इलाम / इलामको रोङ गाउँपालिका छ पाटापुरका ६७ वर्षिय लालसिंह राईले सोचेका पनि थिएनन आफूले प्रयोग गरेको जग्गाको लालपुर्जा पाउँछु भनेर । ५७ वर्ष अघि देखि भोगचलन गरे पनि लालपुर्जा नहुँदा कयौ समस्या भोग्नु परेको उनी बताउँछन । लालसिंह लाई ५७ वर्ष सम्म भोगचलन गरेको जग्गाको बा, बाजेले नै नपाएको पुर्जा पाइन्छ भन्ने आस पनि थिएन । आफैले भोगचलने गरेको जमिन आफ्नो नाममा नहुँदा सँधै आँशु बगेरै दशक बित्यो । तर ५७ वर्ष पछि लालपुर्जा पाउँदा पनि उनको आँखामा आशु थामिएनन् । जिन्दगी भरको सपना पुरा भएको भन्दै गहभरी आशु झार्दै अव भूमीहिन भएर बस्नु परेन, छोरा नाती सम्मलाई ढुक्क भएकोभन्दै खुसि छन । रोङ छ कै ७० वर्
इटहरी । पाँच वर्ष अघि हत्या भएकी इटहरीकी एक बालिकाको दोषिहरु अहिले सम्म पक्राउ पर्न नसक्नुले प्रहरी प्रशासन माथि नै प्रश्न उठ्न थालेको छ । गत २०७२ फागुन २० गते इटहरीकी १४ वर्षिया बालिका सपना भुजेलको हत्या भएको थियो । इटहरी ३ स्थित याक्थुङ चौकमा हत्या गरि फालिएको अवश्थामा उनको शव फेला परेको थियो । भुजेलको हत्या भएको ५ वर्ष बितिसक्दा पनि उनका हत्यारा पत्ता लाग्न सकेको छैन् । प्रहरी प्रशासनले हत्यामा संलग्न दोषिहरुको अझै पनि पहिचान नै गर्न नसक्दा प्रहरीको अनुसन्धानमा नै प्रश्न खडा भएको छ । २०७२ साल फागुन यता इलाका प्रहरी कार्यालय इटहरीमा ८ जना प्रहरी प्रमुखहरू परिवर्तन भइसकेका छन् । ५ वर्षको अव
इलाम / नेपाल बार एशोसिएशन उच्च अदालत बार एशोसियशन इलामको अध्यक्षमा बीरबहादुर खड्का चयन भएका छन् । शुक्रबार सम्पन्न बार एशोसिएशनको तेह्रौ साधारणसभाले खड्कालाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । समितिको उपाध्यक्षमा तारानिधि घिमिरे, सचिवमा जीवन कोइराला, कोषाध्यक्षमा मणिराम निरौला चयन भएका छन् । समितिको सदस्यहरुमा जसबहादुर लुङ्गेली, खगराज कट्टेल, सुधिर बोहोरा, उत्तम पौडेल, हरि सुवेदी र विद्या सापकोटा चयन भएका छन् । साधारणसभाले किरण सुनुवार, याम लिम्बु र भीम प्रसाद रिजाललाई पार्सद चयन गरेको छ ।
इलाम / इलाम सूर्योदय नगरपालिका–१० की चिया कृषक साधना फागो भन्छिन,“आन्दोलन गरेरै समय जाने रहेछ । अब त हैरान भइसक्यो ।” उनका अनुसार किसानको चियाको लागत मात्रै प्रतिकिलो ३८ रुपैयाँ पर्छ तर प्रतिकिलो २० देखि ३० रुपैयाँमा चिया बेच्नु परेको छ । मूल्यकै लागि असारको पहिलो सातादेखि चिया किसान आन्दोलनमा छन् । उद्योगीले चियाको तोकिएको मूल्य नदिएकाले किसानमा उत्रिएका हुन् । तर, आन्दोलन गरेको लामो समय भइसक्दापनि उद्योगीले चियाको मूल्य दिएका छैनन् । हरियो चियाको मूल्य न्यूनतम् प्रति किलो ४० रुपैयाँ दिनु पर्ने प्रावधान स्थानीय सरकार(सूर्योदय नगरपालिका)ले बनाएको छ । तर, मापदण्डको धज्ज
इलाम / इलामका युवाहरुले निर्माण गरेको मानव निर्मित यन्त्र (रोबर्ट) को प्रदर्शन गरेका छन । इलामका ५ जना युवाहरुले निर्माण गरेको यन्त्रको प्रदर्शन गरेका हुन । बिशेष गरेर अस्पतालमा प्रयोग गर्ने गरि मानव निर्मित यन्त्र निर्माण गरिएको हो । कोरोनाका कारण बिरामीलाई औषधि दिन डाक्टर तथा नर्सहरु डराईरहेको अवस्थामा रोवर्बले नै औषधि पुर्याउन सहयोग गर्ने अपेक्षा छ । करिव डेढ महिना लगाएर निर्माण गरेको रोबर्ट अस्पतालमा नै प्रयोग गर्न निर्माण गरिएको हो । रिमोर्ड कन्ट्रोलको माध्यमबाट कुन बेडमा कुन औषधि लैजानु पर्ने, कति पटक औषधि सेवन गरेको भन्ने लगायतको जानकारी सोहि रो
