भक्तपुर/ कात्तिकको बिहानको चिसो छिरेटो छल्दै बिहान अबेरै घरको काम सकेर मखमली बारीतिर लाग्छिन् भक्तपुर सुर्यविनायक नगरपालिका–७ गुण्डुकी रचना बस्नेत । तिहार आउन एक हप्तामात्र बाँकी रहँदा रचनालगायत गुण्डुका किसानलाई पाकेको धान भित्र्याउनु भन्दा मखमली टिप्न र माला उन्नकै धपेडी छ । बिहानदेखि बारीमा मखमली फूल टिप्ने र दिनभरी माला गास्ने गरेको रचना सुनाउँछिन् । यसरी गुण्डुका किसानले गासेका मालाहरु लिन व्यापारीहरु उनीहरुकै दैलोमा नै पुगिरहेका छन् । साउन अन्तिम सातादेखि नै फुल टिप्न थालेकी रचना विगतको वर्षभन्दा फुल उत्पादन कम भएको कारण माग अनुसार उपलब्ध गराउन नसकेको बताउँछिन् । &ls
चतरा/ पुर्वबाट पश्चिम तर्फ गइरहेको कार बराहक्षेत्र नगरपालिका वडा नम्बर १ को खारखोला छेउमा दुर्घटना भएको छ । बागमती प्रदेश ०१र०२७ च ६०६९ नम्बरको सेतो कार चिप्लिएर बाटोबाट तल झरेको हो । कारमा सवार एकै परिवारका ४ जना घाइते मध्य एक जनाको अवस्था चिन्ताजनक देखिएको छ । घाइते चारै जनालाई उपचारको लागि वि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको स्रोतले बताएको छ ।
सुनसरी/ थारू चलचित्र तथा सांस्कृतिक संघ सुनसरीको प्रथम अधिवेशनले विनोद चौधरीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्ष बराहक्षेत्र मिडिया प्रालिका अध्यक्षसमेत रहेका प्रदीप बास्मैत चौधरी निर्वाचित भएका छन् । उपाध्यक्षमा करण चौधरी, महिला उपाध्यक्ष वन्दना चौधरी र महासचिवमा सुनिल चौधरी निर्वाचित भएका छन् । कार्यसमितिको सचिव अभिराम चौधरी, सह-सचिव सरोज चौधरी कोषाध्यक्ष सीतवसन्त चौधरी र सह-कोषाध्यक्षमा पन्नालाल चौधरी चयन भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरूमा नेहा चौधरी, तुलाराम चौधरी, सानेकुमार चौधरी, र पूष्पलाल चौधरी चयन भएका छन् । कार्यसम
धरान । धरानका मेयर हर्क साम्पाङले वडा नम्बर ११ का वडाअध्यक्षलाई लोकेन्द्रकुमार फागोलाई दिएको कार्यबाहकको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अल्पकालिन आदेश दिएपछि उपमहानगरपालिका मेयर विहीन भएको छ ।धरानका उप मेयर आइन्द्र विक्रम बेघाले उच्च अदालत विराटनगरमा दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्च अदालत विराटनगरले अल्पकालिन अन्तरिम आदेश दिएको हो ।न्यायाधीश ध्रुवराज नन्दको इजालसले धरानका मेयर हर्क साम्पाङले दिएको कार्यबाहक मेयरको जिम्मेवारी कार्यान्वयनमा नगर्न आदेश दिएको हो । मेयर साम्पाङले उप मेयर कार्यकक्षमा रहँदा रहँदै नाताले मामा ससुरा पर्ने वडा अध्यक्ष फागोलाई कार्यबाहक मेयरको जिम
ताप्लेजुङ/ ताप्लेजुङको ग्राम्रीण क्षेत्रमा रेडपाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण अभियान थालिएको छ । रेडपाण्डा नेटवर्कको सहयोगमा हिमाली संरक्षण मञ्चले विगत ७ वर्षदेखि अभियानलाई निरन्तरता दिँदै आएको हो । रेडपाण्डा पाइने विभिन्न बस्तीमा रहेका कुकुर र बिरालोलाई बन्ध्याकरण गर्नुका साथै रेविजविरुद्ध खोप दिएर रेडपाण्डा संरक्षणको अभियान सुरु गरेको हिमाली संरक्षण मञ्चका सचिव विविश केदमले जानकारी दिए । उनका अनुसार अभियानले रेडपाण्डाका लागि सुरक्षित वातावरण सिर्जना गर्न, सङ्क्रमण र हिंस्रक आक्रमणबाट रेडपाण्डालाई जोगाउन विशेष प्रयास गरिरहेको छ ।रेडपाण्डा पाइने क्षेत्रका ग्रामीण समुदाय
प्रेम बास्तोलाइटहरीः संविधानमै समुदायको अधिकार र कर्तत्व्यको ग्यारेन्टी गरी उद्यमशिलतामा नगए सामुदायिक वनको अस्तित्व नै सकिनेमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । सामुदायिक वन उपभोक्ता महासंघ कोशी प्रदेशले शनिवार इटहरीमा आयोजना गरेको ‘‘बदलिदो परिस्थितीमा अबको सामुदायिक वनको भूमिका’’ बिषयक प्रदेश स्तरीय छलफल कार्यक्रममा सहभागी सरोकारवालाहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् । छलफल कार्यक्रममा कोशी प्रदेशका १४ जिल्लाका सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला कार्यससमितिका पदाधिकारीहरु, कोशी प्रदेशका पदाधिकारीहरु, केन्द्रिय समितिका पदाधिकारीहरु, सामुदायिक वनका विज्ञहरु स
धरान/ राष्ट्रिय गौरबको आयोजना मदन भण्डारी राजमार्ग अन्र्तगत धरान चतराको सडक खण्ड निर्माणमा ढिलाई भएको छ । सडक निर्माण सम्पन्न गर्नको लागि सडक आसपासका रुखहरु बाधक भएपछि सडक निर्माण सम्पन्न गर्नको लागि ढिलाई भएको हो । धरान ६ पानबारीको सेहरोखोलादेखि धरान ८ स्थित तिनकुने क्षेत्र हुँदै लाग्घाली,हरियाली बन क्षेत्र सहित सर्दु अनि पटनालीदेखि बराहक्षेत्रको सडक आसपासमा रहेका वन क्षेत्रको रुख कटान गरेर मापदण्ड मुताबिक सडक निर्माण गर्नु पर्नेछ । सामुदायिक वन क्षेत्रको उक्त रुख कटान गर्नको लागि नेपाल सरकारको स्वीकृती चाहिने र मन्त्री परिषदको निर्णय चाहिने भएकाले पनि ढिलाई भएको हो । तर सरकारले उक्त
धरान/ कवि विमल गुरुङ स्मृति पुस्तकालयले साहित्य क्षेत्रको विकास र साहित्यकारको सम्मानको लागि प्रदान गर्दै आएको विमल गुरुङ कृति पुरस्कार–२०८०’ का लागि छनौट गरेको दश श्रेष्ठ कृतिहरुको नाम शुक्रबार सार्वजनिक गरेको छ । छनौटमा परेका कृतिमा दाजु गुरुङको उपन्यास निरजोया, अभय श्रेष्ठको कवितासंग्रह लहना र तीर, गगन योक्पाङ्देनको कविता संग्रह केवाफुङ्को गीत, मोमिलाको निबन्ध संग्रह प्रश्नहरु त बांकी नै रहन्छन्, जसकुमार राई र अर्जुन उप्रेतीको संयुक्त लेखन रहेको रत्न बान्तवाको जीवनी नेपालमा सुरुङ युद्ध, इन्दु नेपाल योन्जनको कविता संग्रह अन्तिम सेलो, प्रकाश थाम्सुहाङको निवन्ध संग्रह शब्दथुम
विराटनगर/ एमाले र कांग्रेस नेतृत्वको कोशी प्रदेश सरकारले विहीबार आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनको प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम बनाउन असोज गठित कार्यदलले बुझाएको न्युनतम साझा कार्यदल सार्वजनिक भएको हो । असोज ६ गते प्रदेश सरकारका २ जना मन्त्रीसहित ६ सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी र प्रदेश सांसद तिलचन पाठक तथा कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई, कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की र कांग्रेसका
बराहक्षेत्र नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख श्री देबेन्द्र मल्लको विदाईको यो क्षणले सम्पूर्ण नगरवासीहरू, विशेष गरी विद्यार्थी, शिक्षक, र शिक्षा क्षेत्रसँग जोडिएका सबैलाई भावुक बनाएको छ। श्री मल्ल मात्र एक प्रशासनिक प्रमुख नभई, हरेक बालबालिकाको ढुकढुकी बन्न सफल हुनु भएको थियो। उहाँले विद्यार्थीहरूको अन्तरनिहित प्रतिभाको खोजी गरी त्यसलाई जीवन उपयोगी शिक्षामा परिणत गर्ने अद्वितीय क्षमता प्रदर्शन गर्नुभयो। श्री मल्लसरको कार्यशैलीमा एउटा महत्वपूर्ण पक्ष थियो—शिक्षकहरूको समस्यालाई आफ्नै व्यक्तिगत समस्या झैं नजिकबाट बुझ्ने र तिनको समाधान गर्न कुनै कसर बाँकी नराख्ने। उहाँले व