रोल्पाको त्रिवेणी गाउँपालिकामा बम विस्फोट हुँदा ४ जना बालबालिकाहरुको ज्यान गएको छ ।
रोल्पाको त्रिवेणी गाउँपालिका-४ गैरी गाउँको मैतीगातिनामा बिहीबार साँझ ६ बजे भएको बम विस्फोट मा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी चित्रबहादुर गुरुङले बताए ।
एकै परिवारका दुईजना बालबालिका रहेको जनाइ्एको छ ।
मृत्यु हुनेमा १३ वर्षीय नेखीराम डाँगी , ५ वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्री र ११ वर्षीय गौरव नेपाली रहेका छन् ।
अहिले घटनास्थलमा प्रहरी पुगिसकेको छ ।
शव नजिकै अर्को बम पनि फेला परेकाले सेनाको डिस्पोजल टोली त्यहाँ पुगेपछि मात्रै शव उठाइने प्रहरीले जनाएको छ ।
बाख्रा चराएर जंगलबाट घर फर्कने क्रममा बम विस्फोट भएको अनुमान गरिएको छ ।
त्यस्तै घटनास्थलमा ग्रिनेट बम रहेको आशकां गरिएको प्रहरीले जनाएको छ ।
शव क्षतविक्षत अवस्थामा रहेको र शव नजिकै बम रहेकाले सेनाको डिस्पोजल टोलीले निष्क्रिय गरेपछि मात्रै शव उठाइने प्रहरीले जनाएको छ ।