धरान / संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा उदयकुमार राई चयन भएका छन् । संघको ८ औं साधारणसभा तथा अधिवेशनले राईलाई सर्वसम्मत ढंगले अध्यक्षमा चयन गरेको हो । १३ सदस्यीय कार्यसमिति चयन गरिएको सो संघको उपाध्यक्षमा पदम बराईली, हरि विक, सचिवमा कमल शंकर, सह सचिवमा प्रेमकुमार राई, कोषाध्यक्षमा जंगबहादुर थापा चयन भएका छन् । यसैगरी का.का.सदस्यमा तिलक ल्वागुन, मदनकुमार प्रधान, प्रदीप विक, पार्वती राई, तुलाराम श्रेष्ठ, होमबहादुर भण्डारी र दिपु तामाङ रहेका छन् । कार्यक्रमको प्रमुख अतिथि सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ रहेका थिए । सो अवसमा बोल्दै अध्यक्ष श्रेष्ठले सीप तथा ताल
धरान / आफ्नै भवन हुँदाहुँदै पनि मालपोत र नापी कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आइरहेका छन् । धरान ६ पानबारीमा जग्गा खरिद गरेर एक वर्ष अगाडि नै भवन सञ्चालन गर्ने तयारी अवस्थामा भइसक्दा पनि विवादका कारण सञ्चालन हुन नसकेको हो ।२०७२ सालमा सुनसरीको सदरमुकाम इनरुवामा रहेको मालपोत र नापी कार्यालयबाट शाखाका रुपमा धरानमा ल्याइएको थियो । त्यही समयदेखि धरान १६ मा भाडामा सञ्चालन भइरहेको छ । मालपोत तथा नापी कार्यालयको भवन धरान १६ पानबारीमा एक वर्ष अगाडि नै निर्माण सम्पन्न भएपनि विवादका कारण अझै आफ्नो भवनमा सर्न सकेको छैन । धरान ६ पानबारीका स्थानीयहरुले एक वर्ष अगाडि भवन निर्माण सम्पन्न हुँदा पनि का
धरान । लायन्स क्लब पञ्चकन्याको एक कार्यक्रममा सहभागी हुन पूर्व युवराज्ञी हिमानी शाह धरान १५ दिन ज्ञानचक्षु विद्यालयमा आएकी थिइन । लायन्स क्लब अफ पञ्चकन्लायले ‘शिक्षाका लागि एक रुपैया’ अन्तर्गत लायन्सले प्रदान गरेको शैक्षिक सामाग्री वितरणमा साह शुक्रबार ज्ञानचक्षु विद्यालयमा आएकी हुन् । उनीँ बा.प्र. ०१ ०२७ च ६१७१ नं बाट आएकी थिइन् । हिमानी ट्रष्टकी अध्यक्ष समेत रहेकी साहले पानसमा बत्ती बालेर ा कार्यक्रमको उद्घाटन गरिन । क्लबको तालिका अनुसार उनले त्यहाँ अध्ययनरत नेत्रहीन विद्यार्थीहरुलाई वाईट क्यान स्टिक, ईयर हियरिङ्ग, स्टेसनरीका सामग्रीहरु तथा ब्लाङकेट लगायतका सामाग्रीहरू वितरण गरि
धरान / धरान उपमहानगरपालिकाका प्रत्येक वडाले जाडोको मौसमम गरिब तथा असहाय, दलितहरुलाई न्यानो कपडा र सुत्केरी महिलालाई पोषणयुक्त खाद्य सामग्री वितरण गर्दै आएका छन् ।वडावडाबाट वितरण गरिएको यो कामको वडाबासीहरुले सकारात्मक लिँदै आएका छन् । धरान उपमहानगरपालिकाका २० वटै वडा समितिको कार्यालयहरुले बजेट विनियोजन नै गरेर दलित, विपन्न तथा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने र सुत्केरी महिलाहरुलाई पोषणयुक्त खाना वितरण कामलाई निरन्तता दिँदै आएका छन् । पछिल्लो समय शुक्रबार धरान उपमहानगरपालिका वडा नं. ८ ले पनि आफ्ना वडामा रहेका दलित, विपन्न तथा ज्येष्ठ नारिकलाई जाडोको न्यानो कपडा र सुत्केरी महिलाहरुलाई
धरान / सुनसरी उद्योग वाणिज्य संघको ३९ औँ साधारण सभाको अवसर पारेर आर्थिक तथा पर्यटन क्षेत्रमा कलम चलाउने दुई जना पत्रकार तथा औद्योगिक क्षेत्रमा योगदान पुर्याउने उद्योगीहरुलाई पुरस्कृत एवम् सम्मान गरेको छ ।पुरस्कृत हुने पत्रकारहरुमा कोशीपत्र राष्ट्रिय दैनिककका कार्यकारी सम्पादक गोविन्द बस्नेत र विजयपुर एफएमका सम्पादक भैरव आङ्ला रहेका छन् । बस्नेतलाई आर्थिक क्षेत्रमा कलम चलाएवापत र आङलालाई पर्यटन क्षेत्रमा कलम चलाएवापत नगद १०/१० हजार र सम्मानपत्रले पुरस्कृत गरिएको हो । यसैगरी सुनसरीका पुराना उद्योगी व्यवसायी धरानका सुरेशकुमार शर्मा, धरान २ मा गोपाल किराना पसल सञ्चालन गर्दै आएका र
विजयपुर / तिहारको सेलरोटी, दशैंको मासु भनेजस्तै माघे सङ्क्रान्तिको पनि खास परिकार छ । घिउ, चाकु, तिलको लड्डु, तरुल खाएर माघे सङ्क्रान्ति मनाइन्छ । यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डुु, सागपात, तरुल, आदि खाने गरेमा शरीर पोषिलो हुनका साथै निरोगी हुने मान्यता रही आएको छ । प्रकृतिले त्यही कुरा, त्यही समयमा उत्पादन गरिदिएको छ, जतिबेला हाम्रो शरीरलाई आवश्यक हुन्छ । यतिबेला तरुल, सख्खरखण्ड, पिँडालु आदि खाने गरिन्छ । यसले शरीरमा आवश्यक पोषक तत्व पुरा गर्छ । माघे सङ्क्रान्तिका दिन प्रयोग गरिने परिकारले शरीरमा जाडोसँग लड्ने क्षमता बढाउँछ भन्ने मान्यता छ । गत वर्षको तुलनामा यो वर्ष भने तरुलको
वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढ्न थालेपछि रेमिट्यान्समा सुधार आएको समाचार प्रकाशमा आएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनअनुसार चालू आवको पहिलो पाँच महिनामा रेमिट्यान्समा २३ प्रतिशतले वृद्धि भएर ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ पुगेको छ । यसले गर्दा विदेशी विनिमय सञ्चिति पनि बढेको छ । गत आर्थिक वर्षको मसान्तसम्म विदेशी विनिमयको सञ्चिति रकम ९ अर्ब ५४ करोड डलर रहेकोमा यो वर्षको मङ्सिर मसान्तसम्म ३ प्रतिशतले वृद्धि भई ९ अर्ब ८२ करोड डलर कायम भएको छ । गत असार मसान्तसम्मको तुलनामा अहिले भएको सञ्चिति ६.३ प्रतिशतले बढी रहेको राष्ट्र बैङ्कले जनाएको छ । नेपाली अर्थतन्त
धरान/धरान मोडल कलेजको सप्ताहव्यापी खेलकुद कार्यक्रम समापन भएको छ । २४ गते आइतबारबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम २९ गते शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी समापन गरिएको हो । रक्तदान कार्यक्रमको आयोजना गरी ५० पिन्ट रगत पनि सङ्कलन गरिएको थियो । धरान १ मा रहेको धरान मोडल कलेजले शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर एक हप्ते खेल सप्ताह कार्यक्रमको समापन गरेको छ । त्रिभुवन विश्वविद्यालय, क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, विराटनगरका सहनियन्त्रक डिल्लीराम प्रसाईको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । जुन कार्यक्रममा धरान उपमहानगरपालिकाका १ नं वडाका वडाध्यक्ष यज्ञमणि
धरान / धरानउपमहा नगर पालिका भित्रका अवरुद्ध विकास निर्माण, जीर्ण बन्दै गएको भौतिक संरचना लगायतका विषयमा सञ्चारकर्मीहरुले लेखेको समाचारप्रति धरान उपमहानगरपालकाका मेयर हर्क साम्पाङले प्रकाशित समाचार पोष्ट गर्दै ‘पार्टीको झोले’ भन्दै अनर्गन गाली गरेको प्रति सुनसरीको पत्रकारहरुले नेपाल पत्रकार महासंघ सुनसरीको ध्यानाकर्षण गराएका छन् । पत्रकारहरुले सत्यतथ्य समाचार प्रकाशित हुँदा उपमहानगरपालिकाले सुझावको रुपमा लिएर सच्याएर जानुपर्नेमा उल्टै सञ्चारकर्मीहरुलाई ‘पार्टीको झोले’ संज्ञा दिएको भन्दै यस विषयमा संस्थागत रुपमा अघि बढ्न महासंघ सुनसरीलाई विहीबार ध्यानाकर्षण गराएका हुन् ।
नागरिक अधिकारप्रति आजभोलि चेतना त बढेको छ तर अधिकार हनन्का घटना रोकिएका भने छैनन् । सबै लिङ्ग, वर्ग, उमेर र समुदायका नागरिकहरूले उचित हेरचाह, अवसर वा संरक्षण प्राप्त गरून् भन्ने उद्देश्यले थरीथरीका ऐन–कानुहरू बनाइए पनि नागरिकहरू सुरक्षित भने छैनन् । सबैले आ–आप्नै अधिकार संरक्षणमा मात्र चासो देखाउँदा आप्mना अधिकारको संरक्षणमा सक्रिय हुन नसक्ने बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकहरू भने अधिकार र सुरक्षाबाट वञ्चित भएर जीवन बिताउन बाध्य बनेका छन् । बालअधिकारको संरक्षणका लागि संविधानमै पनि पर्याप्त् व्यस्था गरिएको छ । संविधानको धारा ३९(२) मा प्रत्येक बालबालिकालाई परिवार