Top 4

    Showing 3,401-3,410 of 7,888 items.
  • हर्क साम्पाङविरुद्ध स्थानीय सात दलको आरोप

    धरान /  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र वडाध्यक्षसहित २८ जना कार्यपालिका सदस्यबीच विवाद बढ्दै जाँदा धरानका सात राजनीतिक दलले भने एक प्रेस विज्ञप्ती नै प्रकाशित गरेर मेयरले दम्भ, अहंकार र अपरिपक्वता प्रदेश गरेको ठहर गर्दै सार्वजनिक वक्तव्य प्रकाशित गरेका छन् । मेयरकै स्वेच्छाकारी प्रवृत्तिका कारण विगतदेखि नै वडाध्यक्ष र कार्यपालिका सदस्यबीच असमझदारी बढ्दै गएको ठहर गर्दै सात दलले अहिले पनि त्यस्तै प्रवृत्ति दोहोरिएको बताएका छन् । उनीहरुले सार्वजनिक गरेको वक्तव्यमा धरानमा नगर प्रमुख हर्कराज राई एकातिर र वडाध्यक्षसहित २८ जना कार्यपालिका सदस्य अर्कातिर हुँदा आपसी असमझदारी बढ

    • प्रकाशित मितिः चैत ९, २०७९
    • 783 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सङ्क्रमणकालीन अवस्थामा पनि लगानीमा व्यवसायी उत्सुक

    धरान / मुलुक आर्थिक सङ्क्रमणकालीन अवस्थामा गुज्रिरहेको अवस्थामा व्यवसायीहरु भने लगानीको खोजीमा रहेका छन् ।कोरोना सङ्क्रमणकालीन अवस्थापछि उद्योगी व्यवसायीहरु लगानी प्रवर्धन गर्ने कुरामा निरन्तर छलफलमा जुटेका छन् । सङ्क्रमणकालीन अवस्थामा राज्यबाट कुनै सहयोग प्राप्त नभए पनि लगानी गर्न उत्सुक छन् । अहिलेको विषम परिस्थितिमा चुनौति धेरै भएपनि सम्भावना भने अझै रहेको उनीहरुले छलफलका क्रममा बताएका छन् । सुनसरी उद्योग वाणिज्य संघमा आयोजित ‘पर्यटनको सम्भावना, चुनौति एवम् धरानमा आउँदै गरेको लगानीलाई स्वागत’ विषयक कार्यशाला गोष्ठीमा सहभागी उद्योगी एवम् व्यवसायीहरुले सुरक्षा, सरकारको व्यव

    • प्रकाशित मितिः चैत ८, २०७९
    • 685 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरी गोल्डकप सेमीफाइनल समीकरण पूरा

    सुनसरी /  विभागीय टोली त्रिभुवन आर्मीको जितसंगै १३ औ इटहरी गोल्डकपको सेमीफाइनल समिकरण पुरा भएको छ । अन्तिम क्वाटरफाइनल खेलमा आर्मीले रोलिङ क्लब धुलाबारी झापालाई ४—१ गोल अन्तरले हराएको हो । आर्मीको जितसंगै सेमीफाइनल भिड्ने टिम पक्का भएको छ । आर्मीको जितमा दिपक गुरुङ, जिलेस्पीजंग कार्की, सुदिल राई र पदम तामाङले १/१ गोल गरे । रोलिङका डेडी वाम्बाले सान्तवाना गोल फर्काए । खेलको सुरुवातबाटै दबाब बनाएको आर्मीले तेश्रो मिनेटमा अग्रता बनायो । डिबक्स नजिकबाट उनले गरेको प्रहार सिधै जाली चुमेको थियो । पहिलो हाफको इन्जुरी समयमा कप्तान कार्कीले अग्रता दोब्बर बनाए । युद्ध शाहीको पासलाई कार्

    • प्रकाशित मितिः चैत ८, २०७९
    • 467 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जातीय विभेद उन्मुलन दिवसमा दीप प्रज्वलन

    धरान / ५८ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मार्च २१ को अवसरमा नेकपा एमालेको जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मूक्ति समाज धरानले दीप प्रज्ज्वलन गरेको छ । धरानको मुख्य बजार भानुचोकमा मंगलबार साँझ दीप प्रज्ज्वलन गर्दै मूक्ति समाजले विभेदका विरुद्ध कानुनलाई दृढतापूर्वक कार्यान्वयन गर्न सबै पक्षले अठोट गर्नु पर्नेमा जोड दिएको छ । शुभकामना मन्तव्य कार्यक्रम, एमालेका प्रदेश कमिटी सचिवालय सदस्य प्रमोद शेर्पाले जातीय विभेद सभ्य समाजको कलङ्क र समृद्धिका लागि प्रत्युत्पादक भएको धारणा राखे । दीप प्रज्ज्वलन कार्यक्रममा मूक्ति समाजका केन्द्रीय सदस्य खगेन्द्र नेपाली, नेकपा एमालेका केन्द्रीय सद

    • प्रकाशित मितिः चैत ८, २०७९
    • 467 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पहिचानको आन्दोलन सशक्त रुपमा उठ्दै

    धरान /  ओखलढुंगामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि आक्रमण प्रयास भएको भोलिपल्ट अर्थात मंगलबार नेकपा माओवादी केन्द्रका कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि ताप्लेजुङमा आक्रमणको प्रयास भएको छ । पार्टी जिल स्तरीय बैठकमा सहभागी हुन ताप्लेजुङको सदरमुकाम फुङलिङ पुगेका नेता आङ्बोमाथि एक समूहले आक्रमणको प्रयास गरेको भिडियो समेत सार्वजनिक भएको छ ।सार्वजनिक भएको भिडियोमा भनिएको छ, ‘आङ्बोलाई प्रहरीले स्कटिङ गरेर लग्दै छ, यसलाई बाटो बाटो छेकेर यसको हत्या गर्ने लक्ष्य राखेर संघर्ष समिति अगाडि बढिरहेको छ, तपाईहरु जहाँ जहाँ रहनु भए पनि तैनाथ भएर आफ्नो चोक चेकमा बसिदिनु

    • प्रकाशित मितिः चैत ८, २०७९
    • 566 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वडाध्यक्षका हातमा कालोपट्टी माफी नमागुन्जेल आन्दोलन जारी

    धरान / धरानका मेयर हर्क साम्पाङलाई माफी माग्न दिएको २४ घण्टे अल्टिमेटम सकिएपछि वडाध्यक्षहरुले आन्दोलनका थप कार्यक्रम अघि बढाएका छन् । वडाध्यक्षहरुले हातमा कालोपट्टी बाँधेर नियमित कामकाज सुरु गरेका छन् । धरान उपमहानगरपालिकामा नियमित कार्यबाहेक नगरलाई दीर्घकालीन प्रभाव पार्ने निर्णयहरु कार्यपालिका सदस्यको सहमतिबिना नगर्न, नगराउन धरान कार्यपालिकामा नेतृत्व गर्ने दलका नेताले कर्मचारीको ध्यानाकर्षण गराएका छन् । मंगलबार धरान उपमहानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई र उपमहानगरका सबै शाखालाई ध्यानाकर्षण विज्ञप्ति बुझाउँदै दलका नेतृत्वले मेयर हर्क साम्पाङ गैरजिम्मेवार भएकाले आन्द

    • प्रकाशित मितिः चैत ८, २०७९
    • 572 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वी पी मा मनाइयो विश्व मुख स्वास्थ्य दिवस

    धरान / हरेक वर्ष मार्च २० का दिन विश्वभरी नै मनाइने विश्व मुख स्वास्थ्य दिवस मनाइने गरिन्छ । धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत सोमबार विश्व मुख स्वास्थ्य दिवस मनाइएको छ । प्रतिष्ठानका कलेज अफ डेन्टल सर्जरीका विद्यार्थीहरुले वी प्रतिष्ठानमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गरी मनाइएको हो । नेपाल डेन्टल एसोसिएसन सुनसरीको विद्यार्थी ईकाइले आयोजना गरेको उक्त कार्यक्रममा चिकित्सक तथा विद्यार्थीहरुले फोटो, पोष्टर, ई(पोष्टर, भिडियो, आर्टिकलहरु प्रदर्शन गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले सचेतनात्मक नाटक, फेस पेन्ट तथा फ्ल्यास मुब समेत प्रस्तुत गरेका थिए । विश्व मुख

    • प्रकाशित मितिः चैत ७, २०७९
    • 460 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मुक्ति समाज धरानमा कृतमान दर्नाल

    धरान /  नेकपा एमालेको जनवर्गिय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज धरान उपमहानगर कमिटीको प्रथम सम्मेलनले कृतमान दर्नालको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । एमाले धरान नगर कमिटीको कार्यालयको सभाहलमा भएको सम्मेलनमा सम्पुर्ण सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् । सम्मेलनले नयाँ कार्यसमितीको उपाध्यक्षमा राजु हिङमाङ, लक्ष्मी लकान्द्रीलाई निर्वाचित गरेको छ । त्यसैगरि सचिवमा रोशन कुमार विश्वकर्मा, उपसचिवमा सुष्मा मंग्राती, उत्तम सुनार र कोषाध्यक्षमा यशोदा घिमिरे निर्वाचित भएका छन् । समितीको सदस्यहरुमा भालुमान विश्वकर्मा, मिन कुमार सुनाम, रिना दास, चन्द्रकला विक, पुष्प

    • प्रकाशित मितिः चैत ७, २०७९
    • 499 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • व्याडमिन्टन संघमा हुकुम थेवे

    इलाम /  जिल्ला व्याडमिण्टन संंघ इलामको प्रथम अधिवेशनले हुकुम थेवेको अध्यक्षतामा १५ सदस्य नयाँ जिल्ला कार्य समिति चयन गदै इलामका सम्पन्न भएको छ । समितिको उपाध्यक्षमा क्रमश प्रेम सुब्बा, देवेन्द्र मुखिया, थेवा तामाङ्ग र निरोज ढकाल रहेका छन् समितिको सचिव हेमराज ढकाल, कोषाध्यक्ष राजन दाहाल सदस्यहरुमा गणेश गुरुङ्ग, कुबेर राई, बलराम बराइली, राजन श्रेष्ठ, सन्देश राई, सुमन काफ्ले, सुलुचना भक्तराज, पुष्कर बुर्जा लगायत रहेका छन् । कार्यक्रम प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको प्रमुख आतिथ्यता तथा जिल्ला ब्याडमिण्डन संघको जिल्ला अध्यक्ष सुवास चिपालुको अध्यक्षतामा सम्पन्न भएको थियो । भन

    • प्रकाशित मितिः चैत ७, २०७९
    • 532 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इन्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि विसिसिए नेपाललाई

    मोरङ /  विराटनगरमा जारी प्रथम रेडमण्ड इन्डो –नेपाल मैत्रीपूर्ण महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी(विसिसिए) ले जितेको छ । ३ खेलको टि–२० क्रिकेट प्रतियोगितामा भारतको अल इन्डिया वुमन टि –२० क्रिकेट एसोसिएनलाई सोमबार ४९ रनले पराजित गरि २–१ ले श्रृखलामा विसिसिएले कब्जा गरेको हो । पहिलो खेलमा भारतलाई ९ विकेटले पराजित गरेको विसिसिए टोली आइतबार भएको खेलमा ६ विकेटले पराजित भएको थियो । अव मंगलबार ३० ओभरको एक खेल खेल्न बाकी रहेको छ ।नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ मा रहेको मेल्बन ज्वाला विराटनग

    • प्रकाशित मितिः चैत ७, २०७९
    • 539 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved