Top 4

    Showing ३,६३१-३,६४० of ९,८१३ items.
  • एस.ई.ई.आईडलकि फाईनलिस्ट सुम्निमाले हिमाली मा.बि.मा नृत्य प्रस्तुत गर्दै मागिन भोट

    धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा आयोजित कोशी प्रदेस स्तरीय एस.ई.ई.आईडल-२०२४ का टप फाईनलिस्ट सुम्निमा राईले बुधबार आफुले एस.ई.ई.दिएको धरान-५ देउराली स्थित हिमाली मा.बि. पुगेर नृत्य प्रस्तुत गरि भोट मागेकी छिन।  बिद्यालयले "सुम्निमा राई जिताउ अभियान" को ब्यानर सहित बाताबरण मिलाई दिए पछि सुम्निमालाई यो अवसर जुरेको हो। सुम्निमाले नृत्य प्रस्तुत गर्दा स्कुलका शिक्षक र बिद्यार्थीहरुले तालीले साथ दिएका थिए।  आफू उत्कृष्ट १० मा पुग्नको लागि सपोर्ट गर्ने बिद्यालय परिवारलाई धन्यवाद ब्यक्त गर्दै आफुलाई भोट दिएर फाईनलमा जिताउन उनले शिक्षक, शिक्षिका र अभिभावकहरुलाई आग्रह गरिन।  

    • प्रकाशित मितिः जेठ २३, २०८१
    • १,०३१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराटनगरमा एक युवाले पेट्रोल खन्याएर लगाए शरीरमा आगो

    विराटनगर/ विराटनगरका एक जना पुरुषले पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका छन् । शरीरमा आगो लगाएका विराटनगर महानगरपालिका–२ का ३९ वर्षीय पवनकुमार कामतको अवस्था गम्भीर रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार विराटनगर–७ हरियाली टोलमा कामतले मंगलबार साँझ ७ः४० बजेतिर पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् । आगोले उनको शरीरको लगभग ७० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ । कामतको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । केही समयदेखि पारिवारिक तनावमा रहेका कामतको केही दिनअघि पत्नीसँग समेत सम्बन्धविच्छेद भएको प्रहरीको भनाइ छ ।  

    • प्रकाशित मितिः जेठ २३, २०८१
    • ७४४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिभाइन वाइनले धरानमा बिरुवा रोप्ने

    धरान/ श्री महाकाली वाइनको प्रमुख उत्पादन डिभाइन वाइनले जेठ १९ देखि सुरु भइरहेको आईसीसी टी–२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत नेपालका खेलहरुमा खसेको प्रत्येक डट बलमा १० वटा बिरुवाहरु रोप्ने बताएको छ । खेलकुदलाई प्रकृतिसंग सहकार्य गराउने उद्धेश्यले यो निणर्य गरिएको हो । सुरुवाती चरणमा नेपालले ४ वटा खेलहरु खेल्ने छन् । जसमा पहिलो खेल नेदरल्याण्ड , दोस्रो श्रीलंका, तेस्रो साउथ अफ्रिका र चौथोमा बंगलादेशसंग खेल्नेछन् । यी प्रत्येक खेलमा खसेको डट बलमा हरेक बल बराबर १० वटा बिरुवाहरु रोपिने कम्पनीले जनाएको छ । सोही निर्णय अन्तर्गत रहेर जेठ २२ गते हुने पहिलो खेल नेपाल र नेदरल्याड बिचको खेलम

    • प्रकाशित मितिः जेठ २३, २०८१
    • ५८१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उद्योग वाणिज्य संघद्वारा औषधी सहयोग

    धरान/ आर्थिक अवस्था कमजोर हुनेहरुका लागि स्वास्थ्य उपचार गर्न अत्यन्तै कठिन हुन्छ । आर्थिक अवस्था कमजोर भएकै कारण अस्पतालमा पुगेका विरामीले समेत राम्रोसँग उपचार गराउन पाइरहेका हुदैनन् । यसलाई मध्यनजर गरी सुनसरी उद्योग वाणिज्य संघ धरानले आर्थिक कमजोर भएका विरामीहरुलाई लक्षित गरी धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञानलाई औषधि प्रदान गरेको छ । पछिल्लो समय अत्याधिक गर्मीका कारण झाडा, पखाला, दम, खोकी लगायतका विरामी प्रतिष्ठानमा बढेका छन् । त्यससँगै दीर्घ रोगीको संख्या समेत बढ्दै गएको छ । यसलाई मध्यनजर गरी सुनसरी उद्योग वाणिज्य संघले गरिब तथा असहाय विरामीलाई लक्षित गरी प्रतिष्ठानलाई विभि

    • प्रकाशित मितिः जेठ २३, २०८१
    • ६०४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान वीपी प्रतिष्ठानमा रगतको अभाव

    धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको रक्त सञ्चार सेवामा रगत अभाव भएको छ । रगत अभाव भएकै कारण रक्त सञ्चार सेवाले रक्तदानको गुम्ती शिवर शुरु गरेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्यमा अत्याधिक गर्मी बढेसँगै विभिन्न प्रकारका विरामीहरु नेपाल लगायत भारतबाट आउने गरेका छन् । यहाँ विरामीको अत्याधिक चाप भएकै कारण विरामीलाई चाहिने अत्यावश्यक रगत समेत उपलब्ध हुन सकेको छैन । विरामीलाई चाहिने सबै ब्लड ग्रुपको रगत पर्याप्त नहुँदा अस्पतालमा आएर शल्यक्रिया गर्ने, प्रसुति गृहमा चाहिने रगत समेत उपलब्ध छैन । समस्या अत्याधिक भएपछि ने

    • प्रकाशित मितिः जेठ २३, २०८१
    • ९९३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रधानमन्त्री दाहालद्धारा अरुण तेस्रो जलविद्युतको सुरुङ ‘ब्रेक थ्रू

    संखुवासभा/ राष्ट्रिय गौरबको आयोजना अन्र्तगत पर्ने सङ्खुवासभा मकालु–५ आमराङस्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको मंगलबार प्रधानमन्त्री पुष्प कमल दाहालले सुरुङ ‘ब्रेक थु्र गर्नु भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्री प्रचण्डले यस आयोजनाबाट उत्पादन हुने ९ सय मेगावाट विद्युतसहित राष्ट्रिय प्रणालीको विद्युत् क्षमता ४ हजार ५ सय मेगावाट पु¥याइने बताए । उने भने,‘‘आगामी आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत् निर्यात गर्ने व्यवस्था मिलाउने, विद्युत् प्रसारण लाइन निर्माण र वितरणमा निजी क्षेत्रसमेत स

    • प्रकाशित मितिः जेठ २३, २०८१
    • ४७५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यो वर्ष भारी मनसुनले कोशीमा बढी खतरा

    धरान/ यस वर्षको मनसुनले कोशीमा झण्डै ५ लाखको जनजीवन प्रभावित हुने अनुमान गरिएको छ । यसपालीको मनसुन जेठ ३१ गते नेपाल भित्रिने जनाइएको छ । चार महिना रहेर असोज १७ गते बाहिरिने अनुमान । मनसुन अवधिभर १८ लाख जनसंखया प्रत्यक्ष प्रभावित हुने अनुमान गरिएको छ । मनसुन अवधिमा सबैभन्दा धेरै कोशी प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेश मनसुनजन्य विपद्बाट प्रभावित हुने प्राधिकरणले अनुमान गरेको छ । कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुर बाढीबाट र बाँकी सबै जिल्ला पहिरोबाट प्रभावित हुने अनुमान गरेको प्राधिकरणले कोशीमा २२ हजार घरपरिवारमा प्रभावित हुन सक्ने तथा सो मध्ये पाँच हजार घरपरिवारलाई उद्धार र राहत

    • प्रकाशित मितिः जेठ २३, २०८१
    • ५०२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका सुकुम्वासीहरू न्याय माग्दै अदालतमा

    धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ५ सुन्दर वस्तीका सुकुम्वासीहरु घरबासको माग गर्दै जिल्ला अदालत पुगेका छन् । बहुसांस्कृतिक पार्क बनाउने भन्दै उनीहरूलाई घरबास विहीन बनाउन लागेको भन्दै उनीहरु न्यायका लागि अदालत पुगेका हुन् । धरान उपमहानगरपालिकाबाटै बिजुली, पानीको सबै सुविधा उपलब्ध गराएर २०६४ साल देखि बसोबास गर्दै आएको धरान–५ सुन्दर बस्तीका सुकुम्वासीहरू आन्दोलन गर्दै आएका छन् । सुन्दर बस्तीमा ४५ घरधुरी सुकुम्वासी परिवारको बसोबास छ । उनीहरूलाई विकल्प नदिई उठाइँदा उनीहरू घरबास विहीन हुने भन्दै आन्दोलित छन् । सुन्दरबस्तीमा बसोबास गर्दै आएका माथि आइपर्ने सङ्कटलाई रोकथाम गर्न धरान&n

    • प्रकाशित मितिः जेठ २३, २०८१
    • ६१७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रदेस स्तरीय एस.ई.ई.आईडलका फाईनलिस्टलाई अभिमुखिकरण

      धरान/ फक्ताङलुङ मिडिया हाउस प्रा. लि.द्वारा आयोजित कोशी प्रदेस स्तरीय एस.ई.ई.आइडल -२०२४ का फाईनलिस्टलाई मङ्गलबार खाना शिष्टाचार र प्रस्तुतीकरण सम्बन्धि अभिमुखिकरण गरिएको छ। यु.एन.कलेजको सेमिनार हलमा कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्टले फाईनलमा पुगेका प्रतिष्पर्धीहरुलाई अनरराष्ट्रीय मापदण्ड अनुसार खाना शिष्टाचारको बारेमा जानकारी गराए। आफ्नो वरिपरि बसेका मानिसलाई असर नपुर्याई काटा चम्चाको सही प्रयोग गरेर शिष्ट तरिकाले खानु नै खाना शिष्टाचार भएको कोअर्डिनेटर श्रेष्ठले बताए।  कोअर्डिनेटर श्रेष्ठले काटा चम्चाको उचित ढंगले प्रयोग गर्ने तरिका प्रयोगात्मक रुपले प्रतिष्प

    • प्रकाशित मितिः जेठ २२, २०८१
    • ९४० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अमेरिकामा जीवन विज्ञानको योग, ध्यानको अभियान

    काठमाडौं/  योग, ध्यानका माध्यमबाट मानिसमा सुख, शान्ति र समृद्धिको अभियान सुरु गरेको जीवन विज्ञानले जुन महिनामा अमेरिकामा यो अभियान सञ्चालन गर्ने भएको छ । अभियानका लागि जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञद्वय रमेश नेपाल र एल पि भानु शर्मा सोमबार बिहान अमेरिका पुग्नु भएको छ । अमेरिका जानु अगाडि जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ एल पि भानु शर्माले ध्यानलाई संसारभर फैलाउने जीवन विज्ञानको अभियानलाई साकार बनाउन अमेरिकाबाट सुरु गरिएको बताउनुभयो । उहाँले हाम्रा ऋषिमुनिले दिएको ध्यानको ज्ञान र प्रयोगात्मक अभ्यासलाई संसारभर फैलाउदै मानिसको स्वास्थ्य, सुख र शान्तिको चाहन

    • प्रकाशित मितिः जेठ २२, २०८१
    • ६२६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved