इलाम/ नेपाल भारत सिमानामा पर्ने इलामको पशुपतिनगर नाकाबाट तीनजना किशोरीको उद्धार गरीएको छ । संखुवासभा मकालु गाउँपालिका घर भएका १५÷१६ बर्ष उमेरका तीनजना किशोरीलाई माईती नेपाल, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलिले उनीहरुलाई उद्धार गरेको हो । शंखा लागेर सोधपुछ गर्दा युवतीलार्ई जागिरको प्रलोभनमा पारेर लगेको खुलेपछि किशोरीको उद्धार गरेको माइती नेपाल पशुपतिनगरका संयोजक होम ढकालले बताए । संखुवासभा घर भई हाल काठमाडौं बस्दै आएकी लाचेन शेर्पाले किशोरीलाई काठमाडौंमा जागिर लगाइदिने भन्दै एकहप्ता काठमाडौं लगेर राखिएको सोधपुछबाट खुलेको छ । काठमाण्डौ लगेर राखेका किशोरीलाई मासिक नौ हजार रुपैया
इटहरी । संसद बिघटनपछि फुटको संघारमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २ दिनको अन्तरमा इटहरीमा छुट्टा छुट्टै भेला सम्पन्न गरेको छ । प्रचण्ड–नेपाल पक्षले मंगलबार इटहरीको खनारमा छुट्टै भेला सम्पन्न गरी प्रधानमन्त्री केपि शर्मा ओली बिरूद्ध आन्दोलन थाल्ने निर्णय गरेको छ भने बुधबार इटहरीकै लायन्स क्लबको भवनमा ओली पक्षको छुट्टै भेलाले निर्वाचनमा सरिक हुन आव्हान गरेको छ । मंगलबार बसेको प्रचण्ड–नेपाल पक्षको भेलाले आन्दोलन समिति नै बिस्तार गरेको छ । जसमा प्रदेशस्तर देखि पालिका तर सम्मको परिचालन समिति गठन गरेको छ । इटहरी उपमहानगरमा राष्ट्रीय खेलकुद समितिका पूर्व सदस्य सचिव केशव कुमा
विराटनगर । नेपाल कम्युनिष्ट पार्टीमा देखिएको विवादसंगै प्रदेश सरकार बदल्न शुरु भएको राजनीतिक धु्रवीकरणले प्रदेश १ को नामकरणको मुद्दा के हुने भन्ने झन अन्योल भएको छ । भूगोल वा पहिचान भन्ने विषय फेरिएको परिस्थितिले ओझेलमा परेको छ । प्रदेशसभाको बेठक माघ ७ गते शुरु हुँदैछ । प्रदेशको नामको विषयमा पहिचान वा भूगोल के को आधारमा तय हुने भन्ने विषय नेकपाभित्रै विवादमा थियो । तर, आफूलाई पहिचानवादी भनेर व्याख्या गर्ने गरेको तत्कालीन एकीकृत माओवादी अनि एमाले नेता माधव कुमार नेपाल पक्षधर सांसद एकातिर भएका छन । यसैगरी भूगोललाई बढी जोड दिने गरेका सांसद ओली खेमामा परेका छन । प्रदेश सरकारले माघ ७ गते हिउँदे
विराटनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङले ९९ सदस्यीय आयोजक जिल्ला कमिटी गठन गरेको छ । बुधवार विराटनगरमा आयोजित बृहद कार्यकर्ता भेलाको आयोजना गरि आयोजक कमिटी गठन गरेको हो । पार्टी एकतापछि संयोजक र सह–संयोजक तोकिएपनी पुर्णता नपाएको अखिल मोरङलाई पुर्णता दिईएको हो । अखिलको बिधानमा ६१ सदस्यीय जिल्ला कमिटी बनाउनुपर्ने प्रावधान भएपनी केही सीमित नेताहरूको कारण अखिललाई निस्प्रभावी बनाउने काम भएको भन्दै गतिदिन आयोजक कमिटी गठन गरिएको अखिल मोरङ संयोजक सन्तोष घिमिरेले बताए । उनका अनुसार एकता पूर्व रहेको अखिलको ३३ सदस्यीय जिल्ला कमिटीलाई विस्तार गर्दै ९९ सदस्
विराटनगर । चेतना संरक्षण प्रतिष्ठान विराटनगरले हरेक वर्ष समर्पण गर्दै आएका विभिन्न आधा दर्जन पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानले साहित्य, कला, संस्कृति, पत्रकारिता, बाल प्रतिभालगायतका विधाका पुरस्कार घोषणा गरेको हो । समाजसेवी हरिभक्त सिटौलाद्वारा आफ्ना बुवा–आमाको नाममा स्थापित धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार यस वर्ष वरिष्ठ साहित्यकार दामोदर पुडासैनी (काठमाडौं)लाई समर्पण गरिने भएको छ । १ लाख १ हजार नगदसहित सम्मानपत्र रहेको छ । प्रतिष्ठानको हालै बसेको बालकिशन–नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्म–संस्कृति चेतना पुरस्कारबाट प्रा.डा. विणा पौडेल (काठमा
विराटनगर । प्रदेश १ मा कोरोनाका सक्रिय संक्रमित ४सय१० जना रहेका छन् । सक्रिय सक्रमित मध्ये ३सय९१ जना होमआईसोलेसनमा, नोवेल मेडिकल कलेजमा ७, विराट मेडिकल कलेजमा ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेची अस्पतालमा ३–३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा २ जना उपचार रहेको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी, तथ्याङक संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा उपचाररत मध्ये ५ जना आईसीयु र १४ जना सामान्य वेडमा छन् । आज सम्म २९ हजार ९२८ जना संक्रमित मध्ये २९ हजार ५६ जना डिस्चार्ज भएका छन् । संक्रमण देखिएका ४६२ जनाको मृत्यु भएको छ
धनकुटा । अपांगता भएकाहरुलाई पहिचानको आधारमा धनकुटाको छथर जोरपाटीले परिचय पत्र वितरण शुरु गरेको । करुणा फाउण्डेशन काठमाण्डौको प्राबिधिक सहयोगमा ६ वटै वडामा चलाइने उक्त शिविरको पहिलो दिन वडा नं. १ हात्तिखर्कबाट मंगलबार देखि अपाङ्ग परिचय–पत्र वितरण शिविर शुरु गरेको हो । गाउँपालिकाले ४ जनाको बिशेषज्ञ टोली सहित प्रारम्भिक जाँच गरेर परिचय–पत्र बितरण शुरु गरेको हो । शिविरको उत्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले परिचय–पत्र भत्ता लिनका लागि मात्र नभएर बिभिन्न सेवा सुविधाका लागि भएकाले शिविरमा सबै खालका अपांगता भएकाहरुलाई सहभागी हुन अनुरोध ग
मोरङ । मिटर रिडिङ गर्न गएका बिधुत प्राधिकरण बेलबारी वितरण केन्द्रका एक कर्मचारीले १३ वर्षिया बालिमा माथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको आरोपमा प्राधिकरणका कर्मचारी लेखनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको हो । आईतबार दिउसो मिटर जाँच गर्न गएका रिजालले बालिकाको घरमा कोहि नभएको मौकाछोपी करणी प्रयास गरेको आरोप छ । अभिभावकले किटानी जाहेरी दिएपछि इलाका प्रहरी कार्यलय बेलबारीले ४० वर्षीय रिजाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरु गरेको छ । रिजाल दश वर्ष अघिदेखी बेलबारी वितरण केन्द्रको मिटर रिडरको रुपमा कार्यरत थिए । रिजाल विरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा च
सुनसरी । विगत ७ महिना अघि भएको रुकुम हत्याकाण्डका पिडितहरुले अझै पनि न्याय पाएका छैनन् । न्यायका लागि रुकुम जिल्ला अदालत र सुर्खेत उच्च अदालत सम्म हार—गुहार गरे पनि दोषीहरु उम्काउने दाउपेच रहेको भन्दै अहिले पिडित परिवार काठमाण्डौंमा आन्दोलनरत छ । न्याय खोज्दै संघीय सरकार समक्ष पुगेका रुकुम हत्याकाण्डका पिडित परिवारले पिकडलाई हदै सम्मको कारवाहीको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् । प्रधानमन्त्री ओलि समक्ष घटनामा मृत्यु भएको नवराज विकका बाबु मुनलाल विकले जातिय विभेदकै कारण योजनाबद्ध ढंगले हत्या गरिएको भन्दै मृत्युदण्डको कारवाही हुनुपर्ने माग गरे । उनले भने, वडाअध्
विराटनगर । प्रतिनिधि सभा विघटन भएसंगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई खेमामा देखिएको विवादको प्रभाव प्रदेश १ तिर कारवाहीमा पुगेको छ । दाहाल–नेपाल र ओली समूहले एक अर्का समूहका नेतालाई कार्वाही गर्ने क्रम बढेपनि त्यसको वैधानिक हैसियत माथि भने प्रश्न खडा भएको छ । सरकार गठन भएको दुई वर्षपछि मात्र नेकपा संसदीय दलको विधान प्रदेशसभा सचिवालयमा दर्ता हुनुले समूहगत रुपमा एकले अर्कोलाई कार्वाही गरेपनि व्यवहारिक कार्यान्वयन नहुने देखिएको हो । तीन दिनअघि नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीलाई पदबाट हटाई उनको ठाउँमा सौभाग्यवती राईलाई ल्याइएको दाहाल–नेपाल समूहले दाबी गरेको छ ।