सुनसरीको कोशी गाउँपालिकामा रहेको क्वारेन्टाइनमा बसेका २० जना शुक्रबार घर फर्केका छन । कोशी गाउँपालिका ५ स्थित मदरसा दारुल होदा अल सल्फियाको क्वारेन्टाइनमा बसेकाहरुलाई शुक्रबार बिदाई गरिएको हो । दुई हप्ता देखि क्वारेन्टाइनमा रहेका २० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आए पछि उनीहरुलाई घर फर्काइएको हो । क्वारेन्टाइनमा कुल ४७ जनाको बसेका थिए । ति मध्ये २० जना घर फर्केका छन् भने बाकीको पिसिआर रिपोर्ट आउन बाँकी रहेको वडाअध्यक्ष साहजमालले बताए । क्वारेन्टाइनमा बस्नेहरुको सम्पुर्ण व्यवस्थापन वडा कार्यालयले मिलाएको उनले बताए ।
काठमाडौँ /नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल, कोभिड १९ प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय ४८ पुगेको जनाएको छ । शनिबार संक्रमण पुष्टि भएकाहरुमा कपिलवस्तु, सर्लाही, बारा, रुपन्देही, चितवन र काठमाडौंका रहेका छन् ।
धरान । संविधान र ऐनले दिएको दलित समुदायको अधिकारलाई सहयोग पुग्ने गरि आर्थिक रुपान्तर गर्ने खालको बजेट तथा निती कार्यक्रमहरु ल्याउनुपर्ने दलित अधिकारकर्मीहरुले प्रदेश सरकारलाई सुझाव दिएका छन् । रिडेफ नेपाल र सम्बाद समुहको संयुक्त आयोजनामा जुम एप्लीकेशन मार्फत गरिएको प्रदेश सरकारको आगामी बजेट र दलित सवाल विषयक सम्बाद कार्यक्रममा सहभागि दलित अधिकारकर्मीहरुले दिर्घकालिन रुपमा प्रभाव पार्ने र अल्पकालिन रुपमा प्रभाव पार्ने खाल्का बजेटहरु प्राथमिकता अनुसारका कार्यक्रमहरु ल्याउनुपर्ने बताए । कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले बजेट तथा निती कार्यक्रम कार्यान्यवन गर्न छुट्टै निक
मोरङको लेटाङ नगरपालिका सिल गरिएको छ । छिमेकी पालिकाहरुमा कोरोना संक्रमित भेटिन थालेकोले सावधानी अपनाउन भन्दै नगरपालिकाले सिल गर्ने निर्णय लिएको नगरपालिकाले जनाएको छ । नगरमा ५४ जनाको दु्रत परीक्षण विधिबाट कोरोना भए नभएको परीक्षण पनि गरिएको छ । खासगरी लेटाङ नगरपालिकामा विदेशबाट आएका, मुस्लिम समुदायको धार्मिक कार्यक्रममा सहभागी भई फर्किएका, ड्युटीमा खटिएका प्रहरी, एम्बुलेन्स चालक र स्थानीय व्यापारीको आरडीटी परीक्षण गरिएको प्रमुख राईले बताए । भने,‘‘सबै रिर्पोट नेगेटिभ आएका छन् ।’’ लेटाङमा कोरोना जोखिम कम गर्न आज राति १२ बजेदेखि नगरक्षेत्र सिल गर्ने निर्णय गरिएको हो । नग
प्रदेश १ को बर्खे अधिवेशनको तयारी तीव्र पारिएको छ । कोरोना जोखिमका कारण प्रदेशसभाको हलमा दूरी कायम गर्दै नयाँ कुर्सी व्यवस्थापन गरिएको छ । सबै अटाउन मुश्किल हुने भएपछि केही सांसदले बैठकको प्रत्यक्ष प्रसारण हलको माथिल्लो तलामा स्क्रिनमार्फत बैठकको कारवाहीमा सहभागी गराउने सचिवालयले तयारी गरेको छ । प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले तल ६३ वटा कुर्सी प्रदेशका सांसदहरुको लागि व्यवस्थापन गरिएको बताए । भने,‘‘नअटाउने माननीयहरुलाई स्क्रिनमा बैठक लाइभ देखाउने प्रबन्धसहित माथिल्लो तलामा व्यवस्थापन गरिएको छ ।’’ पत्रकारहरुले पनि मिडिया सेन्टर वा माथिल्लो तलामै राखिने स्क्रिन
धरान । कोरोना संक्रमणबाट जोगिन सरकारले घोषणा गरेको लकडाउनका कारण पर्यटन व्यवासाय धरासयी बन्दै गएको छ । पर्यटन व्यवसाय सँग जोडिएका सबै व्यवसायहरु जोखिममा रहेका छन् । यसै बिच सुनसरी उद्योग वाणिज्य संघले गरेको छलफलमा पर्यटन व्यवसाय धराशायी भयो भनेर अतालिनु भन्दा पनि लकडाउन पछि होटलहरु ग्राहक सँग भएको रकम अनुसार ओपन बजेटमा संचालन गर्नुपर्ने अन्तराष्ट्रिय पर्यटनविद राज बसुले सुझाव दिएका छन् । संघले जुम एप्लीकेशनको माध्यमबाट विभिन्न पर्यटन व्यवसायीहरु सहित पर्यटनविद बसुसँग छलफल चलाएको थियो । संघद्वारा शुक्रबार कोभिड – १९ ले पर्यटनमा पारेको प्रभाव र आगामी प्रयास” कार्यक्रममा वक्ताका रु
नेपालमा शुक्रबार दिउँसो फेरि २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बाँके र सुदुरपश्चिमका विभिन्न जिल्लामा गरी शुक्रबार थप २० जनामा काेराेना भाइरस देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । बैतडीको शिवनाथ १ का २२ वर्षिय पुरुष, डडेल्धुराको परशुराम नगरपालिकाका २८ वर्षीय पुरुष र कैलालीका १९, २३ र २६ वर्षीय पुरुषमा संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । उनीहरुको सेती प्रादेशिक अस्पतालमा नमुना परीक्षण गरिएको थियो ।यसैगरी बाँकेमा १३ जनामा संक्रमण देखिएको छ । भेरी अस्पतालमा भएको परीक्षणमा १८ देखि ६१ उमेर समूहका पुरुषहरुम
धरान । सुनसरी स्थित ईनरुवाकी प्रतिभा अर्चना राठीद्वारा लिखित छोटो चलचित्र ‘स्पेसल डे’ ले अन्तराष्ट्रिय अवार्ड हात पारेको छ । दिल्लीमा मास कम्युनिकेसनमा मास्टर गरेकि राठीद्वारा लिखित छोटो चलचित्र ‘स्पेसल डे’ ले दशौ दादा सहाब फालके फिल्म फेस्टिबल २०२० को अवार्ड हात पारेकी हुन् । उनले टैगोर इन्टरनेशनल फिल्म फेस्टिभल २०२० मा बेस्ट फिल्म अन वुम्यान र डेब्यु फिल्ममेकर अवार्ड हात पारेकी हुन् । चलचित्र कल्चर क्रिटिक अवार्ड २०२० को विनर बनिसकेको छ भने न्युयोर्क मुभि अवार्ड २०२०को फाइनालिस्ट, कोच फिल्म फेस्टिभल २०२० को सेमि फाइनालिस्ट, बेस्ट फिल्म अफ दि इयर इन सर्टेड फिल्म फेस्
धरान । कोरोनाको संक्रमित बढ्दै गए पछि आन्तरिक स्रोत र साधनले नभ्याउने भन्दै आवश्यक सहयोग तथा समन्वयका लागि धरान उपमहानगरपालिकाले प्रदेश सरकार सहित स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको छ । धरान उपमहानगर क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य तथा संघीय संसदहरु मार्फत प्रदेश नम्बर १ का मुख्यमन्त्री र स्वास्थ्य मन्त्रालयलाई कोरोना संक्रमणबाट बच्न र बचाउदै आवश्यक सहयोगका लागि आग्रह गरेको हो । नगर प्रमुख तिलक राईले प्रदेश सभा सदस्य चन्द्र प्रसाद श्रेष्ठलाई आग्रह पत्र बुझाएका हुन् । पत्रमा कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचारको लागि आवश्यक पर्याप्त स्वास्थ्य जनशक्ति, सुरक्षाकर्मी, स्वास्थ्
कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएका ६७ जनाको पिसिआर रिपार्ट नेगेटिभ आएको छ । बढी मात्रामा जनसम्पर्कमा रहने स्वाथ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार र केही व्यापारीहरुको रिपोर्ट नेगेटिभ देखिएको हो । कोरोना परीक्षण गरिएका हरुको स्वाब संकलन गरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय का सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । उनीहरुको स्वाब गत मंगलबार संकलन गरिएको थियो । यसअघि जिल्लाको हतुवागढी गाउँपालिकाका एक युववमा कोरोना संक्रमण देखिएको भएपनि उनी उपचारपछि निको भएर घर फर्किसक