बराहक्षेत्र/ किराँत राई समुदायले आफ्नो आस्थाको केन्द्रको रुपमा दाबि गरेको खुवालुङ्ग ढुङ्काको संरक्षण, प्रबद्र्धनमा प्रदेस नं १ का मुख्यमन्त्री सेरधन राईले प्रतिबद्धता जनाएका छन् । धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सिमानामा रहेको तीन ठूला नदीहरु अरुण, तमोर र दूधकोसीको संगमस्थल त्रिवेणी स्थित कोशि नदीमा रहेको ढुङगालाई किराँत समुदायले पवित्र तिर्थस्थल खुवालुङ भनेर दाबी गर्दै आइरहेका छन् । जल यातायात बिस्तार गर्ने योजना अन्तर्गत ढुङ्गा अर्थात खुवालङ्ग फुटाउने हल्लासंगै एकाएक चर्चाको आए पछि खुवालङ्गलाई संरक्षण र बिकाशमा प्रदेस सरकार लाग्ने मुख्य मन्त्री राईले बताए । मङलवार खुबालुङ्ग क्षेत्रमा
धरान/ हुलका हुल बादर बजार क्षेत्रमा प्रवेश गरेर भान्सामा पकाएका खाना खाइदिने, होटल व्यवसायीले बनाएको खाना तथा नास्ता लिएर भाग्ने, छरिदिने, फलफूल तथा सागसब्जी व्यापारीहरुको सामान चोरेर खाइदिने गरेर हैरान बनाउने गरेका छन् । यतिमात्र हैन जथाभावि बजार छिरेका यस्ता बादरले पसलमा राखेका सामग्रीहरु समेत च्यातिदिने, झारिदिने लगायतका उच्छृंखल काम गरेर क्षति पु¥याउने गरेका कारण पनि धरानका सर्वसाधारणले हैरानी व्यहोर्नु परेको हो । बादरले धेरै हैरानी दिएपछि बादर व्यवस्थापनका लागि २०७० सालमा धरान ३ निवासी सकुल श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय बादर पीडित संघर्ष समिति गठन गरेको थियो । समितिले तत्काल
विराटनगर / नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा ईन्द्र आङ्बो चयन भएका छन । आङ्बोलाई पार्टीले सर्वसम्मत ढंगबाट संसदीय दलको नेतामा चयन गरिएको हो ।यसभन्दा अघि संसदीय दलको नेतामा टंक आङ्बोहाङ रहेका थिए । आङबोहाङ नेकपा केन्द्र छोडेर एमालेकातर्फबाट प्रदेश नं. १ को आर्थिक मामिला मन्त्री समेत बनिसकेका छन् ।आङबोहाङले पार्टी छाडेपछि सोही स्थानमा इन्द्र आङबोलाई संसदीय दलको नेता बनाइएको हो । सोमबार विराटनगरमा बसेको माओवादीको संसदीय दलको बैठकले आङ्बोहाङलाई आफ््नो अवस्थाबारे जानकारी दिन २४ घण्टे स्पष्टीकरणसमेत सोध्ने निर्णय गरेको छ । योस“गै बैठकले अन्य पदाधिकारी समेत चयन गरेको छ । बैठकले
विराटनगर । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चार दिनसम्म बन्द गर्ने निर्णय गरे पनि विराटनगर महानगरपालिकाकाले भने महानगर क्षेत्रमा शैक्षिक संस्था नियमित गर्ने भएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले सोमबार सूचना जारी गरी शैक्षिक संस्था सूचारु हुने जनाएको हो ।नगर शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाले विराटनगरमा वायू प्रदूषण नभएको बताएका छन् । को भिड १९ को असरबाट भर्खरै तंग्रिन थालेको शैक्षिक क्षेत्र थप बन्द गर्दा थप असर गर्ने भएकोले खुला गर्ने निर्णय भएको बताईएको छ ।
धरान / बालबालिकाहरुलाई पत्रकारिता तर्फ आकर्षित गर्न धरान ८ ले भित्तेपत्रिका लेखन तथा प्रकाशन तालिम सम्पन्न गरेको छ । बालबालिका लक्षित कार्यक्रम अन्र्तगत वडामा रहेका बाल क्लबका प्रतिनिधीहरुलाई दुई दिने भित्ते पत्रिका लेखन तथा प्रकाशन तालिम प्रदान गरेको हो । वडामा रहेका ७ वटा बालक्लब र वडा स्तरिय बालसञ्जालबाट सहभागि भएका थिए । तालिममा २८ जना बालबालिकाहरुको सहभागिता रहेको छ । उनीहरुलाई कोशीपत्र दैनिकका कार्यकारी सम्पादक दिनेश गजमेरले सहजीकरण गरेका छन् । तालिमको उदघाटन कार्यक्रमका प्रमुख अतिथी बालमैत्री स्थानीय सुशासन समितीका सदस्य लक्ष्मण दासले गरेका थिए । उनले बालबालिकाहरुले पत्रकारिता तर्
इलाम/ वैदेशीक रोजगारीको कारण परिवारमा हुने खटपट साथै महिला हिंसा र उमेर नपुग्दै विवाह गरेकाहरुको सम्बन्ध बिच्छेद गर्नेको संख्या इलाममा बढ्दै गएको छ । जिल्ला अदालत इलाममा फागुन मसान्तसम्म सात सय छ थान मुद्धामा तीन सय १० थान सम्बन्ध बिच्छेदका मुद्धा रहेको पाइएकबो छ । त्यस मध्ये एक सय ९५ थान मुद्धा फछर्यौट भइसकेको र एक सय १५ वटा मुद्धा बिचाराधीन रहेका छन् । सम्बन्ध बिच्छेद गर्नेहरुले आफुले पाउने अंशमा समेत दावी नगरी सम्बन्ध बिच्छेद गर्ने गरेको जिल्ला अदालतका श्रेस्तेदार फडिन्द्रराज भट्टराईले बताए । उनले भने, ‘सम्बन्ध बिच्छेदको निवेदन दिने करिव आधाले अंशको मागदावी गर्दैनन, अंशको माग दा
धरान / सरकारले मंगलबार देखि देशभरका सम्पूर्ण विद्यालयहरु ४ दिन बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण शिक्षण संस्थाहरु ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको हो । मौसममा देखिएको खराबीका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै सोमबार मन्त्रालयमा बसेको आकस्मिक बैठकले यस्तो निणर्य गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसगको प्रमार्श गरेर नै यो निणर्य गरिएको मन्त्री श्रेष्ठले बताएका छन् ।
विराटनगर/ नेपाल–भारतकोे जोगबनी नाका छिर्ने साविकको मुख्यद्वार बन्द छ । नेपालतर्फको एक नम्बर, दुई नम्बर र तीन नम्बर ढाटमा ताल्चा लगाइएको छ । अघिल्लो वर्ष चैतमा शुरु भएको लकडाउनदेखि नै ढाट बन्द गरिएको हो । ढाट पारि भारतका सुरक्षाकर्मी र नेपालपट्टीको पालमा सशस्त्र र जनपद प्रहरीका जवानले २४ घण्टा पहरा दिई रहेका छन । टेबुलमा रजिस्टर राखिएको छ । त्यसमा भारतबाट नेपालतर्फ प्रवेश गर्ने नागरिकको अभिलेख राखिन्छ ।एक नम्बर गेट नजिकै उत्तरपट्टी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले उपलब्ध गराएको पाल मुन्तिर एक जना नेपाली स्वास्थ्यकर्मी बसेकी छन् । भारतबाट जोगबनीको मुख्य नाका भएर विरलै आउने नेपाली
धरान/ प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीले होलीको शुभकामना दिदै कोरोना महामारीको संक्रमणलाई मध्यनजर गरी सुरक्षित भएर होलि पर्व मनाउन आग्रह गरेका छन् ।रंगहरुको पर्व होलीको शुभकामना दिने क्रममा उनले सावधानीपूर्वक होली पर्व मनाउन प्रदेश नं. १ बासीलाई आ आग्रह गरेका हुन् । उनले शुभकामना दिने क्रममा भनेका छन्–‘वसन्त ऋतुलाई स्वागत गर्दै आपसी माया–प्रेम, सदभाव अभिवृद्धि गर्ने रङहरुको पर्व होली फागु पुर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’ उनले होली पर्वले रिस, द्धेष, आपसी वैमनस्यता छाडेर घरपरिवार–
इटहरी/ पढाइ नै नभएको समयको शुल्क मिनाहा गरिदिन कलेज प्रसाशनलाइ आग्रह गर्दै आन्दोलन गरिरहेका बिद्यार्थीहरूले थप सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । आन्दोलनलाइ साम्य पार्न गठित कार्यदलले इटहरी उपमहानगरलाइ बुझाएको प्रतिवेदन प्रति असहमति जनाउदै बिद्यार्थीहरूले थप सशक्त हुने चेतावनी दिएका हुन । कार्यदलले बुझाएको प्रतिवेदनमा २ महिनाको मात्रै शुल्क मिनाहा गरिदिने निर्णय भएपछि बिद्यार्थीहरूले बिरोध गर्दै आएका छन् । लकडाउन अवधिभरको कुनै शुल्क नतिर्ने अडानमा बसेका बिद्यार्थीहरूले आफुहरूको माग पुरा नभएसम्म आन्दोलनलाइ थप सशक्त बनाउने निर्णय समेत गरेका छन् । अनावश्यक रुपमा लिइएको शुल्क मिना