प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट आइतबारसम्म जम्मा ७ हजार ७ सय ७४ जनामा कोरोना भए नभएको पत्ता लगाउन नमूना परीक्षण भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ ६ हजार १ सय २२ जनाको नमूना परीक्षण भएको छ । जसमा ६ हजार १ सय ६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
पिसिआरबाट परीक्षण गरिएकामध्ये १ हजार ६ सय १३ जनामा कोरोना नभएको पुष्टि भएको छ । यो विधिबाट जम्मा एक हजार ६ सय ५२ जनाको नमूना परीक्षण गर्न ल्याबमा पठाइएको थियो ।
यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या सोमबारसम्म कूल २ हजार जना ६३ छ ।
आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ४७ जना छन् । होम क्वारेन्टाइनमा जम्मा ६ हजार ९ सय २५ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले विभिन्न ३ सय ११ स्थानमा ५ हजार ४ सय १४ बेडको व्यवस्थापन गरेको छ । आइसोलेसन बेड संख्या ४ सय ४९ छ । यसैगरी आईसियूको संख्या ४४ छ ।