वीपीमा टेलिमेडिसिन सेवा सुचारु

  • वैशाख १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लकडाउनको समयमा ओपिडी सेवाबाट बंचित भएका बिरामीहरुका लागि धरान स्थित वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले टेलिमेडिसिन सेवा सुचारु गरेको छ ।
लकडाउनको समयमा ओपिडि सेवा नपाएका बिरामीहरुका लागि प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीको पहलमा ओपीडी सेवा नपाएका बीरामीले स्वास्थ्य सेवाबाट बंचित हुन नपरोस भन्ने अवधारणा अनुसार अनलाईन चिकित्सा सेवा संचालन गरिएको हो । अस्पतालमा संक्रमणको जोखिम उच्च हुने भएकाले अस्पताल नआई नहुने बिरामी बाहेकका लागी यो सेवा निकै प्रभावकारी हुने उनको भनाई छ ।

इसेवा मार्फत लर्निङ टेलिमेडिसिन प्रोग्राम अन्तरगत संचालन भईरहेको सेवाले बिद्यमान कोभिड १९ को जोखिमयुक्त समयमा बिरामीले घरमा बसेर चिकित्सकहरू संग प्रत्यक्ष संवाद गरि स्वास्थ्य सेवा, परामर्श लिन सक्ने प्रतिष्ठानका निर्देशन प्रा.डा. गौरी शंकर साहले बताए । उनले भने, ‘बीरामीले आफ्नो व्यक्तिगत विवरण भर्नु पर्ने हुन्छ र यसमा बीरामीले आफुलाई सहज हुने किसिमको संचार सेवा (टेलिफोन, स्काईप, भाइबर, ह्वाट्सयप) छान्न पाउने छन, बीरामीले भरेको फारमका आधारमा सम्बन्धीत बिषयका चिकित्सकलाई अपोइन्ट गरिने छ र सेवा उपलब्ध गराइने छ ।’
इसोवा अन्र्तगतको लर्निङ टेलिमेडिसिन प्रोग्रामलाई प्रा. डा. नरेन्द्र भट्टले कोअर्डिनेटरको रूपमा समन्वय गर्नेछन्, त्यस्तै डा. परमेन्द्र प्रसाद गुप्ता मेडिकल कोअर्डिनेटरको रूपमा रहेका छन् । प्राविधिक समन्वय ईन्जिनियर राकेश कुमार दास र अनिष भट्टराईले गर्नेछन् ।
सेवा निःशुल्क र प्रदेश नम्रब १ भरिको लागी उपलब्ध हुने प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले बताए । बीरामीले उपलब्ध गराईदिनु भएको बिवरणको आधारमा २४ घण्टा भित्र प्रतिष्ठानको टेलिमेडिसिन सेन्टरबाट चिकित्सकले आफै बीरामीलाई सम्पर्क गर्ने उनको भनाई छ । उनले भने, ‘चिकित्सक र बिरामी बिचमा भिडियो बाट समेत संवाद गर्न सकिने हुँदा फोनमा ब्याख्या गर्न नसकिएका कुरा पनि हेर्न सकिनाले बिरामीको विश्वास बढ्ने हुँदा यो झनै प्रभावकारी हुनेछ ।’

भारतबाट नेपाल आउँदै ...

धरान/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा ब्राउन सुगर ...

बिजुलीको पोलमा ठोक्क ...

सुनसरी/ मोरङको मिक्लाजुङमा मोटरसाइकल दुर्घटनामा परेर एक ...

५ वर्ष कैद सजाय तोकि ...

सुनसरी/ इलाममा २२ वर्षअघि भएको ज्यान मुद्दामा दोषी ठहर ...

मोटरसाइकलमा लुकाएर ल ...

सुनसरी/ सुनसरीको देवानगञ्जमा मोटरसाइकलमा लुकाएर ल् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved