उदयपुरमा भेटिएका कोरोना संक्रमित निको भएर घर फर्किए

  • वैशाख २६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । उदयपुरको भुल्केमा भेटिएका कोरोना संक्रमितहरु मध्ये ८ जना निको भएर घर फर्किएका छन् ।
उनीहरुको रिपोर्ट नेगेटिभ देखिएले शुक्रबार डिस्चार्ज गरिएको हो । कोरोना भाइरस संक्रमण भएर विराटनगरको कोसी अस्पतालमा भर्ना भएका मध्ये ८ जना डिस्चार्ज भएका हुन् । दुई पटकसम्मको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ देखिएपछि ७ नेपाली र एक भारतीय गरी ८ जना डिस्चार्ज भएका हुन् ।
कोरोना निको भएर घर फर्किने सबैजना उदयपुर, त्रियुगा नगरपालिका–३, भुल्केबाट संक्रमित भएर अस्पताल भर्ना भएका थिए । डिस्चार्ज भएका ७ जना पुरुषलाई विराटनगर रानीस्थित मस्जिदको क्वारेन्टाइनमा राखिएको र एक महिलालाई घरमै क्वारेन्टाइनमा बस्ने गरी पठाइएको बताइएको छ ।
पहिले निको भएर घर फर्किएका मध्ये ३ जनामा पुनः कोरोना देखिएपछि अस्पताल भर्ना भएका छन् । यसअघि गत बुधबार ६ जना भारतीय नागरिक कोशी अस्पतालबाट डिस्चार्ज भएका थिए । यससँगै नेपालका कोरोना संक्रमितको संख्या १०१ मध्ये निको भएर फर्कनेको संख्या २७ पुगेको छ ।

भारतबाट नेपाल आउँदै ...

धरान/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा ब्राउन सुगर ...

बिजुलीको पोलमा ठोक्क ...

सुनसरी/ मोरङको मिक्लाजुङमा मोटरसाइकल दुर्घटनामा परेर एक ...

५ वर्ष कैद सजाय तोकि ...

सुनसरी/ इलाममा २२ वर्षअघि भएको ज्यान मुद्दामा दोषी ठहर ...

मोटरसाइकलमा लुकाएर ल ...

सुनसरी/ सुनसरीको देवानगञ्जमा मोटरसाइकलमा लुकाएर ल् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved