बुद्ध जयन्ती र उभौलीको शुभकामना सन्देशमा कोरोनाबाट सुरक्षित रहन मुख्यमन्त्रीको अपिल

  • वैशाख २५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

बुद्ध जयन्ती तथा किराँत समुदायको महान साँस्कृतिक चाड उभौलीको अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शुभकामना व्यक्त गरेका छन ।
विहिबार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका हुन् ।
बुद्धको उपदेशलाई आत्मसात गर्न सकिए राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र दीगो शान्तिको स्थापना हुने मेरो विश्वास छ, मुख्यमन्त्री राईले जारी गरेको सन्देशमा भनिएको छ । यसैगरी किरात समुदायले मनाउने उभौली जस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको मुख्यमन्त्रीले आफ्नो सन्देशमा उल्लेख गरेका छन् ।
मौलिक साँस्कृतिक चाडपर्वहरुले सामाजिक एवम् पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोग समेत गरेका छन् । यस वर्ष विश्वभर फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण यी चाडपर्व खुला र भव्य रुपमा मनाउन सम्भव भएन । अतः यो भाइरसको संक्रमणबाट बच्न र सुरक्षित रहन मुख्यमन्त्री राईले विशेष अपील समेत गरेका छन् ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved