स्थानीय

    Showing 2,641-2,650 of 5,049 items.
  • वराहक्षेत्रमा संविधान दिवसको अवसरमा सरसफाई

    वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकाको ११ वटै वडामा वहत् सरसफाई कार्यक्रम आयोजना भएको छ । संविधान दिवसको अवसरमा नगरपालिकाले तय गरेको ३ दिवसिय कार्यक्रम अन्तर्गत बुधबार बिहान ११ वटै वडा र नगरपालिकाको कार्यलयमा वहत् सरसफाइ कार्यक्रम आयोजना भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश बहादुर कटुवालले जानकारी दिए । नगरपालिकाले असोज २ देखि ४ गते विभिन्न कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाउने निर्यण गरेको थियो । सोही अनुसार बुधवार बिहान पहिलो कार्यक्रमको रुपमा वडाध्यक्षहरुको संयोजकत्वमा वडाहरुमा वहत् सरसफाई कार्यक्रम आयोजना भएको हो । त्यस्तै बुधवारनै महिला जनप्रतिनिधिहरु र महिला

    • प्रकाशित मितिः असोज २, २०८१
    • 661 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा मेलाको झमेलाः ठीक की बेठिक ?

    धरान/ धरानमा चाडपर्व विशेष मेलाको झमेलमा फेरी शुरु भएको छ । दशैं तिहार अर्थात चाडपर्ब लक्षित मेलाको सवालमा यहाँ विवाद हुँदै आएको हो । मेलालाई कसैले आवस्यक भएको भन्छन् भने कोही पक्ष मेलाले विकृति, अशान्ति ल्याउने भन्दै विरोध पनि हुने गरेको छ । मुलत यहाँका राजनीतिक पार्टीहरु र स्थानीय सरकारवीच नै मतान्तर हुने गरेको छ । गएको बर्ष पनि मेला लगाउने विषयमा मतान्तर भएको थियो । जस्का कारण मेला लाग्न सकेन ।दशै र तिहार नजिँकिँदै गर्दा यतिवेला फेरी मेला लगाउने विषयमा मतान्तर सहितको विवाद शुरु भएको छ । धरानका मेयर हर्कराज राईले भदौ २७ गतेको कार्यपालिका बैठकमा ‘सस्तो दशैं बजार’ लगाउने प्

    • प्रकाशित मितिः असोज २, २०८१
    • 747 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागू औषध युजर र कारोबारी झन बढ्यो आमाहरुलाई नै राखेर दियो प्रहरीले प्रशिक्षण

    धरान/ छोराछोरीको आनीबानी तथा खानपान सम्बन्धी सम्पूर्ण जानकारी आमाहरुलाई नै थाहा हुने भएकोले पछिल्लो समय भयावह बन्दै गएको लागू औषध प्रयोगकर्ता र कारबारीको संख्या घटाउन आमाहरुद्वारा नै सहज हुने देखेर प्रहरीले आमाहरुलाई प्रशिक्षण दिएको छ । इलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिकाको लर्निङ हलमा आयोजित कार्यक्रममा धरानका २० वटै वडाका आमाहरु, जनप्रतिनिधि, महिला जनप्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । सो अवसरमा उपस्थित आमाहरुलाई इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी प्रकाश जवेगु र प्रहरी निरीक्षक दिवस कुवरले प्रशिक्षण दिएका थिए । १३ बर्षकै उमेरदेखि लागू औषध प्रयोग गर्ने ग

    • प्रकाशित मितिः असोज १, २०८१
    • 528 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सर्दुजलाधार बाढीको उच्च जोखिममा स्थानीय सरकारको चासो छैन

    धरान/ सर्दुजलाधार क्षेत्र,जुन क्षेत्र धरानका सर्वसाधारणको सतहको पानीको मुख्य स्रोत मानिन्छ । हिउँदको समयमा सुख्खा हुने यहीँ सर्दुजलाधार क्षेत्र बर्षातको समयमा उर्लिएर आएको बाढीले बर्षेनी सर्वसाधारणको भौतिक संरचना भत्काउने गर्छ । जलाधार क्षेत्रभित्र उपमहानगरपालिकाले घर टहरा बनाउन दिँदैन तर त्यही क्षेत्रमा उपमहानगरपालिकाले पर्यटकीय स्थलको रुपमा विकास गरेको छ । जुन पछिल्लो समय आएको लगातार बर्षाद्ले खोलाले धार परिवर्तन गर्दै लाँदा जोखिम पनि उत्तिकै बढ्दै गएको छ । विगतमा बीपी पार्क, ओसो पार्क भनेर चिनिएको धरान १३ र २० को संगम स्थल सर्दुजलाधार क्षेत्रमा धरान उपमहनगरपालिकाका मेयर हर्कराज राईल

    • प्रकाशित मितिः असोज १, २०८१
    • 363 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज विश्वकर्मा पूजा :मेसिनरी पाटपूर्जा र प्राविधिक सामाग्रीको पूजाआजा गरिँदै

    काठमाडौं । आज विश्वकर्मा पूजा, मेसिनरी पाटपूर्जा तथा प्राविधिक सामाग्रीको पूजाआजा गरी मनाइँदै छ । कन्याको संक्रान्तिका दिन मनाइने यस पर्वमा शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा पूजाअर्चना गरिनुका साथै भजनकृतन तथा नाचगानसमेत गरिन्छ ।भगवान विश्वकर्माको जन्म भएको दिनका रुपमा नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा समेत मानिन्छ ।यो नेपालसहित पूर्वोत्तर भारत र बङ्गाल राज्यमा समेत विशेष पर्वका रूपमा मनाउने प्रचलन छ। मजदुर, कलाकार, औद्योगिक घराना, व्यापारी सबैले उत्तिकै महत्व दिने यस पर्वमा अधिकांश कलकारखाना बन्द गरी हर्षोल्लासका साथमा विश्वकर्माको पूजा गरिन्छ ।महादेवबाट पाएको सृष्टिको सृज

    • प्रकाशित मितिः असोज १, २०८१
    • 394 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यामाहाको स्कुटर खरीदमा तेज बहादुरले पाए एक लाख रुपैंया

    धरान ।यामाहा स्कुटर खरीद गर्दा एक लाख रुपैयाँ नगद धरानका ग्राहकले प्राप्त गरेका छन् । धरान ८ स्थित यामाहाको सो रुम विजयपुर ट्रेृडर्सबाट धरान १५ का तेज बहादुर लिम्वूले भदौ ३१ गते खरीद गरेको स्कुटरमा उक्त एक लाख रुपैयाँ दशैं तिहारको स्कीम मार्फत प्राप्त गरेका हुन् । लिम्बुले यामाहाको रेजेड आर १२५ हाइब्रिड स्कुटर खरीद गरेका थिए । ट्रेृडर्सका प्रवन्धक प्रभाब खतिवडाका अनुसार ग्राहक बर्गको लागि चाड पर्व लक्षित स्कीम कम्पनीले ल्याएको छ । उक्त स्कीम दशैं तिहार र छठ पर्व सम्म मोटरसाईकल वा स्कुटर खरीद गर्दा ग्राहक बर्गले प्राप्त गर्ने खतिवडाको भनाई छ । यामाहाले स्कीम अन्र्तगत ६ हजारदेखि १० लाख रुप

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 889 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिपो बास्केटवल कपको उपाधि सियोन स्कुललाई

    धरान/ डिपो स्कुलको आयोजना तथा धरान बास्केटवल संघको व्यवस्थापनमा संपन्न तेस्रो मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङकपको उपाधि सियोन स्कुलले चुमेको छ । कोशि प्रदेश सामाजिक विकाश मन्त्री माननीय पाचकर्ण राईको प्रमूख आतिथ्यमा सोमवार भएको फाइनल खेलमा सियोन स्कुलले प्रभात इङ्गिलिस वोड्रिङ्ग स्कुललाई ३३–१७ अंकको अन्तरले पराजित गर्दै उपाधि चुमेका हुन । प्रतिश्पर्धात्मक भएको फाइनल खेलको प्रत्येक क्वाटरमा सियोन र प्रभात स्कुलले ४–२, ७–४, ६–६ र ५–१६ अंक जोडेका थिए । फाइनल खेलमा सियोन स्कुलका प्रसाङ्ग चौधरीले व्यक्तिगत १० अंक जोडेका थिए भने प्रभात स्कुलका लियोन

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 766 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा चर्चित र्‍यापर भीटेन आउने,असोज ५ गते कन्सर्ट गर्ने

    धरान । चर्चित र्‍यापगायक भीटेन साङ्गीतिक प्रस्तुती दिने भएका छन् । ‘भिटेन लाइभ इन धरान’ कन्सर्ट मार्फत प्रस्तुती दिने भएका हुन् ।कन्सर्टको बारेमा सोमवार धरानमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । लागु औषध दुर्व्यसन मुक्ति अभियानको क्रममा उक्त कन्सर्टको आयोजना गर्न लागिएको आयोजक धरान स्थापित समुहले आयोजन गर्ने भएको हो । उक्त कन्सर्टबाट संकलित रकम आर्थिक अवस्था कमजोर भएका धरानका प्रयोगकर्ताहरूको उपचारका लागि सहयोग गरिने जनाइएको छ । असोज ५ गते धरान–१६ स्थित धरान रङ्गशालामा आयोजना गरिने समूहका अध्यक्ष सरल उदासले पत्रकार सम्मेलनमा बताए । उनका अनुसार कार्यक्रममा भिटेन झैँ न

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 637 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विश्वकर्माको मूर्ति बनाउन भ्याई नभ्याई

    दुहबी/ सुनसरीको दुहबीमा विश्वकर्मा पूजा आउन केही दिन बाँकी रहँदा यहाँ मूर्तिकारलाई विश्वकर्माको प्रतिमा बनाउन भ्याइ नभ्याइ छ। विशेष गरी कलकारखाना, औजार र उपकरणको काम गर्ने स्थलमा विश्वकर्मा बाबाको माटोको कलात्मक प्रतिमा राखेर पूजाअर्चना गर्ने प्रचलन छ। त्यसैलाई लक्षित गरी यहाँ मूर्ति बनाउन थालिएको हो। विश्वकर्मा पूजा आउन छ २ दिन बाँकी रहँदा कारोबारमा समेत वृद्धि भएको छ।मूर्तिकार रतन पालले मूर्तिको माग बढेपछि यहाँका मूर्तिकारको कारोबार बढेको बताए। ‘माग बढेपछि विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ छ। हाल मूर्ति किन्नेको भीड पनि त्यत्तिकै बढिरहेको छ’, उनले भने। सो दिन विश्वकर

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 473 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका सहित भीआइपी जुवाडे पक्राउ(को–को पक्राउ परे हेनुहोस्)

    धरान/ पुर्व गाउपालिका अध्यक्ष सहित मोरङको ग्रामथान गाउँपालिका–४ बाट जुवा खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ र उनीहरूको साथबाट १८ लाखभन्दा बढी नगद बरामद भएको छ । बाँस घारीभित्र बनाइएको टहरामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले शनिवार राति ८ बजेतिर छापा मारेको थियो । जुवा खेलिरहेको अवस्थामा ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्ष शिवनारायण माझी, महोत्तरीको गौशाला नगरपालिका–१ का महेश साह, सुनसरीको धरान उपमहानगरपालिका–१५ का ४ युवक राई, दुहबी नगरपालिका–६ का जय किशोर साह पक्राउ परेको प्रहरीले जनाएको छ । यस्तै झापाको दमक नगरपालिका–१० का ऋतुवर्ण नेम्वाङ

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 588 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved