स्थानीय

    Showing 701-710 of 5,041 items.
  • बिर्तामोडमा एक शव फेला , दुई जना पक्राउ

    झापा/ बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोलामा शव फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गर्दै अनुसन्धान सुरु गरेको छ । अनारमनी इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठका अनुसार बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोला नजिकै बिर्तामोड–६ निवासी ५२ वर्षीय आनन्द चौधरीको शव स्थानीयले गएराति फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थल पुग्यो। प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए। राति कानुनी प्रक्रिया सम्पन्न गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइयो। उनले बताए

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 327 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खस समाज प्रतिष्ठान नेपालको ९औं स्थापना दिवस सम्पन्न

    धरान/ खस समाज प्रतिष्ठान नेपालको ९औं स्थापना दिवस तथा मैत्रीपूर्ण बनभोज कार्यक्रम शनिबार धरान–६ पानवारीस्थित मयुर होटलमा सम्पन्न भयो। कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष बिरेस थापाले गर्नु भएको थियो भने प्रमुख अतिथि डा. केशर बहादुर बिष्ट हुनुहुन्थ्यो। प्रमुख अतिथि डा. बिष्टले खस समुदायको इतिहास, धर्म र संस्कृतिबारे विस्तृत रूपमा आफ्नो धारणा प्रस्तुत गर्दै राष्ट्रिय गानका केही पंक्तिहरूले वास्तविकता प्रतिविम्बित गर्न नसक्ने तर्क गरे। “सयौं थुँगा फूलका हामी एउटै माला नेपाली” सही भए पनि “सार्वभौम भई फैलिएका मेची–महाकाली” भन्ने पंक्ति ऐतिहासिक सत्यसँग

    • प्रकाशित मितिः मंसिर ६, २०८२
    • 375 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा ठूलो मात्रामा गाँजा बरामद, १८ वर्षीय युवक पक्राउ

    सुनसरी/  विशेष सूचनाका आधारमा बराहक्षेत्रमा प्रहरीले ठूलो परिमाणको लागूऔषध बरामद भएको छ। मिति २०८२ मंसिर ५ गते राति १२:३० बजे, बराहक्षेत्र–३ नडाहा चौकमा लागू औषध ओसारपसार भइरहेको खबर प्राप्त भएपछि अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरी टोलीले BR 11 BF 0189 नम्बरको मोटरसाइकल रोकेर जाँच गरेको थियो। जाँचका क्रममा मोटरसाइकलमा राखिएको दुईवटा प्लास्टिकको बोरा खोलेर हेर्दा ४१.५ किलोग्राम (एकचालिस किलो पाँच सय ग्राम) गाँजा  फेला परेको प्रहरीले जनाएको छ। उक्त लागूऔषधसहित मोटरसाइकल चालक सप्तरी–२ राजविराजका १८ वर्षीय लालदेव रजकलाई नियन्त

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 836 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी स्तरीय ‘सुनाखरी कप’को तयारी पूरा

    धरान/ सुनसरी जिल्ला स्तरीय अन्तर विद्यालय ‘सुनाखरी एकेडेमी कप’ फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। मंसिर ७ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता धरान–१७ स्थित एन्फा एकेडेमीको खेलमैदानमा हुने आयोजकले जनाएको छ। उद्घाटन खेलमा सुनाखरी रातो र लिबर्टी स्कूल आमनेसामने हुने प्रिन्सिपल मिलन राईले जानकारी दिए। उनका अनुसार यस वर्ष १६ वटा विद्यालयले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा सहभागि विद्यालयहरूमा— सुनाखरी रातो, सुनाखरी सेतो, हिमशिखर स्कुल तरहरा, सेन्ट जोसेफ धरान–१७, नेपाल प्रहरी विद्यालय धरान–१३, प्रभात सेकेन्डरी, विजयपु

    • प्रकाशित मितिः मंसिर ५, २०८२
    • 376 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जेनजी एकताको लागि धरानमा विशाल र्‍याली

    धरान/  विभिन्न समूहमा विभाजित जेनजी अभियानलाई एकताबद्ध बनाउने उद्देश्यसहित जेन-जी युनाइटेड परिवर्तनले आउँदो मंसिर ६ गते शनिबार धरानको भानुचोकमा विशाल कोणसभा गर्ने भएको छ। आन्दोलनका उपलब्धीहरूलाई संस्थागत गर्दै विभाजन अन्त्य गर्ने समय भइसकेको भन्दै सबै जेनजीलाई एउटै मञ्चमा उभिन आह्वान गरिएको छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म एकता अभियान चलाइरहेको जेन-जी युनाइटेडको टोली बिहिबार धरान आइपुगेको थियो। पत्रकारसँग कुरा गर्दै कोणसभा संयोजक तारा श्रेष्ठले कार्यक्रमलाई उत्साहपूर्ण बनाउन जेन-जी कलाकारहरूले देशभक्तिपूर्ण गीत, नृत्य र नाटक प्रस्तुत गर्ने जानकारी दिए। कार्यक्रम सञ्चालिका सिमा राईक

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 489 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भारतद्वारा ७० मिटर मोड्युलर पुल हस्तान्तरण

    काठमाडौं/ नेपालमा विपद्पछिको सडक कनेक्टिभिटी द्रुत गतिमा पुनःस्थापना गर्न भारतले फेरि एक महत्वपूर्ण सहयोग गरेको छ। मंसिर ४ गते हेटौँडामा आयोजित विशेष समारोहमा नेपालका लागि भारतीय राजदूतले ७०–मिटर लामो मोड्युलर पुल तथा पुल जडानका लागि आवश्यक विशेष उपकरणहरु नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई हस्तान्तरण गरे। सन् २०२५ को अक्टोबरमा पूर्वी नेपालमा आएको विनाशकारी वर्षा र बाढीले सडक सञ्जाल गम्भीर रुपमा प्रभावित भएपछि नेपाल सरकारले भारतसँग सहयोगको अनुरोध गरेको थियो। त्यसअनुसार भारत सरकारले नेपाललाई अनुदानमा १० वटा ७०–मिटर बेली ब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएको

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 286 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रेमकथामा आधारित ‘लोकन्ती’ को पोस्टर सार्वजनिक

    धरान/  नेपाली कथानक चलचित्र ‘लोकन्ती’ यही मङ्सिर २६ गतेदेखि देशभरका सिनेमा घरहरूमा एकसाथ प्रदर्शनमा आउने भएको छ । कुशन फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको प्रदर्शन मिति सार्वजनिक गर्दै निर्माण पक्षले चलचित्रको फस्र्ट–लुक पोस्टर पनि सार्वजनिक गरेको छ । कथाको केन्द्रमा परिवार, प्रेम, सङ्घर्ष र समाजका सूक्ष्म संवेदनाहरू छन् । निर्देशक रञ्जित रानाले चलचित्रलाई पूर्ण पारिवारिक ड्रामाको रूपमा प्रस्तुत गरेका छन् । चलचित्रमा अभिनेता एसराज गराच मुख्य भूमिकामा देखिएका छन् । काभ्रे जिल्लाका भू–परिदृश्य र प्राकृतिक वातावरणमा छायाङ्कन गरिएको ‘लोकन्ती’

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 368 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा २५ किलो गाँजासहित मोटरसाइकल फेला, चालक फरार

    धरान/ धरान प्रहरीले गएराति ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध बरामद गरेको छ। धरान–१३, जिरो प्वाइन्ट नजिक अस्थायी प्रहरी चौकी अमरहाटबाट प्रहरी निरीक्षक मनोज कुमार बलको नेतृत्वमा खटिएको टोलीले झण्डै २५ किलोग्राम गाँजा र एक मोटरसाइकल बरामद गरेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भिषणबाबू राईले जानकारी दिए। गएराति करिब ११:३० बजे शंकास्पद रूपमा सामान बोक्दै गरेको मोटरसाइकललाई प्रहरीले रोक्न खोजेपछि चालक फरार बनेको थियो। फरार भएको मोटरसाइकललाई अमरहाट र तीनकुनेबाट खटिएको प्रहरी प्रमुख युवराज दाहालको टोलीले पछ्याउँदै धरान–तरहरा सिमाना पानीपिया नजिक सडकछेउमा को ११ प ४६३५ 

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 414 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जेनजि आन्दोलनका क्रममा आगजनी–तोडफोडमा संलग्न २९ जना पक्राउ

    झापा/  झापामा भदौ २४ गते जेनजि आन्दोलनका क्रममा प्रहरी कार्यालयमाथि भएको आगजनी र तोडफोड प्रकरणमा संलग्न रहेका २९ जनालाई प्रहरीले  पक्राउ गरेको छ। तीमध्ये बिर्तामोडबाट १६ जना र दमक क्षेत्रबाट १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। अस्थायी प्रहरी चौकी गरामनीमा आगजनी तथा तोडफोड गरेको आरोपमा बिर्तामोड–८ गरामनीका ३६ वर्षीय गङ्गाराम लिम्बू र बिर्तामोड–७ मुसहर डाँडाका १९ वर्षीय सेशेहाङ इङ्नाम लिम्बूलाई प्रहरीले घरबाटै पक्राउ गरेको जनाएको छ। दुवैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान अघि बढाइएको छ। यसअघि पनि बिर्तामोड प्रहरीले छ

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 273 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राजमार्गमा चेकजाँचका क्रममा ब्राउनसुगरसहित एक पक्राउ

    झापा/ झापा गाउँपालिका–५ पन्थापडाका करिब २० वर्षीय अडसाद अली लागूऔषधसहित पक्राउ परेका छन्। बुधबार साँझ करिब ७:२८ बजे जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको संयुक्त टोलीले उनको साथबाट ब्राउनसुगर फेला पारेको हो। विशेष सूचनाको आधारमा बाह्रदशी–३ राजगढबाट चारपानेतर्फ जाँदै गरेको मोटरसाइकल (मे ८ प ८१४०) रोकेर चेकजाँच गर्दा ५ थान प्लास्टिकको पोका सहित जम्मा ६३.०२० ग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले अडसाद अलीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।  

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 338 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved