विराटनगरको कोशी कोरोना अस्पतालमा उपचारपछि जाति भएका ६ जना भारतीय नागरिक डिस्चार्ज

  • वैशाख २४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

कोरोनामुक्त भई डिस्चार्ज हुनेहरु ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद रासीद छन् । उनीहरु अस्पतालमा भर्ना भएको १४ दिनपछि दोस्रो र तेस्रो पटकको स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको छ ।
रिर्पोट नेगेटिभ आएकोले सबैलाई बुधबार नै डिस्चार्ज गरिएको कोशी अस्पतालकी कार्यबहाक मेडिकल सुपरिडेन्डेन्ट संगीता मिश्रले बताएकी छन् । उनीहरु सबै अब विराटनगर रानीको एउटा मस्जिदमा निर्माण गरिएको क्वारेन्टाईनमा बस्नेछन् । त्यहाँ १० वटा वेडरुम र १० वटा शौचालय भएको कोठा तयार गरिएको छ ।
उदयपुरको भुल्केस्थित मस्जिदमा बसेका बेला कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ५ गते राति उनीहरुर्ला कोशी कोभिड १९ उपचार केन्द्रमा ल्याइएको थियो । ल्याइएका १२ जनामध्ये ६ जना डिस्चार्ज भएका हुन् ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उनीहरुलाई बुधबार विहान विदाइ गरे । पहिलो चरणमा अस्पताल भर्ना भएका १३ जनाको स्वाब परीक्षणमा ६ जनाको दोस्रो र तेस्रो पटक नेगेटिभ नतिजा आएको हो । पोजेटिभ देखिएकालाई अर्को १४ दिन अस्पतालमै राखिने छ ।
कोशी अस्पतालमा उदयपुरका २८ सहित ३१ जना उपचारमध्ये १२ जना भारतीय हुन् । २ जना झापाका र १ जना भोजपुरका पनि त्यहीं उपचाररत छन् । अब अस्पतालमा २५ जना बाँकी छन् ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved