कुनै पनि शैक्षिक कार्यक्रम संचालन नगर्न मन्त्रालयको निर्देशन

  • वैशाख २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

कोभिड १९ को संक्रमण रोकथामका लागि घोषणा गरिएको लकडाउनको समयमा बन्द भएका विद्यालयहरुको भर्ना तथा पठनपाठन स्थगित रहेकाले कुनै पनि किसिमको शैक्षिक कार्यक्रमहरु संचालन नगर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन जारी गरेको छ ।
पछिल्लो समय अनलाईन शिक्षाको नाममा विद्यालयहरुले शुल्क लिने खोजेको आरोप लाग्न थाले पछि मन्त्रालयले निर्देशन जारी गर्दै नेपाल सरकारको अर्को निर्णय नभए सम्म कुनै पनि विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना नगर्नु, नगराउन निर्देशन जारी गरेको छ ।
मन्त्रालयका सहसचिव एवंम प्रवक्ता दिपक शर्माद्वारा हस्ताक्षरित सोमबार जारी पत्रमा भर्नाको नाममा कुनै किसिमले शुल्क लिने, अनलाईन पठनपाठनको नाममा शुल्क लिने वा बैंक खातामा रकम जम्मा गर्न लगाउने जस्ता कार्यहरु नगर्नु नगराउनु हुन सुचित गरिएको छ ।
त्यसै गरि माध्यमिक शिक्षा परिक्षा र कक्षा ११ र १२ का परिक्षाहरु स्थगित रहेको अवश्थामा मन्त्तालयबाट वस्तुस्थितीको सुक्ष्म अध्ययन र परामर्श लिने कार्य जारी रहेको हुँदा परिक्षा संचालन सम्बन्धमा हाल सम्म कुनै थप वा नयाँ निर्णय नभएको जनाएको छ । संस्थागत विद्यालयहरुले माध्यमिक तह सम्मको एक महिनाको शुल्क मध्ये आवास शुल्क बाहेक अन्य सबै प्रकारको शुल्क छुट दिने भनी नेपाल सरकारले गरेको निर्णय कार्यान्यवन गरि अभिभावक तथा स्थानीय तहलाई आवश्यक जानकारी दिन पनि मन्त्रालयले निर्देशन दिएको छ ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved