धरान । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा ऐतिहासिक धरान १४ विजयपुरमा रहेका मन्दिरहरुमा कोरोना संक्रमण कारण भक्तजनहरु घटेका छन् । विजयपुरमा रहेका प्रख्यात र भिडभाड हुने मन्दिरहरु दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर मन्दिरमा विगतको भन्दा कम भक्तजनहरु आउने गरेको मन्दिर व्यवस्थापन समिति र मन्दिरका पूजारीहरुले बताएका छन् । दन्तकाली मन्दिर व्यवस्थापन समितिका सदस्य विश्वराज खनालका अनुसार अत्याधिक बढेको चीसो र कोरोना संक्रमणको दर वृद्धि हुँदै जाँदा भक्तजनहरु धेरै घटेको बताउँछन् । उनले विगतमा दैनिक १ हजार भक्तजन आउने र शनिवार २ हजार भक्तजन आउने गरे पनि अहिले यो संख्या घटेको बताए । उनले भने, ‘विगतमा
धरान । पहाडी क्षेत्रमा अत्याधिक हिउँ परेका कारण जनजीवन प्रभावित बनेको छ । खासगरी ताप्जेजुङ, तेह्रथुम, धनकुटा तथा संखुवासभाको अधिकांश पहाडी क्षेत्रमा हिउँ परेका कारण त्यहाका सर्वसाधारणको जनजीवन प्रभावित बनेको हो । तेह्रथुमको लाली गुँरास नगरपालिका अन्तर्गत बसन्तपुर, धनकुटाको चित्रे र नुनथला तथा संखुवासभाको देउराली, ताप्लेजुङको तीनजुरेमा अत्याधिक हिउँ परेको स्थानीयहरु बताउँछन् । लालीगुरास नगरपालिकाका स्थानीय कृष्ण खुवाङले हिउँ परेकै कारण बसन्तपुर बजारका स्थानीय जनजीवन कष्टपूर्ण भएको बताए । उनले बसन्तपुरमा तीन चार फिट हिउँ परेको बताए । उनले भने, ‘विहीबार र शुक्रबार अत्याधिक हिउँ परेको छ, अ
धरान । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको ढाडको नसा च्यापिएको समस्याको शल्यक्रिया दुरविनको माध्यमबाट गरिएको छ । ढाडको नसा च्यापिएर अस्पताल आएका झापाको विर्तामोड नगरपालिका–४ का ४८ बर्षीय पेलेङ सिंह धिमालको दुरविनको माध्यमबाट सफलतापूर्वक शल्यक्रिया गरिएको हो । नोबेल अस्पतालको न्यूरो विभागका प्रमुख एवं बरिष्ठ न्यूरो सर्जन डा. प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टोलीले शल्यक्रिया गरेको हो । काठमाडौं बाहिर पहिलो पटक दुरविनको माध्यमबाट यस्तो शल्यक्रिया भएको बरिष्ठ न्यूरो सर्जन डा.काफ्ले बताउँछन् । उनले भने, ‘मेरुदण्डमा नसा च्यापिदा सामान्य अवस्थामा औषधी दिइन्छ, अप्रेशन
धरान । परिवर्तनका लागि सामाजिक अभियानको ‘सामाजिक स्वास्थ्य क्लिनिक’ को नवौं संस्करण सम्पन्न गरिएको छ । धरान मोडल कलेजको प्राङ्गणमा शनिबार सम्पन्न पाक्षिक स्वास्थ्य क्लिनिकमा फलोअप र नयाँ गरी १६ जनाले स्वास्थ्य जाँच गरेका थिए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुटु रोग विशेषज्ञ डा. प्रशान्त साहसँगको सहकार्यमा हुँदै आइरहेको छ । डा. साहले क्लिनिकमा सहभागी बिरामीहरूको स्वास्थ्य जाँच गर्दै भने, ‘सबैभन्दा बढी खानपानलाई ध्यान दिनुहोला । खानपानका कारणले नै रोगहरूले आक्रमण गर्ने हुँदा यसतर्फ ध्यान दिनुस् ।’ क्लिनिकमा नयाँ बिरामीहरू पनि आउने गरेको अभियानका संयोजक विष
धरान । कुनै वेला विवाह, व्रतवन्ध, शुभकार्यका लागि बजाईने पञ्चेवाजा यतिवेला कँहि कतै मात्र देख्न पाईन्छ । नेपाली लोक संस्कृति झल्किने पञ्चेवाजा दलित समुदायका दमाई जातीले मात्रै बजाउने प्रचलन रहेको र नयाँ पुस्तामा हस्तानान्तरण हुन नसकेको कारण लोप हुन थालेको हो । आधुनिकता सँगै अन्य बाजाको प्रभाव र परम्परागत रुपमा बाजा बजाउनेको पेशालाई संरक्षण गर्न नसकिनु र अन्य जातीले बजाउन हुँदैन भन्ने धारणाका कारण लोप हुन थालेको पाईन्छ । नौमती बाजा लोप हुँन थालेसँगै संरक्षण गर्ने उदेश्यले पुर्वेली पञ्चे बाजा समूह झापाले संरक्षण गर्न थालेको छ । समूहले क्लव बनाएरै बाजा बजाउन सिकाएको र उक्त समूहमा सवै क्षेत्री वा
धरान । धरान ७ स्थित ओशो ट्रेनिङ सेन्टरले आयोजना गरेको मैत्रीपुर्ण फुटसल प्रतियोगितामा धरान प्याब्सन विजयी भएको छ । धरान १५ स्थित बिग फुटसलमा शनिबार सम्पन्न प्रतियोगितामा एन प्याब्सन धरानलाई हराउँदै प्याब्सन धरान विजयी भएको हो । एन प्याब्सन उपविजेता बनेको छ । सात वटा विभिन्न संस्थाहरु बिच भएको फुटसल प्रतियोगितामा तेस्रो विजेता आयोजक संस्था ओशो ट्रेनिङ सेन्टर भएको छ । विजेता टिमहरुलाई नेपाल फिजिकल ट्रेनिङ एशोसियसनका पुर्व क्षेत्रीय अध्यक्ष पर्वत राईले पुरस्कार वितरण गरेका थिए । संस्थाहरु बिच मैत्रीपुर्ण सम्बन्ध बढाउनका लागि प्रतियोगिताको आयोजना गरिएको सेन्टरका संचालक पारुहाङ तुम्बाहाम्फेले ब
धरान । प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा सुनसरीमा पत्रिका वितरण गर्दै आएका २ जना हकरलाई साइकल प्रदान गरेको छ । प्रेस चौतारी सुनसरीले शनिबार एक कार्यक्रमको आयोजना गरि धरान र इटहरीका लामो समय देखि विभिन्न पत्रिका वितरण गर्दै आएका दुई जनालाई साइकल प्रदान गरेको हो । कार्यक्रममा धरानमा विगत १५ बर्षदेखि पत्रिका ग्राहकहरुको घरमा पुर्याउदै आइरहेका ५० बर्षीय बद्री राई र उदयपुर घर भई इटहरीमा विगत ८ बर्षदेखि पत्रिका वितरण गर्दै आइरहेका कल्याण राईलाई चौतारीले साइकल वितरण गरेको हो । उनीहरु दुवै जनालाई नेकपा एमाले केन्द्रीय महासचिव शंकर पोख्रेलले चाबी हस्तान्तरण गरेका थिए । प्रेस चौतारीकी अ
धरान। महालक्ष्मी नगरपालिका–५ लेगुवास्थित अरूण नदीको किनारमा एक पुरुषको शव फेला परेका छ । नदीको किनारमा करिब ४५ वर्षीय पुरुषको शव शुक्रबार फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए । ती पुरुष गोरो वर्णको, पातलो शरीर भएको, छोटो कपाल, रातो रंगको हाफ भेष्ट, कालो रंगको हाफ पेन्ट लगाएको, मंगोलियन अनुहार भएको, उचाई करिब ५.५ इन्च भएको कार्कीले बताए । शव नदीमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि प्रहरी टोली घटनास्थलमा पुगी अनुसन्धान सुरु गरेको डिएसपी कार्कीले बताए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राख
धरान । व्यवसायीक साझेदारको हत्या गरि मोरङको धनपालथान गाउँपालिका ७ स्थित उखुबारीमा शव गाडेको घटनामा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका ३ आमतोलाका ३३ बर्षीय मेहमद सुभाम र सुनसरीको देवानगञ्ज गाउँपालिका ६ जिरोगौवाका १८ बर्षीय मोहमद हकिम रहेका छन् । उनीहरुलाई शुक्रबार राती मोरङ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिहरुले हत्या गरेपछि उखुबारीमा खाडल खन्न सहयोग गरेको घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले जानकारी दिए । धनपालथान ७ स्थित उखुबारीमा माघ १२ गते र १३ गते दुई वटा अलग अलग खाल्डोमा हत्या
धरान । नेकपा एमालेले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि करिब ८ सय जना एमाले प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र धरानको २ वटा वडा कमिटीका अध्यक्ष र पदाधिकारीहरु सहित नेपाली कांग्रेस लगायत अन्य दलका जिल्ला सदस्य देखि वडा सदस्यहरु समेत रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी केन्द्रिय महासचिव शंकर पोखरेल लगायत पार्टीका नेताहरुले अबिर र रुद्राक्षको माला लगाईदिदै स्वागत गरेका थिए । एमालेको शनिबार धरानमा आयोजित कार्यक्रममा माओवादी केन्द्रको धरान वडा नं १२ र वडा नं १६ का अध्यक्षसहित पदाधिकारीहरु एमालेमा प्रवेश गरेका छन् । कार्यक्