धरान । बिहिबार देखि देशै भर यातायातका साधनहरु खुले पनि यात्रु नपाउँदा धरानबाट छुट्ने सवारीसाधनहरु कमै मात्रामा संचालनमा आएका छन् । लामो समय देखिको लकडाउनका कारण थन्किएका सवारी साधनहरु खुल्न थाले पनि यात्रु नपाउँदा खर्च समेत उठाउन समस्या भएको छ । कोरोनाको महामारीलाई नियन्त्रण गर्न गत चैत्र ११ गते देखि ठप्प रहेका सवारी साधनहरु विहिबार देखि खुलेका छन् । यातायात व्यवसायीहरुले सुरक्षा मापदण्ड पुरा गर्दै सवारी साधन संचालनमा ल्याएका छन् । लामो तथा छोटो दुरीका सवारी साधनहरु बसपार्क सम्म आइपुगे पनि यात्रु पाएनन् । यात्रुहरु भने फाट्ट फुट््ट मात्र देखिए । जसले गर्दा संचालनमै समस्या आएको छ । यात्रु नपाउ
धरान । प्रेस संगठन नेपाल रामधुनी नगर कमिटीको संयोजकमा शिशिर भट्टराई चयन भएका छन् । संगठनको विहिबार भएको रामधुनी नगर स्तरिय भेलाले भट्टराईलाई संयोजकमा चयन गरेको हो । उनको संयोजकत्वमा ७ सदस्यीय प्रेस संगठन नेपाल रामधुनी नगरकमिटी चयन भएको छ । कमिटिको सहसंयोजकमा मान्यता साह चयन भएकी छिन् । सदस्यहरुमा तुलसी खँड्का, प्रकृति रौनियार, सुरज सदा, अमन ढुंगेल र अन्जना चौधरी चयन भएका छन् । कार्यक्रममा नेकपा सुनसरी संगठन विभाग प्रमुख नन्दकुमार बस्नेतले नवनिर्वाचित कमिटिलाई पद तथा गोपनियताको सपथ गराएका थिए । कमिटिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनले जस्तो सुकै प्रतिकुल परिस्थितीमा पनि पत्रकारिता स्वच्छ,
धरान । धरान बास्केटबल संघको सिफारिसमा डिपो स्कुलले १५ जना विद्यार्थी खेलाडिहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । संघले पाचौ बास्केटवल ट्यालेन्ट हन्ट कार्यक्रम वाट उत्कृष्ट १५ जना विद्यार्थीलाई डिपो स्कुलमा छात्रवृत्तिको लागि सिफारिस गरको थियो । धरान १८ स्थित डिपोट स्कुलको सभाहलमा विहिवार एक कार्यक्रमको आयोजना गरि संघ, विद्यालय, छात्रवृत्ति पाएका विद्यार्थी र अभिभावक बिच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । संघको तर्फ वाट संघका केन्दिय उपाध्यक्ष सुरजकुमार लामा र विद्यालयका तर्फ वाट विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रवणकुमाल लिम्वुले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पत्रमा उल्लेख ग
धनकुटा / धनकुटाको पाख्रीवास नगरपालिका–३ कसेनी टोलमा बसोबास गर्दै आएका स्थानीय टोलबासीहरुले वडा कार्यालयबाट सेवा सुविधा उपभोग गर्न कठिनाई भएको भन्दै सिमा हेरफेरको माग गरेका छन् । साबिक पाख्रीवास नगरपालिका–४ का स्थानीयवासीहरुले हाल वडा नं. ३ बाट सेवा सुविधा उपभोग गर्न समस्या भएको भन्दै उल्लेख गर्दै सिमा हेरफेर गर्न माग गर्दै नगरपालिकामा ज्ञापन–पत्र बुझाएका हुन् । पाख्रीवास नगरपालिका–३ कसेनी टोलमा बसोबास गर्दै आएका करिब ६० घर टोलवासीले हाल पाख्रीवास कृषि अनुसन्धान केन्द्र नजिकै रहेको ४ नम्बर वडा कार्यालयबाट प्रवाह हुने सेवा सुविधा लिन अत्यान्तै कठिनाई भएको भन्दै नगर प्रमु
धनकुटा / धनकुटाको साँगुरीगढी गाउँपालिका–६ सिम्सुवामा बेवारिसे शव फेला परेको छ । सिम्सुवास्थित कोशी राजमार्ग नजिक करिब ५०÷५५ बर्ष उमेरको एक पुरुषको शव फेला परेको हो । राजमार्गबाट करिब ३० मीटर नजिक बाँसको झ्याङमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ध्रुव श्रेष्ठले बताए । किरा परेर लास सड्न थालिसकेको छ । मृत्तकको पहिचान गर्न नै समस्या भएको डिएसपी श्रेष्ठले बताए । शवको पहिचानका लागि जिल्ला मातहतका सबै प्रहरी कार्यालयहरुलाई खबर गरिएको प्रहरीले बताएको छ । बाँसको झ्याङमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको हुन् र के कारणले मृत्यू भयो भन्ने खुल्न सकेको छ