स्थानीय

    Showing 2,561-2,570 of 5,049 items.
  • बिजय दशमी 

    घरमा  बुढा बा आमा थिए थियो  दशै  थियो सिङ्गो भान्सा सिङ्गो घर आगन  टपरीमा  जमरा टीका थिए थिए त केबल इतिहासकै पानामा थिए   राता टीका  पहेला जमरा  कानमा सजाएर ठुला बडा आफन्तबाट आशिर्वाद दक्षिण कमाएर   पिङ खेलिन्थियो  खुसी  बाडिन्थियो  आफना आफन्त नरनाता सबै एक आपसमा रमाएर   बा सकिए  आमा  सकिए घर त घर  हैन कोठा कोठा  परिणति भयो  एउटा छोरो सहर पसो अर्को छोरो  बिदेश  बसो   दौउरा   टोपी हरायो  धोती पछ्यौरी हरायो    रातो माटो  कमेरोले  लिपेको

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 844 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गुगल गरेर लेख्छ भन्नेको नाममा....

    आधिकारिक वेबसाइट सबै थोक हुन्। चाहे टेलिकम होस वा टीकटक । लोकसेवा आयोग होस वा हार्भड, ह्वाइट हाउस वा मिडिया हाउस । तिनको कोट लिएर कन्टेन्ट गर्नु गुगल रिपोर्ट गर्नु होइन्। आधिकारिक कन्टेन्ट रिपोर्ट गर्नु हो । गुगल गरेर लेख्छ । सबै गुगलबाट हो भन्नेले बुझ्नुपर्ने कुरा यो हो कि गुगल हल्करा मात्र हो । सित्तैको सहज हल्करा । जस्तो हिजो जेडी भेन्सको वा कमलाको मन्तव्य के हो भन्दा उस्ले कयौ कुरा ल्याउछ। सन्जिबनी बुटी लिन जादा हनुमानले सुमेरु पर्वत ल्याए जस्तो। अब कुन सन्जिबनीबुटी हो वा खास सोर्स हो भन्ने कुरा छुट्याउने आफुले हो । त्यो आजको युगको अनिवार्य स्किल हो । त्यस्को दानवत्व गर्नु आफ्नै घाटा हो

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 559 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नवरात्रि :दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिँदै

    सुनसरी/  नवरात्रीको दोस्रो दिन शुक्रबार दसैंघर वा पूजा कोठामा ब्रह्मचारिणी देवीको पूजा—आराधना गरिँदै छ। । शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ ।  दशैंको पहिलो दिन हिजो घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिएको थियो । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 436 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अविरल बर्षाको कहर,विकल्प खोज्दै सरकार,कहिले सहज होला त ?

    काठमाडौं । अविरल बषौसँगै आएको बाढी र पहिरोले अवरुद्ध बनेको राजमार्गहरु पाँच वटा अझै पनि यातायात सुचारु हुन सकेको छैन । विहीबार नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयल पत्रकार सम्मेलन गर्दै मुख्य पाँच वटा राजमार्गमा अझै पनि यातायात सुचारु हुन नसकेको जनाएको छ । मन्त्रालयका अनुसार अरनिको राजमार्ग, बिपी राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, कान्ति राजपथ र मेची राजमार्गमा अझै पनि यातायात सञ्चालनमा आउन नसकेको हो ।जसमा अरनिको राजमार्ग अन्तरगत जार्चा कोदारी खण्डमा ५ किलोमिटरमा लिपिङ पुल र लार्चाको बेलिब्रीज बगाएका कारण यातायात अवरुद्ध भएको छ । लार्चामा ह्युमन पाईप, पेनस्टक पाइप र लिपिङ

    • प्रकाशित मितिः असोज १७, २०८१
    • 490 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा बियर महोत्सब,टेष्टिङको पनि व्यवस्था,७ वटा कम्पनीको स्टल रहने(भिडियो सहित)

    धरान/ कोशीमा पहिलो पटक सुनसरीको धरानमा बियर महोत्सब हुने भएको छ । यही असोज १८ र १९ गते दुई दिन सम्म उक्त महोत्सब हुने भएको हो ।धरान–१५ स्थित होटेल ईजी राइडरमा पहिलो प्रदेश स्तरीय बियर उत्सब हुने भएको विहीबार पत्रकार सम्मेलन गरेर आयोजकले जानकारी दिएको छ । भएको बताइएको छ । उत्सवको आयोजना नेपाल मदिरा व्यवसायी महासङ्घ कोशी प्रदेश, धरान मदिरा व्यवसायी सङ्घ र धरान वितरक सङ्घको संयोजनमा सुनसरी उद्योग वाणिज्य सङ्घले गर्ने भएको हो । अध्यक्ष विजय श्रेष्ठका अनुसार चाडपर्वहरूलाई मध्यनजर गर्दै उपभोक्ताहरूलाई पनि सहजता प्रदान गर्नको लागि महोत्सव आयोजना गरिएको बताए । उनले भने, बियर उत्सवप्रति

    • प्रकाशित मितिः असोज १७, २०८१
    • 867 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • निराजन वस्तीमा चाडपर्ब शुभकामना

    धरान/ विजयदशामी २०८१ को अवसरमा निराजन युवा क्लब धरान–१५ ले शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ। बुधबार धरान–१५ निराजन टोल स्थीत क्लबको भवनमा शुभकामना आदान प्रदान भएको हो। क्लबको अध्यक्ष सन्जु राई (सुमित्रा) को सभापतित्व, धरान १५ नंबर वडा अध्यक्ष नरेशकुमार ईवारमको प्रमुख आतिथ्यमा धरान–१५ स्थीत टोल बिकास संस्था, आमा समुह, सुरक्षा निकाय, वडाका जनप्रतिनिधि तथा विभिन्न सामाजिक संघ संस्थाका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुसँग शुभकामना आदान–प्रदान गरेको छ। यसैगरी सोही अवसरमा वडा अध्यक्ष नरेशकुमार ईवारमले क्लबको साईन बोर्ड लोकार्पण गरेका छन्। निराजन क्लब धरान&nd

    • प्रकाशित मितिः असोज १७, २०८१
    • 686 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चिस्यान केन्द्रले व्यापारी तथा कृषकलाई सहज

    धरान/ तीन बर्ष अगाडि कोशी प्रदेश सरकारको सहयोगमा चिस्यान केन्द्र निर्माणपश्चात धरान १३ स्थित कृषि बजारमा कृषि सामाग्री लिएर आउने व्यापारी तथा कृषकहरुलाई सहज भएको छ। विगतमा चिस्यान केन्द्र नहुदा लामोसमय सम्म सागसब्जी तथा फलफूल भण्डारण गर्न अफ्ठयारो थियो। त्यसबेला कृषि सामाग्री कुहेर फाल्नु पर्नेअवस्था थियो तर अहिले जस्तैे चिस्यान केन्द्र स्थापना पछि व्यापारी तथा व्यवसायी ढुक्क छन्। तीन बर्ष आडि सम्म कोशी पहाडी जिल्लाबाट धरान स्थित कृषि उपज बजार स्थलमा आएका कृषिजन्य उत्पादनहरु समयमै बिक्रि नसकिदा फ्याक्नुपर्ने बाध्यता थियो। फ्याक्नु पर्नेडरले जति मुल्य पाए पनि बिक्री गर्नुपर्ने हुन्थ्यो।

    • प्रकाशित मितिः असोज १७, २०८१
    • 526 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आजदेखि दशैँ सुरु,जमरा राखियो टीकाको साइत असोज २६ गते ११ः३६ बजे

    धरान/   प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने महान् पर्व बडादशैँ आजबाट सुरू भएको छ।आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ। बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा, माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दशैँ घरमा विधिपूपर्वक  जौ, मकैको जमरा राख्ने गरिन्छ।​ आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ।जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ

    • प्रकाशित मितिः असोज १७, २०८१
    • 416 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राज्यबाट उपेक्षित निर्माण व्यवसायी

    धरान/ वेराजगार हल गर्न निर्माण व्यवसायीहरुको ठूलो हात रहेको व्यवसायीहरुले बताएका छन । नेपाल निर्माण संघ सुनसरीले सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित दशै, तिहार तथा छैठ पर्वको शुभकामनासहित कमिटी गठन गर्ने क्रममा बताएका हुन् । सम्पूर्ण रोजगारीको ४० प्रतिशत रोजगार प्रदान गरेको, विकास निर्माण लगायत भौतिक पूर्वाधार निर्माणमा राजश्वसको ८० प्रतिशत हिस्सा निर्माण व्यवसायीले नै तिर्ने गरेको बताउदै सरकारी निकायले निर्माण व्यवसायीलाई सधै दुःख दिने गरेको बताएका छन् । नेपाल निर्माण व्यवसायी संघ धरान नगर कमिटीका अध्यक्ष महेन्द्र प्रधानले सरकारी कामहरु गर्दा समयमै भुक्तानी नदिने, निर्माण सम्पन

    • प्रकाशित मितिः असोज १७, २०८१
    • 399 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सडक सञ्जाल बिच्छेदले धरानमा सब्जीको भाउ हवात्तै बढ्यो

    धरान/ केही दिन अगाडिदेखि निरन्तर आएको बर्षाद्ले सडक सञ्जाल अवरुद्ध हुदा धरानमा सब्जीको मूल्य आकासिएको छ । पूर्वी पहाडी जिल्ला तथा तराईका विभिन्न स्थानबाट आउने सागसब्जी बर्षाद्ले बारीमै नष्ट गरिदिएको र सडक सञ्जाल अवरुद्ध हुदा बजारसम्म सागसब्जी आइनपुगेका कारण बजारमा आउने भन्दा खपत बढी हुदा मूल्य आकाशिएको कृषि उपज बजारले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विष्णु आचार्य भान्सामा दैनिक चाहिने सागसब्जी किन्न जाँदा बजार भाउ सुनेर छक्क परिन् । अरु बेला ४० देखि ५० रुपैयासम्म पर्ने टमाटार होलसेलमै १ सय १० र खुद्रामा किन्दा १ सय ५० सम्म पर्ने भएपछि सर्वसाधारणले किनेर

    • प्रकाशित मितिः असोज १७, २०८१
    • 815 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved