धरान /सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ।
बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् ।
पार्टि प्रबक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बैठक पटि पत्रकारहरु सग कुरा गर्दै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको र महामारीको रुपमा फैलिएको नोबल कोरोना भाइरस विरुद्द सबै पार्टि पङ्तिलाइ आवहन गरेको बताए ।
यस्तै बैठकमा पार्टी एकतालाई रक्षा गर्ने र सुदृढ गर्ने र पार्टीलाई गुटउन्मुख हुन नदिन पार्टीका सबैतहमा निर्देशन दिने निर्णय पनि गरेको छ ।
साथै प्रवक्ता श्रेष्ठले स्थायि कमिटिको बैठक बैशाख २५ गते ११ बजे काठमाडौं मा बस्ने त्यस अघि बैशाख २४ गते फेरी सचिवालय बैठक बस्ने बताए ।
सचिवालय बैठकले स्थायी कमिटी बैठकमा प्रस्ताब गरिने एजेन्डा तय गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।