टिकटकका प्रयोगकर्ता २ अर्ब बढी, यस्तो छ नयाँ कीर्तिमान

  • बैशाख १८, २०७७
  • कोशीपत्र/संवाददाता
alt

वर्तमान समयको सर्वाधिक लोकप्रिय भिडियो शेयरिङ एप टिकटकका प्रयोगकर्ताको संख्या २ अर्ब नाघेको छ । चिनियाँ कम्पनी बाइट डान्स मातहतको यो लोकप्रिय एप गुगलको प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट गरी २ अर्ब पटक डाउनलोड भएको मोबाइल प्रविधि तथा एप्लिकेसन सम्बन्धी अनुसन्धान गर्ने कम्पनी Sensor Tower ले जनाएको छ ।

स्मरणहोस्: पाँच महिनाअघि मात्र टिकटकका प्रयोगकर्ता डेढ अर्ब पुगेका थिए । पछिल्लो पाँच महिनामै टिकटकले ५० करोड नयाँ प्रयोगकर्ता थप्न सफल भएको हो । 

सन् २०२० को पहिलो त्रैमासिकमा टिकटकले एप डाउनलोडको इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ । जनवरीदेखि मार्च सम्मको अवधिमा एप स्टोर र गुगल प्लेमा गरी टिकटक ३१ करोड ५० लाख पटक डाउनलोड भएको छ । कुनै पनि मोबाइल एप एक त्रैमासिक अवधिमा यतिधेरै पटक डाउनलोड भएको यो पहिलो पटक हो ।

पछिल्लो ३ महिनामा टिकटक एपको डाउनलोड संख्याले कीर्तिमान कायम गर्नुमा महामारीको लकडाउन सबैभन्दा मूख्य कारण रहेको बताइएको छ । कोरोना भाइरस महामारीको लकडाउनका कारण करोडौँ मानिसहरु घरभित्रै रहेको र उनीहरुले मनोरञ्जनका लागि टिकटकको अत्यधिक प्रयोग गरिरहेको रिपोर्टमा उल्लेख छ ।

रिपोर्ट अनुसार टिकटक प्रयोगमा भारत सबैभन्दा अगाडि रहेको छ । भारतमा कूल ६१ करोड १० लाख पटक टिकटक डाउनलोड भएको छ । यो टिकटकको कूल प्रयोगकर्ताको ३० दशमलब ३ प्रतिशत हो ।

दोश्रो स्थानमा रहेको चीन भारतभन्दा निकै पछाडि छ । अर्थात् कूल डाउनलोडको ९.७ प्रतिशत रहेको चीनमा टिकटक एप १९ करोड ६६ लाख पटक डाउनलोड भएको छ ।

त्यस्तै टिकटक एप डाउनलोड भएको एप प्लाटर्फममध्ये गुगल प्ले स्टोर झण्डै तेब्बरले अगाडि छ। गुगल प्ले स्टोरबाट डेढ अर्ब पटक टिकटक डाउनलोड भएको छ भने एप्पलको एप स्टोरबाट जम्मा ४९ करोड ५२ लाख पटक डाउनलोड भएको छ ।

स्मरणहोस्: नितान्त मनोरञ्जनको साधनको रुपमा रहँदै आएको टिकटकले पछिल्लो समय कल्याणकारी काममा पनि कदम चालेको छ ।

टिकटकले हालै Donation Stickers थप गरेको छ । जसको माध्यमबाट मानिसहरुले च्यारिटीका लागि रकम दान गर्न सक्दछन् । कोरोना भाइरस महामारीविरुद्धको लडाइँलाई सहयोग गर्ने मनसाय स्वरुप नयाँ फिचर सुरु गरेको टिकटकले यसमार्फत् आगामी मे २७ सम्ममा १ करोड डलर रकम संकलन गर्ने लक्ष्य बनाएको छ ।

टिकटक प्रयोगकर्ताहरुले डोनेसन स्टिकर फिचरमार्फत आफूले रकम दान गर्न सक्ने मात्र नभै आफ्ना भिडियोहरु तथा लाइभ स्ट्रिमिङमा समेत यी स्टिकरहरु प्रयोग गरी आफ्नो फलोअर्सलाई दानका लागि प्रेरित गर्न सक्दछन् ।

डोनेसन स्टिकर फिचरले प्रयोगकर्तालाई एपभित्रैको डोनेसन पेजमा लैजान्छ जहाँ प्रयोगकर्ताले आफ्नो बैंक विवरण तथा दान गर्न चाहेको रकम उल्लेख गरी आर्थिक सहयोग प्रदान गर्न सक्दछन् ।

एजेन्सीको सहयोगमा

 
 

इलाम-२ उपनिर्वाचन: ए ...

इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान ...

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved