भारत– चीन सामरिक सन्तुलन राख्न लिपुलेक–मानसरोवर सडक निर्माण, नेपाल– चीनबीच बढ्दो घनिष्ठताका बीच कालापानीमा भारतीय उपस्थिति आवश्यक

  • बैशाख २९, २०७७
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं । भारतले चीनको पदचिन्ह (रणनीति) नजिकबाट नियाल्नका लागि सामरिक रुपमा कालापानी क्षेत्रलाई अत्यन्तै अहम् रुपमा लिएको छ । 

लिपुलेक भएर मानसरोवर जोड्ने बाटो निर्माणलाई भारतीय सञ्चार माध्यमहरुले ठूलो सामरिक सफलताका रुपमा ब्याख्या गरिरहेका छन् । बाटो निर्माणले कैलाश–मानसरोवरको अध्यात्मिक बाटो सुगम मात्रै नभएर चीनसँग सामरिक सन्तुलन पनि कायम भएको उनीहरुको ठहर छ ।  

‘नवभारत टाइम्स’ ले नेपाल र चीनबीच बढ्दो घनिष्ठताका बीच कालापानीमा बलियो उपस्थिति भारतका लागि अत्यन्त जरुरी रहेको उल्लेख गरेको छ । उसले ‘बोर्डर रोड अर्गनाइजेसन’ ले हिमालयको दुर्गम टाकुरामा सडक निर्माण गरेको सफलतालाई इतिहासले सम्झिरहने पनि समाचारमा लेखेको छ । 

चीनले धेरै अगाडि नै आप्mनो सीमासम्म सडक निर्माण गरिसकेको उल्लेख गर्दै ‘नवभारत टाइम्स’ ले भनेको छ, “हिमालय काटेर सीमासम्म संरचना निर्माणका लागि चीनले धेरै लगानी गरिसकेको छ । त्यसलाई हेरेर भारतका लागि पनि सीमामा सैन्य सन्तुलन कायम राख्न उपाय खोज्न जरुरी छ । भारतसँगको मित्रताका बाबजुद पनि हालैका दिनमा नेपाल र चीन नजिकिएका छन् । यस्तो अवस्थामा कालापानीमा बलियो उपस्थिति भारतका लागि अझ धेरै आवश्यक छ ।”

१९६२ को युद्धपछि कालापानी क्षेत्रमा इन्डो तिब्बतीयन बोर्डर पुलिस (आईटीबीपी) गस्ती (पेट्रोलिङ) गर्दै आएको भन्दै समाचारमा भारतले दस्तावेजहरुबाट कालापानीको उद्गम स्थल कालापानी पूर्बमा भएको प्रमणित गरिसकेको दाबी गरिएको छ । 

सडक सञ्चालनमा आएपछि भारतीय थल सेनाका लागि रासन र युद्ध सामग्री चिनियाँ सीमासम्म पु¥याउन सहज भएको भन्दै समाचारमा लद्दाख नजिकै अक्साई चीनसँग जोडिएको सीमामा प्रायः जसो चिनियाँ सैनिकहरु घुसपैठ गर्दै आएका उल्लेख छ । 

“यदि तुलना गरियो भने लिंक रोड निर्माणपछि लिपुलेक र कालापानी क्षेत्रमा भारत सामरिक रुपमा भारी पर्न सक्छ । दुई वर्ष अघि चिनियाँ सेनाले पिथौरागढको बाराहोतीमा घुसपैठ गर्ने प्रयास गरेको थियो । यो लिंक रोड बने पछि चिनियाँ सेनाले यस्तो दुष्प्रयास गर्न सकने छैन ।”

नेपाल र तत्कालीन ब्रिटिस–इन्डियाबीच सन् १९१६ मा भएको सुगौली सन्धिमा काली (महाकाली) नदीको पूर्र्बी भाग नेपाल हुने उल्लेख गरिएको उदाहरण दिँदै ‘नवभारत टाइम्स’ ले अंग्रेज सर्वेक्षकहरुले काली नदीको उद्गम स्थल अलग–अलग बताउन सुरु गरेको दाबी गरेको छ । 

“नेपाल र ब्रिटिस इन्डियाबीच १९१६ मा सुगौली सन्धि भएको थियो । यो सन्धिमा काली या महाकाली नदीको पूर्बको क्षेत्र नेपाल हुने तय भएको थियो । पछि अंग्रेज सर्वेक्षकहरुले काली नदीको उद्गम स्थान अलग–अलग भन्न सुरु गरे । खासमा महाकाली नदी कयौं साना धाराहरु मिलेर बनेको छ र यि धाराहरुको उद्गम अलग–अलग छन्,” समाचारमा भनिएको छ, “नेपालको भनाइ छ कि कालापानी पश्चिममा जुन उद्गम स्थान छ त्यही सही हो र यसै कारण पूरै क्षेत्र उसको हो । अर्को तिर भारतले दस्तावेजको सहारामा साबित गरिसकेको छ कि काली नदीको मूल उद्गम कालापानीको पूर्बमा हो ।”

नेपालले सधै स्पष्ट रुपमा सुगौली सन्धिअनुसार काली नदीको पूर्वको क्षेत्र  लिम्पियाधुरा, कालापानी र लिपुलेक आप्mनो भएको बताउँदै आएको पनि समाचारमा उल्लेख छ । 

“नेपाल सरकारले कयौं पटक यसअघि र हालैका दिनमा कूटनीतिक तरिकाले यसका बारेमा भन्दै आएको छ,” समाचारमा उल्लेख छ, “सुगौली सन्धिअनुसार नेपाल कालापानीलाई आप्mनो भूमि मान्दछ । गत वर्ष आधिकारिक रुपमा नयाँ नक्सा जारी गर्दा पनि नेपालले आपत्ति जनाएको थियो । कालापानी आप्mनो भूभाग भएको बताएको थियो । कालापानी तीन सय ७२ वर्ग किलोमिटरमा फैलिएको क्षेत्र हो । यसलाई भारत–चीन र नेपालको ट्राई जक्शन पनि भनिन्छ ।”

बाह्रखरी / नवभारत टाइम्स

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved