साथी छाडेर चाउचाउ–भूजा बोकेर हिंडे, ट्याक्टरले किचेर मारिदियो

  • वैशाख २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर १ का १८ वर्षीय आयुष गिरीको हत्या नभएर दुर्घटनामा परी मृत्यु भएको प्रहरीले प्रारम्भिक निस्कर्ष निकालेको छ ।

बैसाख २५ गते बिहान साढे ५ बजे मोरङ बेलबारी नगरपालिका वडा नं. ७ दौलतपुरस्थित मोरङ सुनसरी सिंचाई आयोजनाको मुल नहरको सडक दक्षिण किनारमा गिरीको शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शरीरको बिभिन्न भागमा चोटपटक समेत देखिएको थियो । तर, गिरीको हत्या नभएर दुर्घटना भएको प्रहरीले जनाएको छ । चाउचाउ र भुजा कसले बोक्ने भन्ने निहुँमा साथीभाईसंग विवाद गरी एक्लै गन्तब्यतर्फ लाग्दा गिरी दुर्घटनामा परेका थिए ।

२४ गते राति ८ बजेसम्म मृतक संगै बसेर मादक पदार्थ सेवन गरी हिडेका बेलबारी ७ बस्ने वर्ष २७ को अमृत लिम्बु, वर्ष २० को भुवन भुजेल, कानेपोखरी गा.पा.१ बस्ने वर्ष २० को रोशन कार्की, वर्ष १९ को सुजन कटुवाल, वर्ष २० को पारस पौडेल, वर्ष २० को जोन हस्दा, वर्ष १९ को विजय हस्दा, वर्ष १९ को रोमन घिमिरे र वर्ष १९ को राज कुमार गेलाल समेतलाई झिकाई प्रहरीले सुक्ष्म अनुस्धान गरेको हो ।

दिउँसो २ बजे देखि नै आयुष गिरीसंग भेला भई दौलतपुर, चिसाङ खोला किनारमा रहेको होटल मादक पदार्थ रक्सी सेवन गरी बसेको, राति साढे ७ बजेतिर रक्सीले माती चिसाङ खोला छेउमा रहेको हरि श्रेष्ठको होटलबाट घर जान भनि निस्किएका थिए ।

बाटोमा खानको लागी ४ वटा चाउचाउ र भुजा किनी आयुष गिरीले बोकेको अन्य साथीहरु भन्दा आयुष गिरी धेरै मातेको, चिसाङ खोला पुल छेउमा भएको काली मन्दिरदेखि केही दक्षिण चिसाङ खोला बगर चौरीमा पुगेको र चाउचाउभुजा सानो प्लाष्टिक भएको कारण एउटै प्लाष्टिकमा नअटेपछि साथीहरुले आयुष गिरीलाई त्यो बोक्न सुजन कटुवाललाई देउ भनेका थिए ।

तर, गिरीले ‘दिन्न त्यसले खान्छ’ एक आपसमै विवाद गरेका थिए ।

ठूलो स्वारमा हल्ला खल्ला गरेको, साथीहरुले सम्झाउँदा समेत नमाने पछि पारस पौडेलले आयुष गिरीलाई दुई थप्पड हान्दा झन विवाद भएपछि पारसले हानेको थप्पट फिर्ता गर भनी आयुष गिरीले पारसलाई दुई थप्पट हानेको र गिरीले साथीहरुलाई गाली गर्न नछोडी ‘तिमीहरु जाउ म तिमीहरु संग जाँदिन’ भन्दै आफ्ना साथीहरु भुवन भुजेल र अमृतल लिम्बुलाई फोन गरी बोलाई एक्लै घर जान्छु भनी हिंडको प्रहरीको निस्कर्ष छ ।

उनी नहरको बाटोबाट जान्छु भनि उत्तर नहरको बाटो तिर हिडेकोमा फोन गरी बोलाएको भुवन भुजेल र अमृत लिम्बुसंग भेट भई म एक्लै घर जान्छु भनि नहरकोबाटो पूर्वबाट पश्चिमतिर पैदल हिड्दै घर तिर लागेकोमा मोरङ रंगेली स्थित रहेको जयदुर्गे ईटाभट्टाबाट ईटा लोड गरी आएको ट्याक्टरले ठक्कर दिन पुगेको थियो ।

मोरङ पथरीशनिश्चरे न.पा. ९ बस्ने वर्ष ४६ को बद्री बहादुर मगरले सो नहरको बाटो पुर्वबाट पश्चिम हुँदै चलाई ल्याएको को २ त १२२५ नं. को ट्याक्टरले निज आयुष गिरीलाई ठक्कर दिई ट्याक्टरको वाँया तर्फको बीचको ठुलो चक्काले किचेको प्रहरीले जनाएको छ ।

तत्काल ब्रेक लगाई ट्याक्टर रोकी चालकले हेर्दा गिरीलाई चक्काले हल्का किची रहेकोले तानी निकाली सडकको दक्षिण किनारमा साईड लगाई हेर्दा मृत्यु भए जस्तो लागेकोले उनलाई छाडी ट्याक्टर लिई बेलबारी आएको अनुसन्धानबाट खुलेको मोरङ प्रहरीको भनाइ छ । चालक बद्री बहादुर मगरलाई नियन्त्रणमा लिई सवारी ज्यान कसुरमा अनिसन्धाई भई रहेको र अन्यलाई अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता भई अनुसन्धाई भई रहेको प्रहरीले जनाएको छ ।

बाह्रदशी जेसीजले १७ ...

झापा/  बाह्रदशी जेसीजले सामुदायिक विद्यालयमा ...

राष्ट्रिय युवा संघ न ...

पोखरा/ नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल ...

नवाेदय विद्यालयमा वि ...

धरान/ सुनसरीको धरान–१६, अन्नपूर्ण चोकस् ...

बराहक्षेत्र मन्दिर प ...

सुनसरी/ गत बर्खामा सप्तकोसी नदीमा आएको बाढीले कटान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved