‘लोड सेडिङ नगर्न उद्योगी व्यवसायीहरुको माग’

  • वैशाख १८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लामो समयको कोरोना संक्रमणका कारण धरासायी बनेको उद्योग धन्दा पुन : उद्योगमा विद्युत आपूर्तिमा कटान गरेपछि उद्योगी व्यवसायीहरु आक्रोसित बन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले विद्युत अनियमितताका कारण उद्योगहरु बन्द हुने अवस्थामा पुगेकोले नियमित विजुली आपूर्ति गर्न माग गरेका हुन् ।

सुनसरी उद्योग वाणिज्य संघ धरानको नेतृत्वमा व्यवसायीहरुको टोलीले प्रदेश नं. १ का मुख्यमन्त्री तथा नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय विराटनगरमा ज्ञापनपत्र बुझाउदै नियमित विजुली आपूर्ति नगर्ने हो भने आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

विद्युत आपूर्तिमा कटौति गरेपछि प्रदेश नं. १ कै औद्योगिक करिडोर सुनसरी मोरङ औद्योगिक करिडोर अन्य स्थानमा सञ्चालित उद्योगहरु धरासायी बन्ने अवस्थामा पुगेको भन्दै उनीहरुले नियमित विजुली आपूर्ति नगरे आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

ज्ञापनपत्र बुझाउदै संघका अध्यक्ष गिरिधारी सापकोटाले लामो समयसम्म भएको कोरोना संक्रमणले उद्योग धन्दा चौपट भएका समयमा अहिले सहज बन्दै गएको अवस्थामा पुन: विद्युत प्राधिकरणले उद्योगी व्यवसायीलाई अनियमित रुपमा विजुली आपूर्ति गरेर धरासायी बनाएको बताए । उनले भने–‘कोरोनाको समयमा धरासायी बनेको उद्योगधन्दा अनियमित विजुली आपूर्तिले झन धरासायी हुन्छ, यसलाई तत्काल सम्बोधन गर्र्नुपर्छ भन्ने हाम्रो माग हो ।

संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले यो अवस्थामा उद्योगीहरुले वैकल्पिक उपाय अवलम्बन समेत गर्न नसक्ने बताए । उनले भने–‘अहिले पेट्रोलियम पदार्थको मूल्य बढेको छ, जेनेरेटर लगायतका वैकल्पिक ऊर्जा प्रयोग गरेर उद्योग धान्ने अवस्थामा उद्योगीहरु छैनन्, यसले गर्दा सम्बन्धित पक्षले यसतर्फ गम्भीर भएर सोच्नुपर्छ ।’

उनले विद्युत् आपूर्तिमा भएको अवरोधका कारण उद्योगहरुको नियमित उत्पादन प्रकृया बन्द गर्नुपर्ने अवस्था सिर्जना भई श्रमिकहरुको सिफ्ट अनुसार काम नहुने, वैदेशिक ग्राहकको अर्डर समयमा पुरा गर्न नसक्दा निर्यात कार्यमाअवरोध भएको बताए ।

भारतमा विद्युत संकट भएको भन्दै भारतले विद्युत कटौति गरेपछि नेपालमा समेत समस्या हुदा उद्योगहरुमा विद्युत प्राधिकरणले गर्न थालेपछि उद्योगीहरु आन्दोलित बनेका हुन् । नेपालमा सञ्चालित उद्योगीहरुलाई दैनिक ३ सय मेघावाट विजुल चाहिने भएपनि भारतबाट संकट भएको भन्दै ८० मेघावाट विजुली नेपाललाई दिन थालेपछि नेपालमा उद्योगहरु लोडसेडिङका कारण प्रभावित बनेका छन् । यस भन्दा अगाडि भारतले ४ सय मेघावाट विजुली नेपाललाई दिँदै आएको थियो ।

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved