प्रधानमन्त्री केन्द्रित नेकपाको बैठक ४ बजे बस्दै

  • वैशाख २०, २०७७
  • "सन्जोगबाबु दाहाल"
alt

धरान । पछिल्लो केही घटना र प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाइ लिएर पार्टी भित्रै विवाद सिर्जना भइरहेको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।

प्रधानमन्त्रीका प्रसे सल्लाहाकार तथा पार्टीका प्रचार विभाग उपप्रमुख समेत रहेका सुर्य थापाका अनुसार सचिवालय बैठक दिउँसो ४ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।

अध्यादेश तथा प्रधानमन्त्री ओलीको कार्यशैलीलाइ लिएर पार्टी भित्रै प्रधानमन्त्रीको राजीनामाको चर्चा चुलिएको छ ।

आज हुने भनिएको सचिवालय बैठकमा पनि नेताहरुले प्रधानमन्त्रीको राजीनामालाई जोड दिने सम्भावना देखिन्छ ।

यसअघि बुधबार बसेको सचिवालय बैठकमा पनि सचिवालयका अधिकांश सदस्यहरुले समस्या समाधान गर्ने उपाय प्रधानमन्त्रीको राजीनामा रहेको धारणा राखेका थिए ।

उता ओलीले आफुले प्रधानमन्त्री पद नछोड्ने छोड्नु परे उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्षको प्रस्ताव राखेका थिए ।

यसअघिको बैठक अनौपचारिक छलफल जारी राख्दै फेरी २० गते अर्थात आज बस्ने गरी टुंएिको थियो ।

 आज हुने बैठकमा यही सरकार टिकाउने कि फेर्ने ? भन्ने विषयमा रस्साकसी चल्ने स्थिति देखिएको छ ।

सुनाखरी एकेडेमीमा नव ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले कक् ...

बराहक्षेत्रबाट लागू ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बाट ...

महानगरद्वारा ५० प्रत ...

विराटनगर/ दलन बाली पकेट विकास कार्यक्रमअन्तर्गत वि ...

सुनसरी उद्योग वाणिज् ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघको अध्यक्ष पदको निर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved