दुई महिने शिशु सहित १७ जनामा कोरोना पुष्टि , संक्रमितको संख्या ९९ पुग्यो

  • वैशाख २४, २०७७
  • "सन्जोग बाबु दाहाल"
alt

धरान पर्साको वीरगन्जमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ ।

 राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनाको रिपोर्ट पोजिटभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

संक्रमितहरु २ महिनादेखि ६६ वर्षसम्मका भएको र संक्रमण पुष्टि भएकाहरुमध्ये १० जना पुरुष र ७ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

 नेपालमा देखिएका ९९ संक्रमितहरु मध्ये ७१ जना पुरुष र २८जना महिला छन् ।

संक्रमित ९९ मध्ये २२ जना उपचार पछि निको भएर अस्पतालबाट फर्किएका छन् ।

बुधबार बिहान मात्र कोरोना विशेष कोशी अस्पताल बिराटनगरमा उपचाररत ६ जना भारतीय मुस्लिम जमाती कोरोना मुक्त भएका हुन् ।

यस्तै वैशाख ११ र १४ गते उपचारपछि निको भएर डिस्चार्ज भएका ३ जनामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको छ । उनीहरुलाई उपचारका लागि पुन अस्पताल भर्ना गरिएको छ ।

अहिले उपत्यका भित्र ७ र बाहिर १ सय २९ गरी १ सय ३६ जना शंकास्पद व्यक्ति आइसोलेसनमा उपचाररत छन ।

देशभरी १९ हजार ७ सय ३४ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रवक्ता डा. विकास देवकोटाका अनुसार हालसम्म पिसिआर विधिबाट १४ हजार ९६ परीक्षण भएको छ ।

यस्तै आरडिटी विधिबाट ५२ हजार ९ सय ७० जनाको परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ९ सय ९१ जनाको परीक्षण भएको छ ।

इलाममा बुधबारदेखि सि ...

धरान । चलचित्र पत्रकार संघले जेष्ठ ७ गते अर्थात बुधबारद ...

सवारीसाधन चोरी गर्ने ...

झापा/  झापाको इलाका प्रहरी कार्यालय अनारमनीले सवार ...

धरानमा सुविधा सम्पन् ...

धरान/  सुनसरी उद्योग वाणिज्य सङ्घले सुवि ...

बराहक्षेत्रमा अफ्रिक ...

सुनसरी/  बराहक्षेत्र नगरपालिकामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved