Top 4

    Showing 3,481-3,490 of 9,378 items.
  • पर्यटकीय क्षेत्र बोकेर घुम्न जाऊँ इलाम अभियानमा व्यवसायी

    इलाम/ इलामको माई पोखरीको जल, पाथीभराको माटो र इलामका गीत सङ्गीत सहित जिल्लाका पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागी पश्चिमी जिल्लाको अभियानमा पर्यटन व्यवसायीहरु निस्किएका छन् । इलाम भन्ने बित्तिकै धेरै जसोले कन्याम र अन्तु मात्रै बुझ्ने गरेको र त्यही बाट फर्कने गरेको भन्दै कन्यामय र अन्तु भन्दा धेरै राम्रा पर्यटकीय गन्तव्य इलाममा छन् भन्ने चिनाउनका लागि व्यवसायी लागिपरेका हुन । मंगलवारबाट सुरु भएको अभियानमा विभिन्न जिल्लाका पर्यटन व्यवसायीसँग छलफल साथ इलामको पर्यटकीय क्षेत्रको प्रचार अभियानमा छन् । होटेल व्यवसायी संघको आयोजनामा भएको अभियानमा उद्योग वाणीज्य संघका प्रतिनिधि, राजनैतिक दल

    • प्रकाशित मितिः फागुन १८, २०८०
    • 622 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा विद्युतीय दाहसंस्कार स्थल बन्ने

    इटहरी/ इटहरी उपमहानगर र कोसी प्रदेश सरकारको साझेदारीमा इटहरीमा अत्याधुनिक विद्युतिय शवदाह चालू आर्थिक वर्षमा निर्माण गरिने भएको उपमहानगरले जनाएको छ । इटहरीस्थित बूढीगंगा जमुना मुक्तिघाटमा विद्युतीय दाहसंस्कार स्थल बन्ने भएको हो । बिहीबार कोसी प्रदेशका वन, पर्यटन तथा वातावरण मन्त्री गणेश प्रसाद उप्रेती र इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलको उपस्थितमा इटहरी ४ मा रहेको मुक्तिघाट किनारमा चालू आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने विषयमा निर्णय भएको हो । विपन्न तथा गरिबहरूलाई दाउरा किन्न महङ्गो पर्ने र शव जल्नका लागि समय धेरै लाग्ने भएकाले विद्युतीय दाहसंस्कार स्थल बनाउन लागेको इटहरीका मेयर

    • प्रकाशित मितिः फागुन १८, २०८०
    • 627 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी नामाकरण दिनमा पहिचानवादीको विरोध प्रदर्शन

    धरान/  पहिचानवादीहरुले कोशी प्रदेशको नामाकरण भएको दिनलाई अध्यारो दिन भन्दै विहिबार विरोध प्रदर्शन गरेका छन् । प्रदेशको नामकरण भएको एक वर्ष पुरा भएको दिन विरोध स्वरुप प्रदेशका सबै जिल्ला र काठमाण्डौंमा विरोध प्रदर्शन गरेका हुन् । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा आदिवासी जनजाति महासंघमा आबद्ध जातीय संंस्थाहरुले सहभागिता जनाएका थिए । प्रदर्शनकारीले पहिचान विरोधी होसियार, कोशी प्रदेश खारेज गर, पहिचानको आधारमा सबै प्रान्तको नामाकरण गर, संघीयता पुनः सीमांकन गरलगायतका नारा लगाएका थिए । प्रदेशसभाले गत वर्षको फागुन १७ गते प्रदेशको नाम कोशी राखेको थियो ।

    • प्रकाशित मितिः फागुन १८, २०८०
    • 516 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान एक्स्पो :आज एलिना चौहानको प्रस्तुति

    धरान/ सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा धरान रङ्गशालामा जारी धरान एक्स्पो २०८० कोसातौं दिन आज चर्चित गायिका एलिना चौहानले प्रस्तुति गर्ने भएकी छन् । फागुन ११ बाट जारी एक्स्पोमा आज साङ्गीतिक प्रस्तुति प्रस्तुत गर्न लागेकी नेपालकी चर्चित गायिका एलिनाले आज  ‘‘मिनिरल वाटर’, ‘कुरा काट्ने मान्छेले काटुन’, ‘छेकेर माया छेकिन्न’, ‘मेरो परान’  लगायतका गीत चर्चित गीतहरू पस्कने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । साँझ ६ बजे देखि सुरु हुने  एक्स्पोमा आज  एलिनासँगै स्थानीय कलाकार र समूहले मनोरञ्जनात्मक र साङ्गीति

    • प्रकाशित मितिः फागुन १७, २०८०
    • 674 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • न्यूरो हस्पिटलमा झी पुच:का सदस्यलाइ २५ प्रतिशत छुट दिने

    विराटनगर/ विराटनगरस्थित न्यूरो हस्पिटलमा र झी पुच:(नेपाल भाषा तथा सांस्कृतिक संघ) बीच सहुलियतमा उपचार गर्ने सम्झौता भएको छ। हस्पिटल र झी पुचःबीच बुधबार सहुलियतमा १० उपचार गर्ने समझदारी भएको हो । अस्पतालका सबै किसिमका सेवा सुविधाहरुमा देखि २५ प्रतिशतसम्म छुट दिने भएको अध्यक्ष भविसकुमार श्रेष्ठले जानकारी दिए । सम्झौतामा जेष्ठ नागरिकहरुको हकमा थप पाँच प्रतिशत छुटको व्यवस्था गरिएको छ । झि पुचःले विभिन्न सामाजिक, भाषा संस्कृति तथा आबद्ध सदस्यहरुको क्षमता अभिवृद्धिका कार्यक्रमहरु गरिँदै आएको छ। हस्पिटलको तर्फबाट अपरेशनल डाइरेक्टर राजेश भट्टराई र झी पुचः को तर्फबाट अध्यक्ष भविसकुमार श्रेष्ठले सम्

    • प्रकाशित मितिः फागुन १७, २०८०
    • 711 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • निःशुल्क उपचार घोषणा कार्यान्वयनमा आलटाल

    मोरङ/  कोशी प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्न विभिन्न अस्पतालसँग सम्झौता गरे पनि अस्पतालले भने त्यसको कार्यान्वयनमा आलटाल गर्ने गरेका छन् । अस्पतालले विभिन्न बाहना र कागजातको माग गर्दै उपचार खर्च लिन छोडेका छैनन् । सुनसरीको हरिनगरा गाउँपालिका–२ निवासी इर्फना खातुनले फागुन २ गते मोरङको बुढीगंगास्थित विराट मेडिकल टिचिङ अस्पतालमा शल्यव्रिmया मार्फत जुम्ल्याहा शिशुलाई जन्माउनुभयो । दुईमध्ये एउटा शिशु एनआइसियुमा राखेर उपचार गर्नुपर्ने भयो । प्रदेश सरकारले घोषणा अनुसार नवजात शिशुको निःशुल्क उपचार हुने कुराले उहाँलाई केही हदसम्म सन्तोष मिलेको थियो तर विराट

    • प्रकाशित मितिः फागुन १६, २०८०
    • 476 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाम उपचुनावमा एमाले र कांग्रेसको दावेदारी, माओवादी र पहिचानवादीको बेग्लै तयारी

    विराटनगर/  निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ को लागि प्रतिनिधि सभा सदस्यको उप निर्वाचन वैशाख १५ गतेलाई तोकेपछि राजनीतिक दलको शक्ति परीक्षण हुने भएको छ ।२०७९ मङ्सिरमा सम्पन्न निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनका कारण रिक्त रहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनले दलहरूको पछिल्लो लोकप्रियता समेत मापन हुने भएकाले यो उप निर्वाचनको महत्व छ । इलामलाई पहिचानवादीहरूको केन्द्रको रूपमा लिने गरिन्छ । किराँत धर्मगुरु आत्मानन्द लिङदेनको वासस्थान र किराँतीहरुहरुको धार्मिक आस्थाको केन्द्र मांसेवुगं यसै निर्वाचन क्षेत्रमा पर्दछ । अघिल्ला निर्वाचनमा उनीहरू

    • प्रकाशित मितिः फागुन १६, २०८०
    • 738 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गायक नौरान राईलाई मधुकुमार द्धारा आर्थिक सहयोग उपचारका लागि गायक राई द्धारा सहयोगको अपिल

    धरान/ उपचारका लागि आर्थिक समस्या झेलिरहेका धरानका चर्चित गायक नौरान राईलाई धरान १७ समाज हङकङका अध्यक्ष मधुकुमार राईले नगद पाच हजार रुपैया सहयोग गरेका छन ।             धरान १७ निवासी मधु राई हाल धरान आएको वेला विपि स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका नौरान राईलाई अस्पतालमा नै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन । उनले सामाजिक संजालमा नौरान राईको वारेमा थाहा पाए पछि तत्काल व्यक्तिगत रुपमा केहि रकम सहयोग गरेको वताए ।   लामो समय धरान १७ न. वडावासि समेत रहेका राईको उपचारको लागि संस्थागत रुपमा धरान १७ समाज हङकङले उपचारका लागि सहयोग अभियान चलाइने

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • 1,911 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्री मावि घोपालाई लायन्स विजयपुर द्धारा शैक्षिक सामग्री वितरण

    धरान/लायन्स क्लव अफ धरान विजयपुर द्धारा धरान १७ टेम्के चौक स्थित श्री मावि घोपा स्कुलका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । क्लवले मंगलवार विद्यालयको प्रागणमा एक कार्यक्रमको आयोजना गरि घोपा स्कुलका ७ कक्षा सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री र जेहेन्दार एक छात्र र एक छात्रा विद्यार्थीलाई स्कुल पोशाक प्रदान गरेको थियो । क्लवले १ सय ६० विद्यार्थीहरुलाई करिव ३३ हजार रुपैया वरावरको शैक्षिक सामग्री वितरण गरेका छन । शैक्षिक सामग्रीका लागि सहयोग रकम धरान ८ निवासी हाल युके वस्नु हुने दल याङदेन र उनको श्रमती गिता याङदेनले उपलव्ध गराएका हुन । उनिहरुले आप्mनो २७ औ वैवाहिक वर्षगाठको अवसर

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • 1,944 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • औद्योगिक क्षेत्रको हितमा उद्यमी एक मत

    विराटनगर/ उद्योग संगठन मोरङले नेपाल उद्योग परिसंघ कोशी प्रदेश र विराट व्यापार संघका नवनिर्वाचित कार्यसमितिको स्वागत तथा भेटघाट गरी औद्योगिक क्षेत्रको समष्टिगत हितका लागि संस्थागत ऐक्यवद्धताका लागि अनुरोध गरेको छ । भेटघाटमा संगठनका अध्यक्ष राकेश सुरानाले उद्योग व्यवसाय क्षेत्रको हक, हितका लागि स्थापित संस्थाहरु मिलेर अघि वढी यस क्षेत्रले भोग्दै आएका समस्या समाधानका लागि सामुहिक पहल गर्नुपर्ने धारणा राखे । उनले वर्तमान समयमा उद्योग व्यापार क्षेत्र सबैभन्दा बढी प्रताडित भएको वताउदै समस्या समाधानका लागि संस्थागत एकवद्धताका लागि आग्रह गरे । अध्यक्ष सुरानाले सरकार र नीजि क्षेत्र बीचको सहकार्

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • 617 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved