उदयपुरमा भेटिएका कोरोना संक्रमित निको भएर घर फर्किए

  • वैशाख २६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । उदयपुरको भुल्केमा भेटिएका कोरोना संक्रमितहरु मध्ये ८ जना निको भएर घर फर्किएका छन् ।
उनीहरुको रिपोर्ट नेगेटिभ देखिएले शुक्रबार डिस्चार्ज गरिएको हो । कोरोना भाइरस संक्रमण भएर विराटनगरको कोसी अस्पतालमा भर्ना भएका मध्ये ८ जना डिस्चार्ज भएका हुन् । दुई पटकसम्मको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ देखिएपछि ७ नेपाली र एक भारतीय गरी ८ जना डिस्चार्ज भएका हुन् ।
कोरोना निको भएर घर फर्किने सबैजना उदयपुर, त्रियुगा नगरपालिका–३, भुल्केबाट संक्रमित भएर अस्पताल भर्ना भएका थिए । डिस्चार्ज भएका ७ जना पुरुषलाई विराटनगर रानीस्थित मस्जिदको क्वारेन्टाइनमा राखिएको र एक महिलालाई घरमै क्वारेन्टाइनमा बस्ने गरी पठाइएको बताइएको छ ।
पहिले निको भएर घर फर्किएका मध्ये ३ जनामा पुनः कोरोना देखिएपछि अस्पताल भर्ना भएका छन् । यसअघि गत बुधबार ६ जना भारतीय नागरिक कोशी अस्पतालबाट डिस्चार्ज भएका थिए । यससँगै नेपालका कोरोना संक्रमितको संख्या १०१ मध्ये निको भएर फर्कनेको संख्या २७ पुगेको छ ।

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved