प्रदेश १ मा आइतबारसम्म ७ हजार २ सय ७२ जनाको कोरोना परीक्षण

  • वैशाख २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट आइतबारसम्म ७ हजार २ सय ७२ जनामा कोरोना भए नभएको पत्ता लगाउन नमूना परीक्षण भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ ५ हजार ७ सय १ जनाको रिर्पोट नेगेटिभ आएको छ ।

यो विधिबाट जम्मा ५ हजार ७ सय १६ जनाको नमूना परीक्षण भएको थियो ।

पिसिआरबाट परीक्षण गरिएकामध्ये १ हजार ५ सय १५ जनामा कोरोना नभएको पुष्टि भएको छ । यो विधिबाट जम्मा एक हजार ७ सय १६ जनाको नमूना परीक्षण ल्याबमा पठाइएको थियो ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या आइतबारसम्म कूल २ हजार ६३ पुगेको छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३८ जना छन् । होम क्वारेन्टाइनमा जम्मा ६ हजार ९ सय २५ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले विभिन्न ३ सय ११ स्थानमा ५ हजार ४ सय १४ बेडको व्यवस्थापन गरेको छ । आइसोलेसन बेड संख्या ४ सय ४९ छ । यसैगरी आईसियूको संख्या ४४ छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved