धरान /नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यो सगै नेपालमा संक्रमितको संख्या १०९ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशी अस्पताल बिराटनगरको प्रयोगशालामा गरिएको परीक्षणामा उदयपुरका ३ , पर्सा १ र कपिलवस्तु ३ जना गरि जम्मा ७ जनामा संक्रमण देखिएको हो ।
उदयपुरका १८ , ४५ र ६५ वर्षीय महिला, पर्साका ६२ वर्षीय पुरुष र कपिलवस्तुका १७, १८ र १८ वर्षीय पुरुषहरुमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।