धरान/ दोस्रो स्थानीय स्थानीय निर्वाचनमा काठमाण्डौ र धरान चर्चामा रहे । काठमाण्डौ महानगरपालिकाबाट स्वतन्त्र उमेद्वार बनेका बालेन साह र धरान उपमहानगरपालिकाबाट स्वतन्त्र उमेद्वार बनेका हर्कराज राई साम्पाङ संयोगबस दुवैको चुनाव चिन्ह पनि एउटै थियो । लौरो चुनाव चिन्ह चुनावमा होमिएका दुवैले चुनाव जिते । त्यसपछि देशभरि उनीहरुको चर्चा भयो । मिडियाले उनीहरुलाई धेरै ठाउँ दिए । विगतमा निर्वाचित दलका जनप्रतिनिधिबाट अपेक्षिकृत रुपमा विकास नभएपनि उनीहरुले दलहरुलाई पाखा लगाउदै ठूलो सपना देख्दै स्वतन्त्र उमेद्वारलाई जिताएका थिए ,। धराने जनताहरुले धरानको समृद्धि दलका जनप्रनिधिबाट नदेखेपछि मेयरका उमेद्वा
खेमराज दाहाल उदयपुर/ उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिकाको गाईघाट बजारमा आधुनिक सडक बन्ने भएको छ । त्रियुगा नगरपालिकाका ४ वटा वडामा १४ दशमलव ५० किलोमिटर आधुनिक सडक बन्ने भएको हो । विश्व बैंकले गर्ने भौतिक विकास अन्तरगत त्रियुगा नगरपालिकाका ४ वटा वडाका ९ वटा योजनाको सम्पूर्ण प्रक्रिया पुरा गरि ठेक्का प्रक्रिया शुरु भएको छ । विश्व बैंकले शहरी विकास मन्त्रालयमार्फत ‘शहरी सुशासन तथा पूर्वाधार सुधार कार्यक्रम’ (यूजीआईआईपी) अन्तर्गत त्रियुगा नगरपालिकाका वडा नं १०, ११, १२ र १३ गरि ४ वटा वडाका ९ वटा सडकको कालो पत्रेलागि ठेक्का प्रक्रिया शुरु भएको हो । नगरको महत्वपूर्ण
आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिना (साउन–पुस) मा कामको खोजीमा ३ लाख ४३ हजार ४ सय ५ नेपाली विदेशिएका समाचार विभिन्न सञ्चारमाध्यमहरूमा आएका छन् । रोजगारीका लागि विदेशिने क्रम चालू आर्थिक वर्षका प्रारम्भिक महिनामा केही कम भएको थियो तर हिउँदमा यो क्रम निरन्तर बढ्न थालेको छ । यस वर्ष सुरुका महिनाको तुलनामा मङ्सिर र पुसमा विदेशिने क्रम उच्च दरले बढ्न थालेको देखिएको छ । गत साउन महिनामा कामको खोजीमा ५५ हजार ५ सय ७५ जना नेपाली विदेशिएका थिए । पुसमा ६५ हजार ८ सय १३ नेपालीले नयाँ श्रम स्वीकृति लिएका छन् । गएको ६ महिनामा विदेशिएका करिब साढे ३ लाख नेपालीमध्ये सबैभन्दा धेरै युनाइटेड अरब इमिरेट्स
सुनसरी/ इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गरेको छ । सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेपछि उपमहानगरले पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रूपान्तरण गरेको हो । पहिलो चरणमा दुई वटा मोटरसाइकललाई विद्युतीयमा रूपान्तरण गरेको हो । उपमहानगरपालिकाले एक कम्पनीसँग सम्झौता गरेर रूपान्तरण गरिएको नगरप्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । संघीय सरकारले मर्मत गरेर उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पुगेका सवारीसाधनलाई लागतका आधारमा विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्न सकिन
इटहरी/ इटहरीमा रहेको एक आपस बहुउद्धेश्यीय सहकारी संस्थाको अध्यक्षमा सुनील कार्की निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा प्रतिस्पर्धी कमला दुलाललाई ठुलो मतान्तरले पराजित गर्दै कार्की अध्यक्षमा निर्वाचित भएका हुन । अन्य पदमा सर्वसम्मत चयन गरिए पनि अध्यक्षमा भने निर्वाचन नै गर्नुपरेको थियो । निर्वाचनमा अध्यक्षका लागि कार्कीले २ सय १३ मत पाउँदा उनका प्रतिस्पर्धी कमला दुलालले ६९ मत मात्रै पाएकी थिईन । कार्यसमितिका बाँकी सर्वसम्मत चयन भएका उपाध्यक्षमा दीप बहादुर खत्री छन् भने सदस्यहरुमा गणेश बहादुर खत्री, दधिराम चुवान, होमनाथ धमला, नैन तारा सिटौला, यमुना चापागाई, कमला पाठक बोहोरा, भोज
धरान/ रगत संकलनमा सहयोग पुर्याउने लक्ष्यसहित कोशी प्रदेशका लागि गैरआवासिय नेपालीहरूको सहयोगमा गैरआवासिय नेपाल संघ (एनआरएन)ले घुम्ती रगत संकलन बस सेवा हस्तान्तरण गरेका छन् । गैरआवासिय नेपालीहरूको सहयोगमा गैरआवासिय नेपाल संघ (एनआरएन)ले कोशी प्रदेशलाई लक्षित गर्दै नेपाल रेडक्रस सोसाइटी धरान सुनसरीबाट प्रदेशभरि बस सञ्चालन हुने गरी बस उपलब्ध गराएको हो । गैरआवासिय नेपाल संघ (एनआरएन) संघका अध्यक्ष डा.बद्री के.सीले बुधबार नेपाल रेडक्रस सोसाइटी सुनसरीको धरान स्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरि एम्बुलेन्स कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हस्तान्तरण गरेका हुन । “एक घर,
धरान/ धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको विवादका विषयमा स्वास्थ्य मन्त्रालयमा बुधबार भएको छलफल निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएको भोलिपल्टै स्वास्थ्य मन्त्रालयले छलफल थालेको थियो । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सचिवसहित मन्त्रालयका उच्चअधिकारी र प्रतिष्ठानका निमित्त उपकुलपति डा. प्रह्लाद कार्की, शिक्षाध्यक्ष सञ्जीव शर्मा लगायत चारै जना पदाधिकारीलाई छलफलमा बोलाएका थिए । तर छलफलले कुनै निष्कर्ष भने निकाल्न सकेन । पदाधिकारीहरुले स्वास्थ्य
भोजपुर/ भत्किएर दुर्घटनाको जोखिम बढेपछि युवाले श्रमदानमार्फत भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत गरेका छन् । दैनिकजसो सयौँका सङ्ख्यामा सवारीसाधन आवतजावत हुने सडकमा जोखिम बढेपछि स्थानीयको सहभागितामा सडक मर्मत गरिएको हो । युवाहरूको अगुवाइमा गरिएको श्रमदान अभियानमार्फत विगतमा ढलान गरिएको ठाउँ भत्किएपछि सिमेन्ट, गिट्टी, बालुवा प्रयोग गरेर मर्मत गरिएको हो । सडक बिग्रिएकाले आवातजावतमा समस्या भएपछि युवाहरूको अगुवाइमा सडक मर्मत गरिएको भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बताइन्। सडकका कारण आवतजावतमा समस्या भएपछि आफूले व्यक्तिगतरूपमा मर्मतका लागि सहयोग गरेको उनको भनाइ छ ।
धरान/ धरान उपमहानगरपालिका १६ नं. वडा समितिले केएजडिसी संस्थासँग समन्यि गरेर आयोजना गरेको स्वास्थय शिविर प्रभावकारी बनेको छ । ‘स्वास्थ्य मुटु, स्वास्थ्य मृगौला’ भन्ने नाराका साथ एकडिसी नेपालले १६ नं..वडा समितिको आग्रहमा वडाका विभिन्न स्थानमा आयोजना गरेको शिविरले गरिब, असहाय तथा वृद्धवृद्धाहरु बढी लाभान्वित भएका छन् । एचडिएसी नेपालले वडाबासीको स्वास्थ्यलाई लक्षित गरी उच्च रक्तचाप, मुटु तथा मृगौलाको निःशुल्क स्वास्थ्य परीक्षण गरेपछि सबैभन्दा बढी खुशी ज्येष्ठ नागरिकहरु भएका छन् । केएचडिसी तथा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष एवम् विशेषज्ञ चिकित
विराटनगर/ शीतलहरसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्था विदा दिने निर्णय गरेको छ । मंगलबार एक सूचना जारी गर्दै महानगरले बुधबारदेखि शुक्रबारसम्म तीन दिन महानगर क्षेत्रका सम्पूर्ण विद्यालय विदा दिने निर्णय गरेको हो । अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै विदा दिने निर्णय गरिएको महानगरले जनाएको छ । केही दिनयता विराटनगरसहित तराईका जिल्लामा शीतलहरसँगै चिसो बढेको छ ।. “केही दिनदेखि बढेको चिसो तथा शीतलहरका कारण वि