Top 4

    Showing 8,941-8,950 of 9,411 items.
  • धनकुटाको शहिदभूमि गाउँपालिकामा टमाटर खेती

    धनकुटा, ७ भदौ / कोरोना भाइरसको महामारीका बाबजुद पनि धनकुटाको शहिदभूमि गाउँपालिकाबाट गत वर्ष ७२ मेट्रिक टन टमाटर बाहिर निर्यात भएको छ । कृषकहरुले सामाजिक दुरी कायम गर्दै यस वर्ष सो गाउँपालिकाको ३ सय हेक्टर जमिनमा टमाटर खेती गरेका थिए । यो सिजनमा गाउँपालिकाबाट ७२ मेट्रिक टन टमाटर बाहिर निर्यात भएको कृषि प्राविधिक खीरप्रसाद राईले बताए । गत वर्ष सहिदभूमि गाउँपालिकाबाट २० करोड रुपैयाँ बराबरको टमाटर बाहिरी जिल्लामा निर्यात भएको थियो । । यस वर्ष पनि टमाटर खेतीबाट गत वर्षकै हाराहारीमा कृषकहरुले आम्दानी गर्ने अपेक्षा लिएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले बताए । टमाटरको सिजनमा सहिदभूमि ग

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • 1,105 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • जनताबाटै बन्यो बराहक्षेत्रको ३ नम्बर वडाको कार्यालय भवन

    बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिकाको वार्ड नम्बर ३ मा जनताद्वारा निर्मित वडा कार्यालय भवनमा आइतबार सुभ साइत गरि कार्यालय प्रवेश गरेको छ । गत वैशाख २७ गतेबाट नडाहामा निर्माण सुरु गरिएको सो भवनमा आजबाट पुजा आरधना सहित गृह प्रवेश गरेको छ । पछिल्लो पल्ट कोभिड १९ कोरोना संक्रमणका कारण औपचारिक उद्घाटन भने समय सहज भए पछि गरिने निर्माण समितिले जनाएको छ । पटक पटक वडा कार्यालय निर्माण सम्बन्धी खिचातानी भएपछी स्वयं जनताको प्रत्यक्ष संलग्नतामा नडाहामा भवन निर्माण सम्पन्न भएको थियो स्थानीय युवा समाजसेवी एवम शिक्षासेवी केशव पुरीको अध्यक्षतामा भवन निर्माण समिति गठन गरेर सुरु गरिएको सो भवन आज बाट

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • 743 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा आज ७० संक्रमित थपिए

    विराटनगर, ७ भदौ । प्रदेश १ मा आज ७० जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २७ महिला र ४३ पुरुष छन् । मोरङमा ५०, झापामा १०, सुनसरीमा ९ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज ४२ जनामा संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्ये १८ महिला र २४ पुरुष छन् । मोरङको बुढीगंगा ४ महिला १ पुरुष, केराबारीमा २ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको कमल गाउँपालिकामा १ महिला २ पुरुष, झापा गाउँपालिकामा १ पुरुष, विर्तामोडमा २ महिला, कनकाईमा १ महिला, गौरादहमा २ पुरुष र स्थानीय तह नखुलेका १ पुरुष, स

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • 757 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संक्रमित राख्न विराटनगरमा होटल आईसोलेसन तयार

    विराटनगर । प्रदेश सरकारको निर्णयसंगै प्रदेश १ को राजधानी विराटनगरमा होटल आईसोलेसनको रुपमा संचालनमा आएका छन् । प्रदेश सरकारको कोभिड क्राईसिस म्यानेजमेन्ट कमिटीको बैठकले होटललाई समेत आईसोलेसनको रुपमा प्रयोग गर्न सकिने निर्णय गरेको थियो । खासगरी बढी संक्रमित भएको प्रदेश राजधानी विराटनगरका होटलले आईसोलेसन सेवा दिनसमेत सहमत भएका हुन । तर, सरकारी भन्दा पनि होटलले निजी तथा संस्थानका कर्मचारीहरुलाई सेवा दिन तत्परता देखाएका छन । होटल संचालहरुका अनुसार सरकारी संस्थान र बैकहरुले आफ्ना कर्मचारीहरुमा संक्रमण देखिए उनीहरुलाई आईसोलेट गर्नको निम्ति होटल नै बुक गर्न शुरु गरिसकेका छन् । विराटनगर महानगरपालिकाक

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • 983 पटक पढिएको
    • " कुमार लुइँटेल"
  • बेलबारीको आफ्नै आइसोलेसन

    बेलबारी / समुदायमा स्तरमा कोरोनाको संक्रमण फैलिन थालेसँगै बेलबारी नगरपालिकाले आफैँ आइसोलेसन बनाएको छ । बेलबारी नगरपालिका वडा नम्बर २को बागदेवी सामुदायिक बन उपभोक्ता समहुको भवनमा २५ शैयाको आइसोलेसन बनाएको हो । लक्षण नदेखिएका संक्रमितलाई चौबिसै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा राख्ने व्यवस्था मिलाइएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताउनु भयो । केही स्थानियतहले भने क्वारेन्टाइनलाई हटाएर आइसोलेसन बनाइरेहका छन भने बेलबारीले भने क्वारेन्टाइनसमेत संचालन गरिरहेको छ । बिभिन्न देशबाट आएकाह?लाई ४ महिना देखी क्वारेन्टाइनमा राखिरहेको नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • 716 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी पुनः ७ दिन निषेधित घोषणा

     इटहरी । सुनसरी जिल्लालाइ थप ७ दिन म्याद थप्दै आगामि भदौ १४ गते सम्म निषेधित क्षेत्र घोषणा गरिएको छ । सुनसरी जिल्ला प्रसाशन कार्यालयले बिहान बसेको बैठकले तेश्रो पटक ७ दिन म्याद थप्दै जिल्लालाइ पुनःनिषेधित क्षेत्र घोषणा गरिएको हो । गत साउन २१ गते राती १२ बजे देखि घोषणा भएको निषेधित क्षेत्र तेश्रो पटक म्याद थप्दै आगामि भदौ १४ गते सम्म पुर्याइएको छ । कोरोना भाइरसको महामारी समुदाय स्तरमा फैलिएर संक्रमितको संख्या बढन थालेपछि थप सुरक्षा सतर्कता अपनाउदै जिल्लालाइ आगामि भदौ १४ गते सम्म निषेधित क्षेत्र घोषणा गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोख्रेलले बताए । प्रसाशनले जिल्लालाइ थ

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • 2,086 पटक पढिएको
    • "तेजबहादुर बन"
  • ग्रीनल्याण्ड कलेजद्वारा मोरङ प्रहरीलाई फेससिल्ड प्रदान

    विराटनगर । विराटनगर स्थित ग्रीनल्याण्ड कलेजले कोरोना भाईरसविरुद्धको अभियानमा कार्यरत नेपाल प्रहरीलाई फेसशील्ड सयहयोग गरेको छ । कलेजले सामाजिक उत्तरदायित्व वहन गर्दै कोभिड–१९ (कोरोना भाइरस) को महामारीको समयमा उच्च जोखिमकासाथ अग्रमोर्चामा कार्यरत जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरीलाई फेसशील्ड सहयोग गरेको हो । कलेजले औपचारिक रुपमा आईबार ३ सय थान फेसशील्ड मोरङ प्रहरीअन्तर्गत वडा प्रहरी कार्यालय विराटनगर (क) का प्रहरी प्रमुख डिसपी बेदप्रसाद गौतमलाई हस्तान्तरण गरेको हो । कलेजका प्रिन्सिपल दिपक पोखरेलले फिल्डमा खटिने प्रहरीमा समेत कोरोना संक्रमण देखिन थालेकोले बचाउमा सहयोग पुगोस भन्ने उद्दे

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • 1,032 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रहरीको मोस्ट वान्डेट ‘बग्गा’ विराटनगरमा पक्राउ

    विराटनगर । प्रहरीको अत्याधिक खोजी (मोस्ड वान्टेड) सूचीमा अपराधी बग्गा अन्ततः प्रहरीको फन्दामा परेका छन् । नेपाल प्रहरीले निकै लामो समयदेखि बग्गालाई खोजी गरिरहेको थियो । भारतमा बसेर नेपालमा हातहतियारको कारोबार गर्थे । लागूऔषधको समेत सञ्जाल फैलाएका थिए । हातहतियार खरखजाना र लागुआौषधधको मुद्दाका फरार प्रतिवादीलाई मोरङ प्रहरीको टोलीले पक्राउ गरेको हो ।  प्रहरीका अनुसार बग्गा अर्थात प्रदिप यादवले भारतमा बसी नेपालको १ नं प्रदेश तथा २ नं प्रदेशका विभिन्न जिल्लामा अबैध रुपमा हातहतियार तथा लागूऔषधको कारोबार सञ्जाल बिस्तार गरेका थिए । मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले भने,“आपराधिक कार्

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • 816 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुन्दरहरैचाका ३ वार्ड सिल गरिने

    इटहरी । एउटै परिवारका ६ जना सदस्य सहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सुन्दर हरैचाको ३ वटा वार्ड तत्काल सिल गर्ने निर्णय गरेको छ । आइतबार ४ नं वडा कार्यालयमा बसेको जनप्रतिनिधि लगायत सर्वपक्षीय भेलाले सुन्दरहरैचाको वडा नम्बर ४ , ५ र ६ लाइ तत्काल शिल गर्ने निर्णय गरेको हो । भदौ ८ गते बिहान ४ बजेबाट भदौ १२ गते राती १२ बजे सम्म लागु हुनेगरी ५ दिन सम्मलाइ ३ वडा सिल गर्ने निर्णय गरिएको वार्ड नं ४ का अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताए । सिल गरिएको समयमा अतिआवस्यक बाहेकको सबै सेवाहरू बन्द गर्न सबैलाइ माइकिङ सहित सुचना जारी गरिएको जनाइएको छ । सिल गरिएका वार्डहरु मध्ये ४ मा सबैभन्दा बढी कोरोन

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • 914 पटक पढिएको
    • "तेज बहादुर बन"
  • प्रहरीमा कोरोना संक्रमण देखिए पछि शान्ति सुरक्षा नै प्रभावित

    इटहरी । समुदाय स्तरमा फैलिएको कोरोनाले इटहरीमा पकड जमाउदै गएपछि प्रहरीको शान्ति सुरक्षाको व्यवस्थापन पनि प्रभावित बनेको छ । इलाका प्रहरी कार्यालय इटहरीमा शनिबार ५ जना प्रहरीमा कोरोना पुष्टि भए सँगै हाल सम्म १० जना प्रहरीमा कोरोना संक्रमण पुष्टी भइसकेको छ । कुल ७४ जना प्रहरीको दरबन्दी रहेको इटहरीमा १० जनालाइ कोरोना पुष्टी भएसंगै घटेर ६४ मा पुगेको छ । यो क्रम अझै बढन सक्ने अनुमान लगाइएको छ । दैनिक प्रहरी कार्यालयभित्र रहेका प्रहरीहरूमा कोरोना पुष्टी हुन थालेपछि प्रहरीले दिने सुरक्षा सेवा प्रभावित बनेको छ । प्रहरीको संख्या घटनुले सुरक्षामा चुनौति पनि थपिदै गएको छ । कुल एक लाख ४६ हजार बढी जनसंख्

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • 765 पटक पढिएको
    • " तेज बहादुर बन"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved