लक डाउनका कारण १० लाख नयाँ सुकुम्बासी थपिन्छन्

  • बैशाख २०, २०७७
  • कोशीपत्र/संवाददाता
alt

कुमार कार्की
विश्व महामारी कोभिड १९ कोरोना भाइरसका कारण लकडाउन ३ पटक सम्म थप भैसकेको छ । अझै पनि यसका संक्रमितहरु थपिदै गएकाले लकडाउन पनि थपिने सम्भावना पनि बढ्दै गएको छ ।
अझै एक महिना लक डाउन थपिने हो भने देशमा मध्यम बर्गिय परिवार लगभग ३० प्रतिशत जनसंख्या निम्न गरिबिको रेखामुनी झर्ने छन । झट्ट हेर्दा यो अनुमानमा अलमल परे पनि यसको नतिजा ६ महिना देखि एक बर्ष भित्रमा बाहिर आउने छन् । आफ्नो जीवन उकास्दै गरेका मध्यम बर्गियहरुको ब्यापार ब्याबासायमा ब्यापक गिरावट हुँदा सुकुम्बासी बन्न पुग्नेछन ।
यो हिसाबले हेर्दा लकडाउनका कारण झन्डै अबको एक देखि दुई बर्षको दौडानमा १० लाख मानिस नचाहादा नचाहादै पनि सुकुम्बासी बन्न बाध्य हुनेछन । अझ गरिबिको रेखामुनी रहेका दैनिक काम गरेर जिबिकोपार्जन गर्ने श्रमजिबि बर्ग ठुलो संकटमा पर्ने देखिन्छ । उद्योग कल कारखाना लगायत बन्द हुदा लकडाउन अबधिभर बसेर साहुँ सँग ऋण लिएर खादा पछि काम गरेको पैसा साहुको सावा ब्याज तिर्दै ठिक्क हुने भएकोले श्रम गरि खानेको स्तर झन तल जाने निश्चित देखिएको छ । साना मझौला ब्यापारीहरुको ब्यापार नचले पछि बैंक र साहुको ऋण बढेर आफ्नो पुँजि भन्दा धेर हुने र समयमा ब्यापार ब्यबसाय चल्न नसक्दा आफू सँग भएको जाय जेथा नै साहु वा बैंक लाई सुम्पनु बाहेक त्यो नागारिक सँग अर्को उपाय नहुने अवश्था आउन सक्छ । यस्तो अबस्थाका मानिसहरु स्वतः महासुकुम्बासी बन्न बाध्य हुनेछन । हाम्रो देशमा यसरी अर्काकै पुँजि बाट ब्यापार गर्नेहरु थुप्रै छन त्यसमध्ये पनि करिव १० लाख परिवार यो कोरोनाको कहरबाट बाध्यताबस सुकुम्बासी बन्ने अबस्थामा पुग्ने छन ।
यस्तो अवस्था आउन नदिन राज्यले बेलैमा बिबेक पुर्याएर काम गरेमा केही राहत होला नत्र सुकुम्बासी बन्नु बाहेक अर्को बिकल्प ती नागारिक सँग हुने छैन । भएकै सुकुम्बासीको ब्यबस्थापन नभइरहेको अबस्थामा सुकुम्बासी संख्या वृद्धि हुदाँ स्थिती झन भयाबह हुने निश्चित छ । सरकारले बेलैमा बिबेक नपुर्याए देश नै संकटमा पर्न सक्छ ।
लक डाउन लम्बिदै गर्दा मध्यमवर्गिय समाजमा उच्चजोखिम बढ्दै गएको छ । कामको अभावमा खाद्य संकटमा परेका सुकुम्बासी समुदायका सबैलाइ एक रुपताका आधारमा खान पुग्ने सहयोग गरेन भने सुकुम्बासीहरु बस्दै आएको झुपडी पनि पेटको लागि बन्धकी वा बिक्रि गर्नु पर्ने अवश्था आउन सक्छ । यो अबस्था आएमा सुकुम्बासी स्वयं पनि दोस्रोपटक सुकुम्बासी बन्नु पर्ने अवस्था हुनेछ ।
भोकाएको मान्छेले आदर्श हैन पेट भरी खान खोज्छ । लक डाउन शुरु भएको ४० दिन पुग्दा सरकार २० किलो चामल दिन्छ यस्तो स्थितिमा नगारिकको भबिष्य के हुन्छ कता मोडिन्छ भन्ने सम्मको हेक्का राख्न जरुरी छ । संकटमा जनता र सरकार हातेमालो गर्नु पर्छ । तर जति बेला सम्म लकडाउन हुन्छ त्यति बेला सम्म जनताका घरमा दैनिक भाँडामा भात पाक्ने जिम्मा सरकारले लिनु पर्छ । अनि मात्र जनता र सरकारको बलियो र सुमधुर सम्बन्ध कायम हुन्छ ।
भोलिका दिनमा आउने विपत्तिलाई तल देखि माथी सम्मका तिनै तहका सरकारले सोच्न जरुरी छ ताकी निकट भबिष्यमा कुनै समस्या आउन नसकोस । यो बेला कुनै एउटा पनि जनताले भोकै छु भन्ने अवस्था आउन नदिन जनप्रतिनिधि खट्नु पर्ने अवश्था छ । हामी सबै मिलेर कोरोनाको अन्त्य गरौ घरमै बसौ आफू पनि बाचौ र अरुलाई पनि बचाउँ । र सरकारले पनि जनतालाई भोकोपेट लिएर राहतको अभावमा बजार घुम्नु पर्ने अवश्थाबाट मुक्त गर्न सकोस् ।

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved