धरान । समुदाय स्तरमै कोरोना संक्रमण फैलिन थाले पछि सुनसरीको जिल्ला सुरक्षा समितीको बैठकले साउन २६ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बुधबार बसेको बैठकले राती १२ बजे देखि साउन २६ गते राती १२ सम्मको लागि निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाभर बजार, पसल, यातायातका साधन पूर्णरुपमा बन्द हुने र सर्वसाधारणलाई समेत घरबाट बाहिर हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ । सुनसरीका इटहरी, इनरुवा, दुहबीले मंगलबार राती देखि नै लकडाउन घोषणा गरिसकेका छन् भने धरानले बुधबार राती देखि लकडाउन शुरु गर्ने निर्णय गरेको थियो । स्थानीय तहले घोष
विराटनगर । प्रदेश १ मा कोभिड १९ बाट ग्रस्त बिरामी उपचार गर्न बनाइएका अस्पताल र आईसोलेसन सेन्टर भरिभराउ भएका छन् । सरकारले व्यवस्थापन गरेका अस्पतालमा शैया अभाव हुन धेरै संक्रमित घरमै बसिरहेका छन् । विराटनगरमा पछिल्लो पटक फेला परेका संक्रमित अस्पतालमा बेड नै नपाइएपछि घरमै छन् । उनीहरुको व्यवस्थापन हुन नसकेको महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले जनाएको छ । बुधबारसम्म व्यवस्थापन हुन नसकेका र घरमै रहेका विराटनगरका संक्रमितको संख्या १२ छ । १ नम्बर प्रदेश सरकारले संक्रमितहरुको उपचारको लागि विराटनगरमा कोशी कोभिड १९ उपचार केन्द्र, धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मोरङको गोठगाउँमा अवस
विराटनगर । समुदायस्तरमा कोरोना फैलिएको निश्कर्षसहित पुनः १५ दिने लकडाउनमा गएको विराटनगरमा बुधबार बैंकबाट हुने ‘क्यास’ कारोबारसमेत बन्द गरिएको छ । विराटनगर महानगरपालिकाले मंगलबार सूचना जारी गरी ‘बैंक तथा वित्तीय संस्थामा मानिसहरुको अधिक भिंडभाँड भई संक्रमण थप फैलन सक्ने जोखिम भएको’ भन्दै बैंकका टेलर संचालन नगर्न सूचित गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलले सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट विद्युतीय कारोबार आईपिएसतर्फ सेवाग्राहीलाई प्रेरित गर्न आग्रह गरेका थिए । राष्ट्र बैंक विराटनगरका विराटनगरमा २८ वटै वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिय अन
धनकुटा / राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग अन्तर्गत हिले लेगुवा सडक खण्ड निर्माण कार्य निर्माण व्यवसायीको लापरवाहीको कारण ढिलो भएको जनाईएको छ । पाख्रीवासबाट निर्वाचित भएका स्थानीय जनप्रतिनिधिहरु सहितको भेला मार्फत पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभाका सदस्य राजेन्द्र राई निर्माण कम्पनीको चरम लापरवाहीका कारण सडक निर्माण कार्य ढिलो भई नागरिकहरुले दुःख पाएको बताएका छन् । उनले पटक–पटक सडक निर्माणको जिम्मा लिएको निर्माण व्यवसायीसँग काम छिटो सक्न छलफलमा बसेको भएपनि काम नभएको र ठेकेदार भागेको भन्दै अब यो टेण्डर तोडेर अर्को टेण्डर आह्वानको विकल्प नरहेको पनि सांसद राईले बताए । जिल्ला सम
काठमाडौं / सुनको मुल्य बुधबार वृद्धि हुदाँ अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ । तोलामा एकैदिन १६ सय रुपैयाँले वृद्धि हुदाँ यो वर्षकै उच्च मुल्य कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बुधबार) का लागि तोलाको १ लाख १ हजार ४ सय रुपैयाँ कायम गरेको छ । एक वर्षमा सुनको मूल्य तोलामा ३३ हजार ४ सय रुपैयाँ बढेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँका कारोबार भएको थियो । त्यस्तै , चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च तोलाको १२ सय ९५ रुपैयाँ पुगेको छ । आज चाँदीको मुल्य रु ६५ रुपैँयाले बढेको छ ।
इटहरी । कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलन थालेपछि दोश्रो चरणको लकडाउन सुरू भएसंगै इटहरीमा बुधबार बिहानै देखि कडाइ गरिएको छ । बजार व्यवसायी पुर्णरूपमा ठप्प बनेका छन भने मुख्य राजमार्गहरूमा अतिआवस्यकिय सवारीहरूबाहेक अन्यलाइ प्रवेश निषेध गरिएको छ । इटहरी उपमहानगरको मंगलबार दिउसो ४ बजे बसेको आपतकालीन बैठकले बुधबार बिहान ७ बजेदेखि आगामि साउन २५ गते राती १२ बजे सम्म पूर्ण रूपले कडाइकासाथ लकडाउन गर्ने निर्णय गरिएको थीयो । दैनिक रूपमा कोरोना संक्रमितको संख्या बढन थालेपछि इटहरीले सुरक्षा सतर्कता अपनाउदै इटहरीलाइ ५ दिन सम्म लकडाउन गर्ने र पुनः अवस्था हेरेर त्यसैलाइ निरन्तरता दिने या नदिने
रामपुर / झण्डा हल्याउदै एउटा गाडी कच्ची ग्रामिण भित्रि सडकमा गुडदै कटारी नगरपालिका १ को काली खोला गाउँमा पुग्यो । गाडीबाट ओर्लिएर प्रदेश १ का समाजिक विकास मन्त्री जिवन घिमिरे , प्रदेश सांसद कला घले अनि कटारी नगरपालिका उपप्रमुख भिमकुमारी राउतहरुको टोली खेतैखेत हिड्न थाल्यो । पछिपछि प्रहरी , पत्रकार , नगर रक्षक र अधिकारकर्मीको टोली पनि लाग्यो । गाउँलेहरु छक्क परे ! हन फेरि चुनावपो आयो किक्याहो , नेताहरु भोटमाग्न घर घर आए जस्तो पो छ तँ हँ? तर मन्त्री घिमिरेको टोलीले कसैसँग भोट मागेन । बरु सरासर खेतैखेत हिँडेर खोलाकिनारमा बाँसघारी भित्रबनाएको एउटा कठघरा (काठको खोर) उघार्यो । जब मन्त्री घिमिर
इटहरी । कोविड १९ कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिएको निस्कर्ष निकाल्दै इटहरी उपमहानगरको मंगलबार साझ बसेको आपतकालिन बैठकले बुधबार बिहान ७ बजेदेखि २५ गते राती १२ बजे सम्मलाइ पुर्णरूपमा लक डाउन घोषणा गरेको छ । लकडाउन घोषणा गरिरहदा जिल्ला प्रशाशन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोख्रेलले केहि समय बजार खुल्ला गरी आंशिक लकडाउन गर्दा राम्रो हुन्छ भनेपछि उपस्थित जनप्रतिनिधिहरूसंग चर्काचर्कि समेत परेको थीयो । बैठकमा उपस्थित अधिकांस जनप्रतिनिधि तथा व्यवसायीहरूले साउन महिनाभरी लकडाउन गराै भनेका थिए तर प्रमुख जिल्ला अधिकारी पाेख्रेलले लामाे लकडाउन गर्दा जनजिवन अस्तब्यस्
काठमाडौ / मंगलबार थप २ सय ५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २२ हजार ९ जना पुगेको छ । नेपालमा हालसम्म ५८ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप ६५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १५ हजार २६ जना जना रहेका छन् ।
इलाम / इलामका स्थानीय तहमा एकै आर्थिक वर्षमा ५३ करोड रुपैयाँ भन्दा बढी रकम बेरुजु देखिएको छ । महालेखा परिक्षकको ५७ औ प्रतिवेदनमा इलामका दश स्थानीय तहमा ५३ करोड ९३ लाख ९३ हजार रुपैयाँ बेरुजु देखिएको छ । नौ अर्ब १४ करोड ५१ लाख ७४ हजार रुपैयाँ खर्चको लेखा परिक्षण गर्दा सो रकमको बेरुजु पाइएको हो । इलामको चार नगरपालिका र छ गाउँपालिकामा आर्थिक वर्ष ०७४/७५ मा ६४ करोड ८५ लाख तीन हजार पैयाँ बेरुजु देखिएको थियो भने आर्थिक वर्ष ०७५/७६ मा ५३ करोड ९३ लाख ९३ हजार रुपैयाँ बेरुजु रहेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ । उता माई नगरपालिकामा आर्थिक वर्ष ०७५/०७६ मा ८९ करोड ४० लाख ३२ हजार रुपैयाँको लेखा प