कोरोना (कोभिड–१९) को रोकथामका लागि सुनसरी जिल्ला प्रशासन कार्यालयले आवश्यक होल्डिङ्ग एरिया स्थापना गर्ने भएको छ । भविष्यमा बोर्डर एरिया खुल्ला हुँदा वा भारतबाट नेपालीहरुको आवागमन भएको अवस्थामा ति व्यक्तिहरुलाई क्वारेन्टाईनका लागि राख्नका लागि जिल्ला प्रशासन कार्यालय, सुनसरीहरुले आवश्यक सामाग्रीहरु संकलन गरिरहेको छ ।
विभिन्न स्थानमा स्थापना गरिने सो कार्यको लागि सुनसरी उ्रद्योग वाणिज्य संघले समेत सहयोग गरेको छ । हिजो २०७७ वैशाख २३ गते प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई १५० थान तन्ना र १५० थान म्याट्रेस उपलब्ध गराएको छ । संघका अध्यक्ष गिरिधारी सापकोटा, द्वितीय उपाध्यक्ष अनिल अग्रवाल र महासचिव राजेश अग्रवालले संयुक्त रुपमा सो सामान उपलब्ध गराएको छ । विपद् व्यवस्थापनका लागि संघले विगतका दिनहरुमा पनि आवश्यक सहयोग गरिरहेको र यस्तो कार्यप्रति सदैव आभारी रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन् ।