Top 4

    Showing 7,121-7,130 of 9,401 items.
  • सडक बिचैमा खाल्डाखुल्डी : दुर्घटनाको जोखिम उस्तै

    धरान/ धरान उपमहानगरपालिकाको मुटु मानिएको धरान २ भानुचौकको खाल्डाखुल्डीको समस्या अहिलेको होइन् । मुल सडकमै बनेका खाल्डाखुल्डी उपमहानगरपालिकाको बजेटले पुर्ने गरिए पनि केही समय वित्न नपाउँदै पुनः खाल्डाखुल्डी बन्ने गरेको छ । खाल्डाखुल्डी हुने र पुर्ने बाहेक दीर्घकालीन समस्या समाधानमा सम्बन्धित पक्ष गम्भीर देखिदैंन । कोशी राजमार्ग अन्तर्गत पर्ने धरानको मुख्य बजारबाट जाने सडक खण्डको धरान २ भानुचौकदेखि धरान १ छाताचौक सम्मको दूरीमा ठाउँठाउँमा अहिले पनि खाल्डाखुल्डी परेको छ । सवारी साधनको अत्याधिक चाप हुने यस सडकमा दीर्घकालीन रुपमा समाधान गर्न नसक्दा दुर्घटनाको जोखिम पनि उस्तै छ । सडकमा मोटसाइक

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 822 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रदेश एक तेस्रो स्थान

    धरान/ तेस्रो निजगढ राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रदेश एकले तेस्रो स्थान प्राप्त गरेको छ । प्रतियोगितामा दुई स्वर्ण, तीन रजत र दुई कास्य पदकसहित प्रदेश एकले तेस्रो स्थान प्राप्त गरेको टिम म्यानेजर सूर्य दङ्गालले जानकारी दिए । प्रतियोगितामा महिलातर्पm ३३ केजी तौल समूहमा अनिशा राई तथा पुरुषतर्फ ४५ केजी तौल समूहमा सुसन थापाले स्वर्ण पदक प्राप्त गरेका छन् ।     यस्तै, महिलातर्फ ४६ केजी तौल समूहमा आस्मा राई र पुरुषतर्फ ५० केजी तौल समूहमा रोहित राई तथा ५४ केजी तौल समूहमा जगधन राईले रजत पदक प्राप्त गरेका छन् । यसै गरी, पुरुषतर्पm २७ केजी तौल समूहमा सृजन पौडेल र ३३ केजी समूहमा स

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 1,059 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपी प्रतिष्ठान : अवस्था झन् बिग्रिँदै

    धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो निकै लामो समययता दिनहुँ भनेजसो मिडियामा आइरहेको छ । बीपी प्रतिष्ठान अहिले मिडियाका लागि समाचारको राम्रो स्रोत बन्न पुगेको छ । दक्षिण एसियाकै उत्कृष्ट स्वास्थ्य संस्थाहरूमा गणना गरिने यो प्रतिष्ठान अहिले भने आफ्ना सकारात्मक कामभन्दा बढी पदाधिकारीहरूका नकारात्मक क्रियाकलापका कारण चर्चामा आउने गरेको छ । पदाधिकारीहरूका अनियमितता, भ्रष्टाचार र र गलत क्रियाकलापका कारण दिनहुँ भनेजसो मिडियामा आउँदा प्रतिष्ठानको छवि नै धुमिल बन्दै गएको छ । प्रतिष्ठानमा अझै पनि कुनै सुधार हुन सकेको छैन । प्रतिष्ठानको भौतिक अवस्था तथा यसले प्रदान गर्ने सेवाको गुणस

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 854 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एमालेमा वरिष्ठ उपाध्यक्ष सहित ५ जना पदाधिकारी निर्विरोध

    धरान÷ नेकपा एमालेको १० औं महाधिवेशनबाट ४ जना पदाधीकारी निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन जना उपमहासचिवमा पदमा ५ जना निर्विरोध निर्वाचित भएका हुन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसब्बा गुरूङ, विष्णु रिमालविरूद्ध निर्धारित समय कसैले उम्मेदवारी नदिएपछि उनीहरू निर्विरोध ती पदमा चुनिन लागेका हुन् । यसअघि आइतबार राति अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि उनीहरूको नाम बन्दसत्रमा पेस गरेका थिए । यी पाँच जनाबाहेक अरू पदाधिकारीमा भने चुनाव हुने भएको छ ।

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 607 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आमा र बहिनीको कुटपिटबाट राजेन्द्रको मृत्यु

    मोरङ ।आमा र बहिनीको कुटपिटबाट मोरङ कटहरी गाउँपालिका ५ का ४० बर्षीय राजेन्द्र उरावको मृत्यु भएको छ । गत मंसिर ११ गते राजेन्द्रले मादक पदार्थ सेवन गरी बादबिबाद हुँदा आमा र बहिनीले बाँसको लाठिले टाउकोमा प्रहार गर्दा घाईते भएका राजेन्द्रको नोवेल अस्पताल बिराटनगर उपचारको क्रममा आज राती सवाँ १० बजे मृत्यु भएको हो । कुटपिटमा सम्लग्न रहेका ५५ बर्षीय बातियो उराव र ३० बर्षीय रिता उरावलाई पक्राउ गरिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 708 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी कांग्रेस सभापतिमा केदार भण्डारी

    धरान । नेपाली कांग्रेसको सुनसरी जिल्ला सभापतिमा केदार भण्डारी निर्वाचित भएका छन् । सभापतिका अर्का उम्मेद्वार सञ्जयकुमार श्रेष्ठलाई १ सय १३ मतले पराजित गर्दै मंगलबार सभापतिमा निर्वाचित भएका हुन् । सोमबार जम्मा खसेको २ हजार ६ सय २६ मत मध्ये भण्डारीले १ हजार ४२२ मत प्राप्त गर्दै विजय भएका हुन् । संस्थापनइतरका भण्डारीले दुई कार्यकाल सचिवको जिम्मेवारी समेत निभाइसेकका छन् । त्यस्तै, उपसभापतिमा संस्थापनइतर पक्षबाट नागेशचन्द्र राई र पङ्कजकुमार महतो निर्वाचित भएका छन् । सचिवमा संस्थापन प्यानलबाट वीरेन्द्रकुमार शाह र संस्थापनइतर प्यानलका माधवकुमार घिसिङ निर्वाचित भएका छन् ।

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 1,008 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सडक बालबालिकालाई जाडोको लुगा वितरण

    धरान/ रोट्रयाक्ट क्लब अफ धरान घोपाले शनिबार सडक बालबालिका र विपन्न क्षेत्रका बासिन्दाहरूलाई चिसोबाट बच्न “सेयर द वार्मथ” परियोजना अन्तर्गत जाडोको लुगा संकलन गरी वितरण गरेका छ । कार्यक्रमको सुरुवात “फरक रूपमा सक्षम घर” छाताचोकबाट भएको थियो । करिब ३० जना (पुरुष र महिला) लाई एक जोडी पोशाक, स्वेटर, ज्याकेट तथा अन्य लुगा प्रदान गरिएको थियो । पछि प्रयोग गर्न सकिने थरि थप कपडाहरु “फरक रूपमा सक्षम घर”लाई प्रदान गरिएको थियो । लुगाहरू वि.पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरू, विभिन्न संकायहरू र रोटेरियनहरूबाट सङ्कलन गरिएको थियो ।

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 660 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • माओवादी रंगेली नगर अध्यक्षमा श्री प्रसाद अधिकारी

    रंगेली/ नेकपा माओवादी रंगेली नगरपालिकाको अधिवेसनले श्री प्रसाद अधिकारीको अध्यक्षतामा ५५ सदस्यीय समिति गठन गरेको छ । रंगेलीमा भएको प्रथम नगर अधिवेसनले उपाध्यक्षमा धर्मेन्द्र मंण्डल, मोहबत धामी थारु, केशब कुमारी खराल, सचिबमा बद्री नारायण राजवंशी, सह–सचिव सुशिल शाह, कोषाध्यक्ष लिलादेबी संग्रौला सहित ५५ जनाको नगरसमिती गठन भएको हो । कार्यक्रममा प्रमुखअतिथि क्षेत्र नम्बर ५ का सांसद एवम पूर्व आपुर्तीमन्त्री शिव कुमार मण्डलले माओवादी गाउँ गाउँ बाट पुनः जागरुप भएर पार्टीलाई उच्च स्थानमा लैजान अघि बढिरहेको बताए । उनले भने, ‘नेकपा एमालेका मदन भण्डरीको हत्यारा केपि ओलीले नै गराएको हो, रा

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 594 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विदेशबाट आयातित सामग्रीले स्थानीय उद्योग विस्थापित हुदै

    धनकुटा/ विदेशबाट आयातित सामाग्रीले स्थानिय उद्योगलाई धरासयी बनाउदै गएको धनकुटाका उद्योगीहरुले गुनासो गरेका छन् । उनीहरुले नितिगत रुपमा नै स्वदेशी उत्पादन लाई अनिवार्य प्रयोग गर्न व्यवस्था मिलाउनु पर्ने बताएका छन् । स्थानीय उद्यागीहरु विस्थापित हुन थालेको उद्योगीहरुले गुनासो गरेका छन् । स्वदेशी उद्यम र उत्पादन, दिगो औद्योगिक पुनरुत्थान भन्ने नाराका साथ सातौं उद्योग दिवसको अवसरमा धनकुटा आयोजित एक कार्यक्रममा उद्योगीहरुले विदेशबाट आयातित सामाग्रीले स्थानीय उद्योगलाई धरासयी बनाउदै विस्थापित गर्न थालेको उनीहरुको गुनासो छ । उनीहरुले उद्योगीहरुले उद्योग संचालनका लागि चाहिने कच्चा पदार्थमा लाग्

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 581 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा साढे चार करोडको फन पार्क

    इलाम/ बालबालिका र बयस्कहरुको मनोरञ्जनको लागि इलाम नगरपालिकाले साढे चार करोडको लगानीमा फनपार्क÷चिल्ड्रेन पार्क निर्माण गरेको छ । चार करोड ५७ लाख ४१ नौ सय ७७ रुपैयाँको लागानीमा फनपार्कको निर्माण पुरा भएको छ । नगर विकास कोषको तीन करोड ३५ लाख ३० हजार ऋण र इलाम नगरपालिकाको एक करोड २२ लाख फनपार्क निर्माणमा लगानी गरिएको छ । नगर विकास कोषले दुई वर्ष सुहलियत सहित २० वर्षमा साँवा ब्याज भुक्तानी गरिसक्नुपर्ने गरी ऋण उपलब्ध गराएको हो । इलाम नगरपालिकाले नगर विकास कोषलाई पहिलो किस्ता बापत २४ लाख ४७ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने छ । नगरपालिकाले ३६ किस्तामा कोषको सावा ब्याज भुक्तानी गरिसक्ने ल

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 1,147 पटक पढिएको
    • "भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved