कांग्रेसले शुरु गरेको दुई सयको क्रान्ति ७० बर्ष हुँदा

  • बैशाख २६, २०७७
  • कोशीपत्र/संवाददाता
alt

आज भन्दा ७० बर्ष पहिला नेपालमा राणाहरुको शासकीय दासत्व बाट जनतालाई मुक्त गरि जनतालाईनै मालिक बनाउने अभिप्रायले जनताको शासन स्थापना गर्न नेपाली कांग्रेसले राणा बिरोधि क्रान्तिको शुभारम्भ गर्यो ।
बिक्रम सम्वत २००७ साल कार्तिक २६ गते भाइटिकाको दिन कांग्रेसले थीर बल मल्ल र पूर्ण सिंह खबासको कमान्डिङ्गमा दुई सय जनमुक्ति सेनालाई रातारात युद्ध मैदानमा तैनाथ गर्यो । तत्कालीन राणा शासकहरुले जनता माथी गरेको अन्यायका विरुद्धमा उत्रन आम जनता आतुर भएका बेला राणा बिरोधी संघर्षमा जाने बाटो खोजीरहेका आक्रोशित जनतालाइ कांग्रेसले बाटो देखाइ दियो । राजा त्रिभुवन राजगद्दी त्याग गरेर भारत गएको मौका छोपेर कांग्रेसले राणा शासनको विरुद्धमा घोषणा गरेको क्रान्तिले एकै पटक नौ स्थानमा आक्रमणको योजना बनायो र राणा शासनका प्रमुख इलाकामा आक्रमण सुरु गर्यो त्यो समयमा काठमाडौ छिर्ने प्रमुख नाका बिरगंज भएकाले जनमुक्ति सेनाले बिरगंज माथिनै हमला गर्ने योजना बनाए र हमला सुरु गरे ।
त्यसबेला बिरगंजमा सोम समसेर राणा बडा हाकिम थिए उनै बडा हाकिमको इलाकालाई राणाकालीन शासनमा प्रमुख ईलाका मानिन्थ्यो । त्यहि इलाकालाइ निशाना बनाइ आक्रमण शुरु गर्दा काठमाडौ हल्लिने बिश्वास गरियो र क्रान्तिको पहिलो निसाना बिरगंज बनाइयो । अझ रोचक कुरा त के छ भने त्यो समयमा बिरगंजको एउटा पुलिस चौकी जनमुक्ति सेनाले १५ मिनेट मै कब्जा गरेका थिए । यो कब्जाले जनमुक्ति सेनामा थप हौसला बढ्नुको साथै राणाहरुको मुटुमा ढ्यांग्रो समेत बज्न थाल्यो भन्ने हल्ला फिजाइयो । यसबाट हौसेका जनमुक्ति सेनाले बिरगंजमा रहेको राष्ट्रिय सेनाको ब्यारेक माथी हमला सुरु गरेर बिजय हासिल पनि गरि छाडे र राष्ट्रिय सेनाको ब्यारेक जनमुक्ति सेनाले कब्जामा लिए ।
त्यस बेला राष्ट्रिय सेनाको गोलि लागि जनमुक्ति सेनाका जवान तेज बहादुर क्षेत्री सर्बप्रथम ढलेका थिए उनै क्षेत्री २००७ सालको क्रान्तिका पहिलो सहिद हुन भनीएको छ । मल्ल र खबासको कमान्डमा आएका दुई सय सेनाले आक्रमण शुरु गरेकाले शीर्षकलाइ दुई सयको क्रान्ति भनिएको हो । तथापि त्यो समयमा देशै भर क्रान्ति चर्किन थालेको थियो बिरगंज आक्रमणले २००७ सालको क्रान्तिलाई सबै भन्दा ठूलो टेवा पुर्याएको थियो । यसरी देशै भर क्रान्ति भयो र क्रान्तिले राणा शासनको पतन गरायो राणा शासनको अन्त्य सगै नेपालमा प्रजातान्त्रको स्थापना भयो ।
२००८ मार्ग १ गते पहिलो जनताको छोरो प्रधानमन्त्री हुने अबसर मातृकाप्रसाद कोइरालाले पाएका थिए । उनै कोइराला राणा शासन पछिका प्रथम प्रधानमन्त्री हुन । जब जनताको छोरो सारा गरिबको प्रतिनिधि क्रान्तिको योद्धा सत्तामा पुग्यो त्यो बेला कुना काप्चामा रहेका सदियौ देखि एकात्मक शासनबाट आजित जनताका आङमा खुसिका घाम लागे सबैले अब बिभेद शोषण र अन्यायको अन्त्य हुन्छ र समान हकको स्थापना हुन्छ भन्ने आस गरे तर त्यो भएन । सामान्य बोल्न पाउने हक मात्र स्थापित भयो बाँकी हक प्राप्त हुन सकेन जनताको सरकार बन्यो तर जनताको समस्या समाधान भएन ।
२००७ को क्रान्तिको उद्देश्य थियो राणाहरुको हात बाट सत्ता खोसेर जनताको शासन स्थापना गर्ने । आम गरिब मजदुर किसान सुकुम्बासी लगायत अधिकार बिहिनहरुको अपार साथ बाट सफल क्रान्तिले निर्माण गरेको शासनबाट आफ्नो हक स्थापित हुनेमा जनता ढुक्क थिए । प्रजातन्त्रले राणा शासनको एकात्मकवाद र दासत्वबाट त जनतालाइ मुक्ति गर्यो तर जनचाहना अनुसारको न्याय र समानताको अभास दिन सकेन । अचम्मको कुरा त के छ भने जुन दिनबाट प्रजातान्त्रको उदय भयो त्यही दिन बाट अभाव र आवश्यक्ताको बिजारोपण सर्बत्र भयो । जनताको आवश्यक्ताको मनन गर्न नसक्दा कलिलै उमेरमा प्रजातन्त्र गुमाउनु परो । पार्टी स्थापना भएको नाबालक उमेरमै देशको बागडोर सम्हाल्ने जिम्मेवारी पाएको पार्टीमा सरकार गठन भको ८ दिनमै आफ्नै पार्टीले आफ्नै सरकार ढाल्ने तयारि भयो । डा के. आइ. सिंह को नेतृत्वमा छाया सरकार गठन गरियो र मातृकालाई सत्ताच्युत्त गरियो यो पनि धेरै टिक्न सकेन ९ घन्टा पछि कुलेलाम ठोक्नु पर्यो आफू आफू बिच युद्द सुरु भयो । यो बेला सम्म देशका कुना कुनामा युद्ध चलिरहेकै थियो । यस्तो अबस्थामा के गर्ने के नगर्ने अन्योल हुदाहुँदै सत्ता चलिरहेको थियो ।
यसै क्रममा २०१५ फाल्गुन ७ गते १०९ सभासदका लागि आम निर्वाचन भयो । अचम्मको कुरा फाल्गुनमा सुरु भाको निर्वाचन २०१६ साल बैशाख सम्म रहयो कारण थियो पहाडी र हिमाली क्षेत्रमा चुनाब ढिलो गर्नु उक्त चुनाबमा कांग्रेसले १०९ मा ७४ सिट ल्याएर पहिलो दल भयो । त्यस्तै गोर्खा परिषदले १९, प्रजातान्त्र पार्टीले ५ ,कम्युनिष्ट पार्टी ४, नेपाल प्रजा परिषद( भद्रकाली ग्रुप) ले १, टंक प्रसाद ग्रुप २, तथा स्वतन्त्र ४ जनाले जितेका थिए र प्रथम पटक जननिर्वाचित प्रधानमन्त्री बि.पि कोइराला भए । तर पनि जनअपेक्षित काम हुन नसकेको भन्दै यदाकदा बिरोध पनि हुन थाल्यो त्यसैलाइ निउँ बनाएर राजा महेन्द्रले २०१७ पुस १ गते थापाथली काण्ड मच्चाउदै पञ्चायत कालको घोषणा गरे निर्बाचित सत्तालाई गलहत्त्याएर आफैंले सत्ताको बाग्डोर सम्हाल्ने निधो गरेका राजा महेन्द्रले दलहरुले आफ्नो सत्तामा अबरोध गर्छन भन्ने डरले राजनीतिक दल माथी प्रतिबन्ध गरे । प्रतिबन्ध पछि दलहरूले पन्चायत विरुद्ध भुमिगत राजनीति गर्ने मनस्थिति बनाए । जब महेन्द्रले प्रजातन्त्र हत्या गरे तब कांग्रेसलाइ थाहा भयो कि पार्टीको शासन शैलीले जनताको अधिकार स्थापित भएनछ । यो कुराको समिक्षा गर्दै पुनः प्रजातान्त्र स्थापनाको संघर्स गर्ने तयारी कांग्रेसले गर्यो ।
दोश्रो प्रजातन्त्र पुनःस्थापित गर्ने पन्चायत बिरोधि क्रान्तिको यात्रामा बलियो साथी नेपाल कम्युनिष्ट पार्टी भयो । कांग्रेसको भन्दा लोकप्रिय नीति भएका कारण तमाम गरिबले कम्युनिष्ट पार्टीलाई साथ दिन थाले । यहि कारण कम्युनिष्ट झुकाबमा पन्चायत बिरोधी आन्दोलन थप शक्तिशाली बन्दै गयो । काग्रेसले २००७ सलको क्रान्तिको अनुभवलाई समेत परिस्कृत गर्दै नयाँ मोडलमा सशक्त क्रान्ती गर्ने निधो गर्यो । दुबै पार्टीको संयुक्त प्रयास बाट क्रान्ति सफलता तर्फ अगाडि बढ्न थाल्यो विभिन्न समयामा विभिन्न नाम दिदै पन्चायत बिरोधि क्रान्तिले व्यापक रुप लिन थाल्यो र अन्त्यमा २०४६ सालमा त्यो क्रान्ति जनान्दोलनमा परिणत भयो । र आम जनताको सक्रियता बाट प्रजातन्त्रको पुनःस्थापना भयो ।
राजाको हातबाट सत्ता पुनः जनताको हातमा आयो । जनताले पुनः अधिकार प्राप्त हुने अपेक्षा गरे फेरि भएन जनयुद्ध भयो पुन दोस्रो जनआन्दोलन भयो अनि जनताकै हितमा जनताकै मतले निर्वाचित जनप्रतिनिधिले संविधान बनाए । आज राणा राजा सबैको अन्त्य गरि जनताकै जनप्रतिनिधिका हातमा राज्य छ र पनि जनता अझै २००७ सालकै जस्तो अभाव र अन्याय छ भनिरहेका छन । अधिकार मागिरहेका छन किन ?यो छोटो इतिहासको मनन गरेर आफुले आफैलाई सोच्ने दिन आयो कि आएन हामी आज पनि अधिकारको भिखारी किन बनिरहेका छौ । यो कुरा बुज्न सहज हुन्छ भनेर मैले यो संक्षिप्त इतिहास स्मरण गराउन खोजेको हो ।
बिस्तृत अर्को आलेखमा ल्याउने छु मेरो निष्कर्श यो हो कि अब ७० बर्ष सम्म ढाटेर राजनीति गर्न हुन्न अब जनता मालिक र शासक नोकर बनेर जनताको सबै अधिकार सुनिश्चित गर्नु पर्छ । जनता पनि सचेत हुन जरुरी छ र खबरदारी गर्न आवश्यक छ । जब सम्म हामी परिवर्तनका लागि जाती पार्टी भन्दा माथी उठ्न सक्दैनौं तब सम्म हामी सधै अभाबमै गुज्रन बाध्य हुने छौ । २००७ सालको २०० सयको कांग्रेसको क्रान्ति माओवादीको हजारौं मुक्ति सेना सम्म आइपुगेको इतिहास हाम्रा सामु ताजै छ र पनि आज समाजबादी ब्यबस्थाको आभास जनताले गर्न पाएका छैनन हामी २१औ सताब्दिको नयाँ युगमा आइपुग्यौ र पनि पुरानै संस्कारमा जिउन बाध्य छौ । भुमिको स्वामित्व पाउन पञ्चायत देखि जनयुद्ध र जनआन्दोलन सम्म गरेका आम भुमिहिन सुकुम्बासी जनताले आज पनि भुमिको स्वामित्व मागिरहेका छन बेरोजगारले रोजगार मागिरहेका छन । हुदा खानेहरुले सहजै हुने खाने हुन चाहिरहेका छन त्यसैले अब सबै पार्टीहरु जनताको अधिकारका लागि एक हुनु पर्छ २००७ सालको कांग्रेस २०० सयको क्रान्ति लेखी रहँदा इतिहास खोजिरहेको छु सबै पार्टीको क्रान्तिको समेत इतिहास खोजिरहेको छु अब अर्को लेखमा बृहत समेट्ने छु । अहिले लाई यति नै घरमै बसौ आफू पनि बाँचौ र अरुलाइ पनि बचाऔ सबै मिलेर विश्वमहामारी कोरोनाको अन्त्य गरौ ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved