउँपालिका ७ निवासी १८, १९, २०, २०, २४, ३०,३१, ३४,३४ वर्षीय पुरुषहरु र १ जना उमेर नखुलेका पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयको उत्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
योसँगै कपिलवस्तुमा मात्रै संक्रमितको संख्या १५ पुगेको छ ।