कोरोना ठिक भएपछि प्रदेश १ बाट थप आठ जना ८ जना डिस्चार्ज

  • वैशाख २६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ८ जना आज डिस्चार्ज भएका छन् । उदयपुरको भुल्केबाट ल्याईएका ८ जनालाई आज अस्पतालले डिस्चार्ज गरेको हो । डिस्चार्ज हुनेमा ७ जना नेपाली र एक भारतीय नागरिक रहेका छन् । कोरोना संक्रमण पुष्टी भएपछि गत वैशाख ८ र ९ गते विराटनगर ल्याइएका १५ जनामा गरिएको स्वाव परीक्षणमा ८ जनामा कोरोना नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्टेन्ड डा. संगीता मिश्राले जानकारी दिनुभयो । डिस्चार्ज हुने ८ जनामा दुई पटक सम्म गरिएको स्वाव परीक्षणमा नेगेटिभ रिपोर्ट आएको उहाँले बताउनुभयो । डिस्चार्ज हुनेमा उदयपुरका २० वर्षीय आजाद आलम, १८ वर्षीय मो.इमरान अहमद, १८ वर्षीय परवेश आलम, ४१ वर्षीय मुख्तार मियाँ, ५५ वर्षीया रौशन खातुन विराटनगरका ७२ बर्षीया आइनो मियाँ, ६० वर्षीय इजरायल मियाँ र भारत दिल्लीका २४ वर्षीय मो.आदिल रहेका छन् । यसअघि कोभिड अस्पतालबाट ६ जना भारतीय डिस्चार्ज भएका थिए । अस्पतालमा अव १७ जना उपचाररत रहेका छन् । आज डिस्चार्ज भएका ७ जना पुरुषलाई विराटनगर १५ को रानी मरकजमा राखीने र एक महिलालाई त्रियुगा नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाईनमा राखीने सामाजिक विकास मन्त्री घिमिरेले बताउनुभयो । कोभिड अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई स्थानीय स्तरमा निर्माण गरिएको क्वारेन्टाईनमा पठाईने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ घरमा वस्ने वातावरण हुनेलाई घर नै पठाईने छ ।’

प्रदेश सरकारको ध्यान ‘थ्रिटी’मा
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाईरसको नियन्त्रणका लागि प्रदेश सरकारको ध्यान थ्रिटीमा केन्द्रित रहेको बताउनु भएको छ । प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि ट्रेसिङ, टेष्टीङ र ट्रिटमेन्टलाई मुख्य प्राथमिकता दिएर काम गरिरहेको उहाँले बताउनुभयो । सामाजिक विकास मन्त्रालयले कोरोना नियन्त्रणका लागि निर्देशिका बनाएरै काम गरिरहेको उहाँले बताउनुभयो । सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहता नेतृत्वको टिमले ट्रेसिङको काम गरिरहेको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो,‘कोरोनाको रुट पत्ता लगाउने काम यसले गर्छ ।’ प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवको नेतृत्वमा टेष्टीङ गर्ने टिम रहेको उहाँले बताउनुभयो । कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्टेन्ड डा. संगीता मिश्राको नेतत्वमा ट्रिटमेन्ट गर्ने टिम रहेको मन्त्री घिमिरेले बताउनुभयो । सो टिममा डा. दीपक सिग्देल र डा. डेनप्रसाद आचार्य रहेका छन् । सामाजिक विकास मन्त्री घिमिरेले हेल्थडेक्स पुन शुरु गरिने बताउनुभयो । लकडाउन खुकुलो भएसँगै हेल्थडेक्स शुरु हुने उहाँको भनाई छ ।

२५ जना स्वास्थ्यकर्मी पनि डिस्चार्ज
कोभिड अस्पतालमा गत वैशाख ५ गते विरामी आएपछि उपचारमा खटिएका २५ जना स्वास्थ्यकर्मीको टोली आज डिस्चार्ज भएको छ । इष्टर्न स्टार होटेलको क्वारेन्टाईनमा रहेका स्वास्थ्यकर्मीको टोलीलाई सामाजिक विकास मन्त्री जीवन घिमिरे, मन्त्रालयका सचिव रविलाल पन्थ, कोशी अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले विदाई गर्नुभयो । चिकीत्सकको साहसका कारण कोरोनालाई परास्त गर्न सफल भएको मन्त्री घिमिरेले बताउनुभयो । प्रदेश १ सरकारले कोरोना उपचारका लागि गरेको कामको संघीय सरकार र अन्य प्रदेश सरकारहरुले चासोका साथ लिएको उहाँले बताउनुभयो । अवस्यकता परेको खण्डमा पुन सेवा दिन चिकित्सक र स्वास्थ्यकर्मीलाई उहाँले आग्रह गर्नुभयो । पहिलो चरणमा डा. डेनप्रसाद आचार्यको नेतृत्वमा २५ जनाको टिम रहेको थियो । ७ दिन अस्पतालमा वसेको टिम १४ दिन क्वारेन्टाईनमा बसेर आज डिस्चार्ज भएको हो । डिस्चार्ज हुनुअघि स्वास्थ्यर्मीमा गरिएको पीसीआर परीक्षणमा सवैको रिपोर्ट नेगेटिभ आएको थियो ।

 

इलाममा बुधबारदेखि सि ...

धरान । चलचित्र पत्रकार संघले जेष्ठ ७ गते अर्थात बुधबारद ...

सवारीसाधन चोरी गर्ने ...

झापा/  झापाको इलाका प्रहरी कार्यालय अनारमनीले सवार ...

धरानमा सुविधा सम्पन् ...

धरान/  सुनसरी उद्योग वाणिज्य सङ्घले सुवि ...

बराहक्षेत्रमा अफ्रिक ...

सुनसरी/  बराहक्षेत्र नगरपालिकामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved