विराटनगर भन्सारमा रु. १ करोड ९ लाख भारु बरामद

  • वैशाख २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 भारतबाट ढुवानीको खाली गाडीमा गुट्खाको प्लाष्टिकले बेरेर ल्याउँदै गरेको अवस्थामा विराटनगर भन्सारमा एक करोड ७९ लाख भारतीय रुपैयाँ बरामद भएको छ । नोट ल्याउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको सुपौलबाट आएको खाली ट्रकबाट प्रहरीले चेकजाँचको क्रममा मंगलबार एकीकृत भन्सार जाँच चौकी विराटनगर परिसरमा डब्लूबी ७३ ई ७६७५ नम्बरको खाली ट्रक खानतलासी गर्दा रकम बरामद भएको हो । सशस्त्र प्रहरीको टोलीले रु. १ करोड ९ लाख ७९ हजार ५ सय ३० हजार बरामद गरेको हो । रकमसंगै दुई जना भारतीयहरु पनि पक्राउ परेका ाछन् ।
वस्तुको ढुवानीको नाममा ट्रक भारतबाट नेपालतर्फ आउँदै थियो । ट्रकका चालक र सह–चालकलाई पनि नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ । खाली गाडी भएकोले भारतबाट परीक्षण नभई आएपनि नेपालतर्फ भने चेकजाँच गर्दा बोराभित्र राखेको कार्टुनमा गुट्खाको प्लााष्टिकले बेरेको अवस्थामा भारतीय नोट बरामद भएको हो ।
सशस्त्र प्रहरीको भन्सार गस्ती टोलीले रकम बरामद गरेको विराटनगर भन्सारका प्रमुख शिव भण्डारीले पुष्टी गरेका छन् । विराटनगरका हुण्डी कारोवारीले ल्याएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
बरामद रकममध्ये ५ सय दरका २१ हजार ९ सय ५५ थान नोट रहेको मोरङ प्रहरीले जनाएको छ । रकम नेपालतर्फ कसले ल्याएको हो भन्ने अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved