धरानमा बियर महोत्सब,टेष्टिङको पनि व्यवस्था,७ वटा कम्पनीको स्टल रहने(भिडियो सहित)

  • असोज १७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ कोशीमा पहिलो पटक सुनसरीको धरानमा बियर महोत्सब हुने भएको छ ।

यही असोज १८ र १९ गते दुई दिन सम्म उक्त महोत्सब हुने भएको हो ।
धरान–१५ स्थित होटेल ईजी राइडरमा पहिलो प्रदेश स्तरीय बियर उत्सब हुने भएको विहीबार पत्रकार सम्मेलन गरेर आयोजकले जानकारी दिएको छ । भएको बताइएको छ ।

उत्सवको आयोजना नेपाल मदिरा व्यवसायी महासङ्घ कोशी प्रदेश, धरान मदिरा व्यवसायी सङ्घ र धरान वितरक सङ्घको संयोजनमा सुनसरी उद्योग वाणिज्य सङ्घले गर्ने भएको हो ।

अध्यक्ष विजय श्रेष्ठका अनुसार चाडपर्वहरूलाई मध्यनजर गर्दै उपभोक्ताहरूलाई पनि सहजता प्रदान गर्नको लागि महोत्सव आयोजना गरिएको बताए ।

उनले भने, बियर उत्सवप्रति सङ्घले सकारात्मक दृष्टिकोण राखेनेपाल सरकारको मदिरा ऐन २०३१, मूल्य अभिवृद्धि ऐन २०५२, अन्तःशुल्क तथा आयकर ऐन २०५८ को परिधिभित्र रहेर गर्नेछौं।

biyar

महोत्सवमा विभिन्न प्रकारका खानाका स्टलहरू सहित साँस्कृतिक कार्यक्रम समेत हुने छ । महोत्सव संयोजक नवीन तामाङका अनुसार महोत्सव अवधिभरी नेपालमा उत्पादित ७ वटा बियर कम्पनीको स्टलहरु राखिने भएको छ ।

वियरका विभिन्न् स्वाद भिन्न कम्पनीहरूका फरक फरक ब्रान्डका अल्कोहलको मात्रा फरक फरक भएका बियरहरू एकै स्थानमा बियर पारखीहरूको लागि प्रदर्शन, अवलोकन र टेष्टिङको व्यवस्था गरिने बताइएको छ ।

सिजी ब्रुअरी, टाइगर ब्रुअरी, राज ब्रुअरी, गोर्खा ब्रुअरी, यति ब्रुअरी, याक ब्रईङ, हिमालयन ब्रुअरी कम्पनीहरूबाट उत्पादित बियरहरु स्टलमा राखिने वताइएको छ भने काठमाण्डौ पछि कोशीको धरानमा बियर महोत्सव हुन लागेको हो ।

भिडियो:

 

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved