प्रदेश १ मा आइतबारसम्म ७ हजार २ सय ७२ जनाको कोरोना परीक्षण

  • वैशाख २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट आइतबारसम्म ७ हजार २ सय ७२ जनामा कोरोना भए नभएको पत्ता लगाउन नमूना परीक्षण भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ ५ हजार ७ सय १ जनाको रिर्पोट नेगेटिभ आएको छ ।

यो विधिबाट जम्मा ५ हजार ७ सय १६ जनाको नमूना परीक्षण भएको थियो ।

पिसिआरबाट परीक्षण गरिएकामध्ये १ हजार ५ सय १५ जनामा कोरोना नभएको पुष्टि भएको छ । यो विधिबाट जम्मा एक हजार ७ सय १६ जनाको नमूना परीक्षण ल्याबमा पठाइएको थियो ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या आइतबारसम्म कूल २ हजार ६३ पुगेको छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३८ जना छन् । होम क्वारेन्टाइनमा जम्मा ६ हजार ९ सय २५ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले विभिन्न ३ सय ११ स्थानमा ५ हजार ४ सय १४ बेडको व्यवस्थापन गरेको छ । आइसोलेसन बेड संख्या ४ सय ४९ छ । यसैगरी आईसियूको संख्या ४४ छ ।

भारतबाट नेपाल आउँदै ...

धरान/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा ब्राउन सुगर ...

बिजुलीको पोलमा ठोक्क ...

सुनसरी/ मोरङको मिक्लाजुङमा मोटरसाइकल दुर्घटनामा परेर एक ...

५ वर्ष कैद सजाय तोकि ...

सुनसरी/ इलाममा २२ वर्षअघि भएको ज्यान मुद्दामा दोषी ठहर ...

मोटरसाइकलमा लुकाएर ल ...

सुनसरी/ सुनसरीको देवानगञ्जमा मोटरसाइकलमा लुकाएर ल् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved