यूएई/नेपाली राजदूतावास अबूधाबी र नेपाल एसोसिएसन (एनआरएनए एनसीसी यूएई) को संयुक्त संयोजनमा नेपाली श्रमिकहरूका लागि श्रमिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। नेपाली राजदूतावासको सेमिनार हलमा आयोजित उक्त कार्यक्रममा सयौंको संख्यामा यूएईमा कार्यरत नेपाली श्रमिकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली राजदूतावासका श्रम काउन्सिलर दीपेन्द्र पौडेल, सचिव भूपेन्द्र घिमिरे, पीआरओ मो. ईरफान तथा नेपाल एसोसिएसनकी महिला उपाध्यक्ष सोनम श्रेष्ठ लगायतले श्रमिकहरूलाई यूएईको श्रम कानुन, सामाजिक सुरक्षा, स्वास्थ्य सुरक्षा तथा अन्य महत्वपूर्ण विषयहरूमा जानकारी र प्रशिक्षण दिएका थिए। उनीहरूले श्रमिकहरूला
काठमाडौँ/ पाकिस्तानको खैबर पख्तुन्ख्वा प्रान्तमा भएको आत्मघाती आक्रमणमा १३ जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ। मीर अली क्षेत्रमा उग्रवादीले सुरक्षा बलको समूहलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको गाडीमार्फत आक्रमण प्रयास गरेको बीबीसी हिन्दीले पाकिस्तानी सेनाको इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (ISPR) लाई उद्धृत गर्दै जनाएको छ। आत्मघाती गाडी सुरक्षा बलको गाडीसँग ठोक्किएपछि भीषण विस्फोट भएको र घटनास्थलमै १३ सैनिकको ज्यान गएको बताइएको छ। प्रहरी र सेनाले घटनापछि तत्कालै उग्रवादीमाथि जवाफी कारबाही थालेका थिए। त्यस क्रममा सुरक्षाकर्मी र उग्रवादीबीचको भिडन्तमा १४ जना उग्रवादी मारिएको IS
धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षकहरुले पनि छाता ऐनको विरोध गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । ने्पाल सरकारले नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ नयाँ संस्थामा गाभ्ने गरी विधेयकको मस्यौदा तयार पारेपछि प्रतिष्ठानको शिक्षक कल्याण समाजले कडा समाजले विज्ञप्ति जारी गर्दै सरकारी निर्णयलाई ‘षडयन्त्रपूर्ण’ र ‘प्रतिक्रान्तिकारी’ कदमको संज्ञा दिँदै प्रतिष्ठानको अस्तित्व रक्षाका लागि देशव्यापी आन्दोलनको घोषणा गरेको हो । समाजका अध्यक्ष डा। सेराज अहमद खान र महासचिव डा. कादिर आलमद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “सरो
काठमाडौँ/ आकर्षक रोजगारीको झुटो आश्वासनमा भारतको उत्तराखण्ड, काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवकको उद्धार गरिएको छ। उनीहरूलाई सम्भवत: मंगलबार नेपाल फर्काउने तयारी भइरहेको छ। नेपाली राजदूतावास, भारतीय प्रहरी तथा ‘केन इन्डिया’ नामक सामाजिक संस्थाको समन्वयमा गत बिहीबार ती नेपाली युवाहरूको उद्धार गरिएको हो। संस्थाका निर्देशक नवीन जोशीका अनुसार अदालती तथा प्रशासनिक प्रक्रिया पूरा गरी ती युवकलाई सकुशल नेपाल फर्काउने तयारी भइरहेको छ। ‘एक महिनासम्म निरन्तर खटिएर ठुलो हिम्मत र साहसका साथ ३५ नेपालीलाई उद्धार गर्न सफल भएका छौँ,’ उनले भने। नेपाली युवकहरूलाई फसा
विराटनगर/ इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालिका मेयर नागेश कोइराला युद्ध संकटका बीच बंकरमा बस्न बाध्य भएका छन्। इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको इरानी प्रत्याक्रमणका कारण उनीसहित विभिन्न देशका जनप्रतिनिधि सुरक्षाका लागि बंकरमा लुक्नु परेको हो। मेयर कोइरालाले टेलिफोनमार्फत आफू इजरायलको राजधानी तेल अभिभबाट करिब ३० किलोमिटर टाढा रहेको सेफाइम सहरमा सुरक्षित रहेको जानकारी दिएका छन्। उनका अनुसार भ्रमण टोलीमा फिलिपिन्सका दुई सांसदसहित १७ जना प्रतिनिधि सहभागी छन्। “इजरायलको सहकारी अभ्यासबारे अध्ययन गर्न आएका हौं, अहिले इजरायली सरकारकै व्यवस्थापनमा बंकरमा राखिएको छ,” क
धरान/ ताप्लेजुङको प्रसिद्ध धार्मिक क्षेत्र पाथीभरा आसपासमा मंगलबार साँझ परेको वर्षासहितको हावाहुरीले ठूलो क्षति पुर्याएको छ। काफ्ले पाटी र बलुडाँडा क्षेत्रमा हावाहुरीले घर, संरचना र सार्वजनिक सम्पत्तिमा क्षति गरेको हो। स्थानीयका अनुसार, हावाहुरीले काफ्लेपाटीमा देउमान लामाको घरको छानामा रहेका सबै जस्तापाता उडाएको छ भने दलबहादुर पौडेलको भान्साघरको छाना समेत उडाएको छ। घरका छानासँगै आसपास रहेका फलैँचा, चौतारा र होर्डिङ बोर्डसमेत उडाएको बताइएको छ। कतिपय घरका सोलार प्लेटहरू हावाहुरीले भुइँमा झारेर फुटाएको छ। माथिल्लो फेदी होटल व्यवसायी संघका अध्यक्ष इन्द्रनारायण भट्टराईका अनुसार बलुडाँ
दुहबी/ सुनसरी जिल्लाको दुहबी नगरपालिका–११ स्थित तनमुना क्षेत्रबाट प्रहरीले लागू औषध गाँजाको ठूलो खेप बरामद गरेको छ। विशेष सूचनाको आधारमा गरिएको प्रहरी कारबाहीमा ४३८ किलो गाँजा सहित भारतिय नम्बर प्लेटको स्कार्पियो गाडी नियन्त्रणमा लिइएको हो। इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी चौकी तनमुना र प्रहरी चौकी रामगञ्ज वेलगछिया (शुक्रबारे) बाट संयुक्त रुपमा खटिएको टोलीले मिति २०८२।०२।१५ गते बिहान ३:०० बजे तिर तनमुना नहरचोक–शुक्रबारे भित्री सडकखण्डमा चेकजाँचको क्रममा भारततर्फबाट आउँदै गरेको WB 06 H 2858 नम्बरको भारतीय स्कार्पियोलाई रोकेको थियो। तर प्रहरी टोलीलाई
काठमाडौं/ चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालले साढे तीन करोड रुपैयाँभन्दा बढीको दाँत कोट्याउने सिन्का (टुथपिक) आयात गरेको छ। भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा कुल ३ करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का विदेशबाट आयात भएको हो। आयात भएको कुल रकममध्ये १ करोड ८६ लाख ५२ हजार रुपैयाँ बराबरका सिन्का काठबाट बनेका थिए। बाँकी सिन्का प्लास्टिक, बायोडिग्रेडेबल वा अन्य सामग्रीबाट बनेका हुन सक्ने अनुमान गरिएको छ। यस आयात आँकडाले दैनिक उपभोग्य वस्तुको रूपमा देखिने सानो वस्तुमा समेत नेपाल कति परनिर्भर छ भन्ने तथ्य उजागर गरेको छ।
काठमाण्डौ । एसियाली मुलुकमा पछिल्लो समय कोभिड १९ संक्रमितको संख्या बढ्न थालेको छ ।मंगलबार मुम्बईको किङ एडवर्ड मेमोरियल केईएम अस्पतालमा कोभिड– १९ पोजिटिभ दुई बिरामीको मृत्यु भयो । मृतक मध्ये ५९ वर्षीय बिरामीलाई मुखको क्यान्सर र १४ वर्षीया बालिकालाई नेफ्रोटिक सिन्ड्रोम मिर्गौला सम्बन्धी रोग थियो ।भारतको स्वास्थ्य मन्त्रालयका अनुसार एक जनवरीदेखि १९ मेसम्म देशभर २५७ कोभिड– १९ संक्रमित फेला परेका छन ।सिंगापुरको स्वास्थ्य मन्त्रालयका अनुसार, अप्रिल २७ देखि मे ३, २०२५ सम्मको हप्तामा कोभिड– १९ का घटनाहरूको अनुमानित संख्या १४,२०० पुगेको छ, जुन अघिल्लो हप्तामा ११,१०० थियो । सोही अवधि
सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मेलन २०२५ मा दुबई नेपाली इन्फ्लुएन्सियल ग्रुपले सह– साझेदारको रूपमा गौरवपूर्ण सहभागिता जनाएको छ। यो सम्मेलन संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री तथा अर्थमन्त्री महामहिम शेख मक्तूम बिन मोहम्मद बिन राशिद अल मक्तूमको संरक्षणमा आयोजित भएको थियो। ग्रुपको सहभागिताले युएईमा रहेका नेपाली दक्ष व्यक्तिहरूको योगदानलाई अन्तर्राष्ट्रिय तहमा चिनाउन सहयोग पुगेको छ। वित्तीय प्रविधि, नवप्रवर्तन र प्रविधिमैत्री भविष्यको निर्माणमा यो सहभागिता नेपाली समुदायका लागि एक प्रेरणादायी उपलब्धि मानिएको छ । समूहका संस्थापक मनोज महरट्टाले भने, “यो उपलब्