Top 4

    Showing ६१-७० of ९,७८८ items.
  • धनकुटामा तास खेल्दै श्रम संस्कृति पार्टीका नगर सचिवसहित ८ जना पक्राउ, १ लाख १४ हजार नगद बरामद

    धनकुटा/हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित ८ जना तास खेलिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ। धनकुटा नगरपालिका–१ हिलेमा रहेको सिताराम श्रेष्ठको पाँचतले घरको अन्डरग्राउन्ड कोठामा तास खेलिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिइएका सबै ८ जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक नारायण रञ्जितकारले घटनाबारे जानकारी दिएका हुन्। पक्राउ पर्ने

    • प्रकाशित मितिः असोज १२, २०८३
    • २०२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा ब्राउन सुगरसहित चार जना पक्राउ

    धरान/  सुनसरी प्रहरीले धरान र इनरुवाबाट लागूऔषध ब्राउन सुगर सहित चार जनालाई पक्राउ गरेको छ। धरान उपमहानगरपालिका–१९ गैरीगाउँमा लागूऔषध बिक्री–वितरण भइरहेको सूचनाका आधारमा अस्थायी प्रहरी चौकी तिनकुनेबाट खटिएको टोलीले २३ वर्षीय पुजन श्रेष्ठको घरकोठामा खानतलासी गरेको थियो। त्यसक्रममा उनको कोठाबाट १ ग्राम १३ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले श्रेष्ठलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस्तै, इनरुवा नगरपालिका–४ बसचोकस्थित पूर्व–पश्चिम राजमार्गमा पनि

    • प्रकाशित मितिः असोज १२, २०८३
    • ८२० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान १० स्थित युएन स्कुलकी स्वयमी वक्तृत्वकलामा प्रथम

    धरान/ धरान उपमहानगरपालिका वडा नं. १० द्वारा ६२ औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित वडास्तरीय वक्तृत्वकला प्रतियोगितामा युएन स्कुलकी छात्रा सेयमी गजमेर प्रथम भएकी छिन्। स्कुलमा कक्षा ७ मा अध्ययनरत सेयमीले उत्कृष्ट प्रस्तुति दिँदै प्रतियोगितामा पहिलो स्थान हासिल गरेकी हुन्। ​प्रथम भएसँगै सेयमीलाई नगद रू. ५,००० (पाँच हजार) र कदरपत्रसहित सम्मानित गरिएको छ। ​स्कुलका प्रिन्सिपल सर्ण कुमार सम्बाहाम्फेले विद्यार्थीहरूको सफलतामा खुसी व्यक्त गर्दै युएन स्कुलका विद्यार्थीहरू पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि निरन्तर अब्बल साबित हुँदै आएको बताउनुभयो। "हामीले किताबी ज्ञानका साथसाथै समयसापेक्ष र यु

    • प्रकाशित मितिः असोज ११, २०८३
    • ९६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कांग्रेस क्षेत्रीय सभापतिमा युवा नेता बिनोद आले मगरको उम्मेदवारी

    धरान/  नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा क्षेत्रीय सभापति पदका लागि युवा नेता बिनोद आले मगरले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। विद्यार्थी राजनीतिबाट पार्टी संगठनमा सक्रिय रहेका आले मगरले युवा पुस्ताको नेतृत्व र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका हुन्। नेपाल विद्यार्थी संघ (नेविसंघ) क्षेत्र नं. १ का सचिव, नेविसंघ महेन्द्र क्याम्पस धरानका उपसभापति हुँदै संगठनमा सक्रिय रहेका उनी हाल महेन्द्र क्याम्पस धरानका इकाई सभापतिका रूपमा कार्यरत छन्। २०७९ सालको स्ववियु निर्वाचनमा सभापति पदका उ

    • प्रकाशित मितिः असोज ११, २०८३
    • १८९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रीमान् काममा गएका बेला झापाकी हेमाको भारतमा हत्या आशंका, श्रीमान् विप्लव पक्राउ

    झापा/  झापाको मेचीनगर–१० धुलाबारी माइत भएकी हेमा मण्डलको भारतको नक्सलबारीमा रहस्यमय मृत्यु भएको घटनामा उनका श्रीमान् विप्लव कुमार चौधरी पक्राउ परेका छन्। नक्सलबारीको रथखोला मोडस्थित भाडाको घरमा हेमाको सडिसकेको अवस्थामा शव फेला परेको थियो। घटनापछि हेमाको माइती पक्षले उनको मृत्यु स्वाभाविक नभई हत्या भएको आशंका गर्दै प्रहरीमा उजुरी दिएपछि भारतीय प्रहरीले श्रीमान् विप्लवलाई नियन्त्रणमा लिएको हो। उनलाई सिलिगुडी अदालतमा समेत पेश गरिएको छ। भारतको गंगारामपुरका विप्लव करिब दुई वर्षअघि नेपालमा काम गर्न आएका बेला हेमासँग प्रेम सम्बन्धमा जोडिएका थिए। त्यसपछि उनीहरूले भागेर विवाह गरेका थिए। वि

    • प्रकाशित मितिः असोज ११, २०८३
    • २२१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका रोशन उदाससहित चार जना लागुऔषधसहित पक्राउ

    धरान/ सुनसरी प्रहरीले जिल्लाका विभिन्न स्थानमा गरेको छुट्टाछुट्टै कारबाहीमा लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१० का ३१ वर्षीय रोशन उदाससमेत छन्। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उदासलाई नाइट्रोजेपाम ८२ ट्याब्लेटसहित पक्राउ गरेको हो। उनलाई लागुऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। यस्तै, इटहरी उपमहानगरपालिका–५ मा लागूऔषध बिक्री वितरण भइरहेको सूचनाका आधारमा अस्थायी प्रहरी चौकी जनताबस्तीबाट खटिएको टोलीले २३ वर्षीय निशान सार्कीको कोठामा खानतलासी गर्दा १६० पिस लागूऔषध ट्याब्लेट र १६० पि

    • प्रकाशित मितिः असोज ११, २०८३
    • १,३५८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हर्क साम्पाङकी जेठी पत्नी दिलमायालाई अंश दिन अदालतको फैसला

    सुनसरी/ धरानका तत्कालीन मेयर तथा हाल प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ)की जेठी पत्नी दिलमाया राईले दायर गरेको अंशचलन मुद्दामा अदालतले उनलाई अंश दिनुपर्ने फैसला गरेको छ। वादी–प्रतिवादीबीच यसअघि कानूनबमोजिम अंशबण्डा भएको प्रमाण नदेखिएको भन्दै अदालतले पाँच अंशियार कायम गरी सम्पत्तिमा अंश छुट्याउनुपर्ने ठहर गरेको हो। उपलब्ध अदालतको कागजातमा प्रतिवादीको नाम हर्कराज राई उल्लेख छ। दिलमायाले २०७३ असोज ६ गते दायर गरेको फिरादपत्रमा हर्कराजसँग २०५४ पुस ८ गते प्रेम विवाह भएको र उनीहरूबाट छोरी एलिसा राई रहेको उल्लेख गरेकी थिइन्। आफूहरूबीच कानूनबमोजिम अंशबण्डा नभएको तथा अंशबण्डा गर्

    • प्रकाशित मितिः असोज ११, २०८३
    • ३०५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुर्घटनाग्रस्त स्कार्पियोमा भेटियो ३९८ किलो गाँजा, चालक फरार

    धरान/ विराटनगरमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट प्रहरीले ३९८ किलो गाँजा बरामद गरेको छ । विराटनगरस्थित आयल निगम अगाडि शनिबार राति दुर्घटनामा परेको को १ च ७३९९ नम्बरको स्कार्पियोबाट १३ वटा प्याकेटमा राखिएको अवस्थामा गाँजा बरामद भएको हो । इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको स्कार्पियो शनिबार राति करिब १० बजे आयल निगम अगाडि अर्को कारसँग ठोक्किएको थियो । दुर्घटनापछि प्रहरीले गाडी जाँच गर्ने क्रममा गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा स्कार्पियोको अगाडिको भागमा क्षति पुगेको छ । दुर्घटनापछि चालक गाडी छाडेर फरार

    • प्रकाशित मितिः असोज ११, २०८३
    • १८८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १ अर्बभन्दा बढी हुण्डी कारोबार, धरानका शाही पक्राउ

    धरान/ सुनसरीको धरानमा विभिन्न ५२ वटा बैंक तथा वित्तीय संस्थाका खाता प्रयोग गरी १ अर्ब रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको आरोपमा एक पुरुष  पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वित्तीय कारोबारको विश्लेषण गर्ने क्रममा धरान उपमहानगरपालिका–१३ स्थायी ठेगाना भएका ज्योति शाही हुण्डी कारोबारमा संलग्न रहेको खुलेपछि पक्राउ गरेको हो। शाहीलाई थप अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतबाट असोज ६ गते पक्राउ अनुमति लिइएको थियो। त्यसपछि सीआईबी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार धरान–५, खैरेनी

    • प्रकाशित मितिः असोज ९, २०८३
    • ९१२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  •  धरानका सबै विद्यालय एक दिन बन्द, मिनपचास बिदाबाट कट्टा हुने

    धरान/ भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै धरान उपमहानगरपालिकाले उपमहानगर क्षेत्रका सबै विद्यालय एक दिन बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाले असोज  ९ गते सामुदायिक, संस्थागत (निजी) तथा धार्मिक विद्यालयमा पठनपाठन बन्द गर्न निर्देशन दिएको हो। विद्यालय बन्द हुने दुई दिनको बिदा भने मिनपचास (हिउँदे) बिदाबाट कट्टा हुने जनाइएको छ। धरान उपमहानगरपालिकाको शिक्षा महाशाखाका अधिकृतस्तर सातौं उमाकुमारी दाहालका अनुसार मौसम प्रतिकूल बन्न सक्ने सम्भावना र विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै उपमहानगर क्षेत्रका सम्पूर्ण विद्यालयमा बिदा दिने निर्णय गरिएको हो। जल तथा मौसम

    • प्रकाशित मितिः असोज ८, २०८३
    • २२५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved